• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

metakhabar by metakhabar
६ कार्तिक २०८३,
0
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

The Eiffel Tower reopens following a one-day strike over restrictions on women during a visit by a Hindu delegation, in Paris, Tuesday, Sept. 8, 2026. (AP Photo/Christophe Ena)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने पर्यटन व्यवसायीहरूले चेतावनी दिएका छन् ।

फ्रान्सको पर्यटन संस्थाहरूको छाता सङ्गठन ‘एडिएन टुरिजम’की प्रमुख क्रिस्टेल कासाग्नेले निस, पेरिस र लियोनजस्ता प्रमुख सहरमा देखिएको हिंसालाई विनाशकारी बताउनुभयो । उहाँका अनुसार, पर्यटकहरू होटलमा बसेर रमाइलो गर्न आउँछन्, हिंसाका कारण होटलभित्रै सीमित हुन होइन ।

प्रहरीसँगको झडप, सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र सडकमा हिंसात्मक गतिविधिका दृश्यले अन्तरराष्ट्रिय सञ्चारमाध्यममा व्यापक स्थान पाएका छन् । यसले सामाजिक सञ्जालमा फ्रान्सको आकर्षक पर्यटन छविलाई समेत प्रभावित गरेको छ । कतिपय पर्यटकले पेरिस सुरक्षित छ कि छैन भन्ने प्रश्न उठाएका छन् भने केहीले यात्रा रद्द गर्ने वा स्थगित गर्ने सोच बनाएका छन् ।

परामर्श तथा अनुसन्धान संस्था ‘प्रोटुरिजम’का प्रमुख डिडियर अरिनोका अनुसार, पेरिस, लियोन र मार्सेमा होटल बुकिङ रद्द हुने क्रम बढ्न थालेको छ । उहाँका अनुसार, पेरिसको केन्द्रमा भएको एक दिनको दङ्गापछि होटल बुकिङ रद्द हुने दरमा करिब एक प्रतिशतले वृद्धि भएको छ । यद्यपि, सन् २०२६ का लागि अनुमान गरिएको चार करोड २० लाख होटल तुलनामा यो तत्काल ठूलो गिरावट होइन । तर, हिंसा बारम्बार दोहोरिएमा प्रभाव गम्भीर हुन सक्ने उहाँले बताउनुभयो ।
फ्रान्सले वार्षिक करिब १० करोड पर्यटकलाई स्वागत गर्दै पर्यटनबाट ७० अर्ब युरोभन्दा बढी आम्दानी गर्छ । विशेषगरी लामो दूरीबाट आउने पर्यटकले बढी खर्च गर्ने भएकाले उनीहरूको सङ्ख्या घट्दा पर्यटन राजस्वमा समेत असर पर्न सक्छ ।

संयुक्त राज्य अमेरिका, चीन र जर्मनीलगायतका देशले आफ्ना नागरिकका लागि यात्रा सल्लाह जारी गरेपछि बुकिङमा थप दबाब परेको छ । ट्राभल एजेन्सी समूह ‘सेलेक्टुर’का कार्यकारी प्रमुख लरेन्ट एबिटबोलका अनुसार, हिंसा दुई सातामै नियन्त्रणमा आए ठूलो क्षति नहुन सक्छ । तर, महिनौँसम्म जारी रहे पर्यटन क्षेत्रका लागि विनाशकारी हुन सक्छ ।

होटलसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने संस्था ‘एमकेजी कन्सल्टिङ’का अनुसार, पेरिसका होटलले आगामी छ साताका लागि सम्भावित बुकिङ गुमाएका छन् । अक्टोबर १९ र २० बीच गरिएको विश्लेषणमा अक्टोबर २० देखि २९ सम्मको बसाइका लागि बुकिङको अनुपात अघिल्लो वर्षको तुलनामा रहेको अग्रता एक प्रतिशत बिन्दुबाट घटेर शुन्य दशमलव दुई प्रतिशत बिन्दुमा झरेको थियो । अक्टोबर २० देखि २५ सम्मको बसाइमा पनि यस्तो अग्रता तीन दशमलव पाँच बाट घटेर एक दशमलव नौ प्रतिशत बिन्दुमा पुगेको थियो ।

संस्थाका अनुसार, निकट भविष्यका बसाइ र महँगा होटलमा यसको प्रभाव बढी देखिएको छ । पर्यटन व्यवसायीहरूका अनुसार, आगामी हप्तामा हिंसाको अवस्था कस्तो रहन्छ भन्ने कुराले फ्रान्सको पर्यटन क्षेत्रको भविष्य निर्धारण गर्नेछ ।

Previous Post

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

Next Post

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
घोडेपानीमा पर्यटकले पनि मनाए दशैं
आवाज

घोडेपानीमा पर्यटकले पनि मनाए दशैं

६ कार्तिक २०८३,
स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अन्तर्राष्ट्रिय

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

६ कार्तिक २०८३,
दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
Load More
Next Post
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In