• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ कार्तिक २०८३,
0
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी : शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने रावणवध उत्सव मटिहानीसहित महोत्तरीका कैयौं ठाउँमा आज साँझ सम्पन्न भएको छ ।

त्रेता युगमा असोज शुक्ल दशमीका दिन मर्यादा पुरुष्वत्तम श्रीरामले युद्धमा रावणको वध गर्नुभएकोे विश्वासमा मिथिलामा यो उत्सव मनाइने परम्परा छ । सीताजी अर्थात् मैथिलीलाई आफ्नै चेलीबेटी मान्ने मिथिला परम्पराले यहाँ रावणवध खास महत्वको उत्सव रहँदै आएको छ ।

मिथिला क्षेत्रमा रावणवध उत्सव विजया दशमीका दिन साँझपख मनाइने चलन छ । “युद्धमा श्रीरामले शारदीय दशहरा (दशमी) का दिन साँझपख रावणवध गर्नुभएको विश्वास गरिन्छ”, मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्ण भन्नुहुन्छ, “यसैले मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावणवध लीला गरिदै आइएको छ ।” मिथिलाकी चेली सीताजीको अपहरण गर्ने रावण यसै अपराधका लागि मारिएको कुरा मैथिलका लागि उत्सव नै बन्ने गरेको कर्ण बताउनुहुन्छ ।

रावणवध उत्सवका अवसरमा मटिहानी–८ तस्मैयाबाबा उद्यानमा निर्मित ५१ फिट अग्लो रावण आकृतिलाई आग्नेय वाणको प्रतीकात्मक आगोको मुस्लो हानेर भष्म गरिने लीला आज बुधबार साँझ सम्पन्न गरिएको छ । यसैगरी जलेश्वरमा पनि रावणवध उत्सव सम्पन्न गरिएको छ ।

मटिहानीमा वर्षौंदेखि विजया दशमीका दिन श्रीरामले असुर रावणको संहार (सङ्घार) गर्नुभएको सम्झनामा प्रतीकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । मिथिलामा विजया दशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई संहार गर्नुभएको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

दशहारा (दसैं) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड, महिषासुर र रक्तविजसहितका दैत्यको संहार प्रतीकात्मक रहेझैं मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य संहार गरेझैं त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गरेको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ ।

खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन वध गर्नुभएको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानीबासी बताउँछन् ।
भगवान् श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गर्नुभएको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका जानकार जलेश्वर–७ बखरीका बासिन्दा पूर्वप्रशासक महेश्वर राय बताउनुहुन्छ । रावण वध उत्सव यस क्षेत्रको महत्वपूर्ण संस्कृति रहेको रायको कथन छ ।

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको ढलेको आकृति भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पु¥याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा छ ।

Previous Post

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

Next Post

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
Load More
Next Post
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In