• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    आलेखः बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    आलेखःनियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

युक्रेनमा राजनीतिक उतारचढावका बीच रुसको भीषण आक्रमणविरुद्ध तयारी

by
२३ माघ २०७९,
0
‘रुसले खेरसन छोड्नुअघि पावर स्टेशन ध्वस्त बनायो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त्रहरू नआइपुगे पनि रुसी सेनालाई रोक्न युक्रेनसँग पर्याप्त भण्डारण रहेको अलेक्सी रेज्निकोफले एक पत्रकार सम्मेलनमा बताए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वमा रहेको बाख्मुत, वुहलेदार र लिम्यानमा सेनाहरूबीच व्यापक लडाइँ भइरहेको बताएका छन्।

रक्षामन्त्री परिवर्तन हुने घोषणा हुनुभन्दा केही घण्टा अघि मात्र रेज्निकोफले नयाँ आक्रमणबारे प्रतिक्रिया दिएका थिए। जेलेन्स्कीको दलका एक युक्रेनी राजनीतिज्ञका अनुसार उनको ठाउँमा सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभ नियुक्त हुनेछन्।

रक्षामन्त्रालयमा भ्रष्टाचारसम्बन्धी घटनाको शृङ्खलाकाबीच यो परिवर्तन भएको हो। केही रक्षा अधिकारीहरूले सेनाका लागि खाद्यान्न खरिदका लागि तय गरिएको कोष हिनामिना गरेको आशङ्कासहित विवरणहरू सार्वजनिक भएका थिए। रेज्निकोफले ती विवरणको खण्डन गरेका छन्।

युक्रेनी सांसद डेभिड अरखामियाले आइतवार “युद्धले कर्मचारी सम्बन्धी नीतिहरू निर्देशित गर्ने” बताउँदै फेरबदलको घोषणा गरेका हुन्। युक्रेनमा पश्चिमी हतियार ल्याउने प्रयासमा खटिएका रेज्निकोफले अब ‘स्ट्रयाटिजिक इन्डस्ट्रीज’ मन्त्रीको जिम्मेवारी वहन गर्नेछन्।

राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचार विरोधी अभियानका रूपमा धेरै वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्। यसअघिको पत्रकार सम्मेलनमा रेज्निकोफले तत्काल नयाँ आक्रमण गर्न रुससँग स्रोतहरू तयार नरहेको बताएका थिए। तर, फेब्रुअरी २४ मा मस्कोले पूर्ण रूपमा आक्रमण सुरु गरेको एक वर्षको पुगेको उपलक्ष्यमा त्यसो गर्न सक्ने बताएका हुन्।

उनका अनुसार रुसले पूरै पूर्वी डोनबास कब्जा गर्नुका साथै युक्रेनको दक्षिणी भेगमा आक्रमण सुरु गर्ने ठानिएको छ। रक्षामन्त्रीले सोमवारदेखि युक्रेनी सेनाले जर्मन निर्मित लेपर्ड टू ट्याङ्कको तालिम सुरु गर्ने जानकारी दिए।

रेज्निकोफले युक्रेनले १५० किलोमिटर परसम्म प्रहार गर्नसक्ने लामो दुरीका नयाँ क्षेप्यास्त्रहरू सुरक्षित गरेको तर ती रुसी भूभागमा प्रयोग नगरिने बताए। उनका अनुसार ती युक्रेन नियन्त्रित रुसी एकाइहरू विरुद्ध मात्र प्रयोग गरिने छ।

“म हामीले यो युद्ध जित्ने कुरामा ढुक्क छु,” रेज्निकोफले भने। तर, पश्चिमी लडाकु विमानहरू नआइपुगेको खण्डमा “अझै धेरै मानिसहरूले ज्यान गुमाउने” उनले बताए।

युक्रेनमा पश्चिमी हतियारहरूको प्रवाहका बाबजुद बाख्मुत क्षेत्रमा रुसको प्रभाव बढ्दो छ। उसले त्यहाँ थप सेनाहरू पठाइरहेको छ। रुसमा भाडाको अर्धसैनिक समूह वाग्नरले यस क्षेत्रमा थुप्रै लडाइँहरूको नेतृत्व गरेको छ।

उक्त समूहका प्रमुख येभगेनी प्रिगोजिनका अनुसार सहरका केही क्षेत्रहरूमा सडकैपिच्छे भयानक लडाइँहरू भएका छन् र युक्रेनका सशस्त्र सेनाहरू “जित्नको लागि हरेक प्रयास गरिरहेका छन्।“

रुसी सेनाले महिनौँदेखि बाख्मुत कब्जा गर्ने प्रयास गर्दै आएका छन्। रुसले करिब एक वर्षअघि युक्रेनविरुद्ध आक्रमण सुरु गरेपछिको यो सबैभन्दा लामो युद्ध हो।

डोनबास क्षेत्रलाई आफ्नो पूर्ण नियन्त्रणमा लिने रुसी उद्देश्यको पूर्तिका लागि उक्त भूभाग कब्जा गर्नु उसको लागि निकै महत्त्वपूर्ण छ।

यसले हालैका महिनाहरूमा युक्रेनमा प्रभाव गुमाएको रुसको भाग्य परिवर्तनको समेत सङ्केत गर्न सक्छ।

आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेस् “डोनेट्स्क क्षेत्रमा भयङ्कर युद्धहरू भइरहेका छन् र परिस्थिति कठिन छ।”

तर, आफूहरूसँग “आफ्नो रक्षा गर्नु र जित्नुको विकल्प नभएको” उनले बताए।

यूकेको रक्षा मन्त्रालयले रुसी सेनाले बाख्मुतलाई घेरा हाल्दै जाँदा युक्रेनी सेनाहरू झन्झन् दबिँदै गएको जनाएको छ। उसका अनुसार त्यहाँ जाने दुई मुख्य सडकहरूमा आक्रमणको खतरा रहेको छ।

फरक घटनाक्रममा उत्तर(पूर्वी सहर खार्किभमा आवासीय भवनहरूमा भएको आक्रमणमा पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै डोनेट्स्क क्षेत्रमा रकेट आक्रमणको क्रममा अन्य पाँच जना घाइते भएका क्षेत्रीय नेता पाभ्लो किरिलेन्कोले बताएका छन्।

Previous Post

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

Next Post

टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
Uncategorized

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन

४ जेष्ठ २०८३,
माैसमी सूचनामा चीनकाे लापरवाहीकाे सिकार बन्दैछ नेपाल
Uncategorized

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१७ बैशाख २०८३,
Load More
Next Post
टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

टर्की भूकम्प अपडेटः मृतकको संख्या ९० पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In