• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता

by
२२ फाल्गुन २०८१,
0
एचआइभी सङ्क्रमितः सङ्घर्षसँगै सफलता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। जिल्लाको राप्ती नगरपालिका निवासी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले प्राथमिक तहको शिक्षिकाका रूपमा कार्यरत हुन् । उनी एचआइभी (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस)एड्स सङ्क्रमित हुन् ।

गुरुङलाई कक्षा १२ पढिसकेपछि एचआइभी सङ्क्रमण देखिएको थियो । आफू छ–सात वर्षको उमेर हुँदा आमाको मृत्यु भएको बताउँदै उनले कक्षा १० मा पढ्दापढ्दै बुबाको भारतमा मृत्यु भएपछि काकाकाकीसँगै बस्दै आएको उल्लेख गरिन् । आफूलाई एचआइभी सङ्क्रमण भएपछि जीवन सक्किएको महसुस गरे पनि निरन्तर मेहनत र सङ्घर्ष गरेपछि अहिले शिक्षा सेवामा स्थायी हुन सफल भएको उनले बताइन् ।

गुरुङले भनिन्, “सानै उमेरमा बुबाआमा गुमाउन पुगेपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता हात पारेकी हुँ ।” यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागे गर्न सकिने उनको भनाइ छ ।

आफ्नो जीवनमा पाएको दुःखकष्ट सम्झदै उनले भनिन्, “आमाको मृत्यु पछि कान्छी आमाले पढ्नलेख्न खर्च नदिँदा निकै दुःख लागेर आउथ्यो । अहिले आफ्नो खुट्टामा उभिएकी छु ।” आमाबुबाको मृत्युपछि सामाजमा आउने र पढ्न चाहनेलाई प्रौढ कक्षा पढाउने, कतिपय अवस्थामा दैनिक ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन सम्पन्न गरेको उनले स्मरण गरिन् । उनले सम्झिन्, “पढ्ने रहर हुँदाहुँदै पढ्न सकिन अहिले बल्ल स्नातक तहमा भर्ना भएर दोस्रो वर्षमा अध्ययनरत छु ।”

परिवारको माया र सहयोग नपाउँदा नपाउँदै आफूलाई एचआइभी सङ्क्रमण पुष्टि भएपछि सुरुआती समयमा समाजमा बस्न निकै कठिन भएको गुरुङले सुनाइन् । एचआइभी सङ्क्रमण देखिएपछि तीन महिना एएचएफ नेपालमा काम गरेकी उनले भारतमा रहेका एचआइभी एड्स सङ्क्रमितसँगै विवाहा गरेर भारत गइन् ।

भारतमा गएर श्रीमान् श्रीमती दुवैले काम गर्न थालेको बताउँदै गुरुङले आफ्नो एउटा छोरो रहेको जानकारी दिइन् । “छोरो अहिले नौ वर्षको भएको छ । कामसँगै पढाइलाई निरन्तर लगिरहेकाले दुःखको फल अहिले पाएको छु”, उनले भनिन्। अहिले नियमित औषधि खाइरहेकाले स्वास्थ्यसँगै काममा कुनै समस्या नरहेको उनले बताइन् ।

अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि अहिले प्राथामिक तहमा स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको जनाउँदै भेद्भाव नभए निजामती सेवाअन्तर्गत अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा रहेको गुरुङले बताइन् ।

विगत १८ वर्षदेखि एआरटी (एचआइभी सङ्क्रमितले सेवान गर्ने औषधि) औषधि सेवन गर्दै आएकी भरतपुर महानगरपालिका निवासी सविना पण्डित (नाम र थर परिवर्तित) अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवाबाट छनोट भएर काम गर्दै छिन् ।

उनले एड्स सङ्क्रमण भएको पुष्टि भएपछि औषधि सेवन गर्दा आफूलाई सुरुआती समयमा निकै कठिन भएको बताउँदै अहिले सहज हुँदै गएको जनाइन् । “पहिला मैले केही गर्न सक्दिन भन्ने मनमा भावना आएको थियो । अब भने यो रोग सामान्य हो, आफूले आत्मबल बलियो बनाउन सके जितिन्छ भन्ने अवस्थामा पुगेकी छु । नियमित औषधि सेवन र आत्मबल रोगसँग लड्ने प्रमुख तत्व हुन्”, उनले भनिन् । सङ्क्रमित युवाहरु खुलेर आउन सकेमा समाज परिवर्तन गर्न सकिने भन्दै उनले सङ्क्रमितका आवाजलाई सबैले सम्बोधन गर्न आग्रह गरिन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने धारणा राखे । यो रोग सामान्य भए पनि आत्मविश्वास भएमा जीवन सफल बनाउन सकिने उनको भनाइ छ ।

एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिने भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालको एएचएफ कार्यक्रमबाट एक हजार एक सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । यस संस्थाले महिलालाई औषधिसँगै प्रोत्साहनसमेत प्रहान गर्दै आएको उनको भनाइ छ ।

Previous Post

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने :राष्ट्रसङ्घ

Next Post

सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In