• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

विचार : मानव जातिको महत्त्व र हाम्रो जनसङ्ख्या नीति

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ असार २०८२,
0
जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा होः प्रधानमन्त्री
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २७ असार (रासस): कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो । किनभने, त्यो बनाउने जनसङ्ख्या थियो । भूगोलले देश बनाउँदैन । भूगोल त जनसङ्ख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदोरहेछ । त्यसो भएर जनसङ्ख्या सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले अक्सर भन्ने गर्छु, यदि मानव जाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो । यहाँको विकास कसले बुझ्दििने, विकासको आवश्यकता किन पर्ने, जङ्गली जनावरलाई विकास हुनुले के फाइदा ? यहाँको सुन्दरताको अनुभूति कसले गर्दिने ? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनाश, कस्तो साइकल सृष्टिको, लयको र विनाशको ! यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो ? कसले थाहा पाउन्थ्यो, यो ब्रम्हाण्डको के अर्थ थियो ? यी तारा नक्षेत्रहरु र ग्रहहरु घुम्नुको के अर्थ थियो ? यिनको अस्तित्वको के अर्थ थियो ? त्यसलाई नै बुझ्ने मान्छे भएन भने अर्बौं र खर्बौं अझ धेरै खर्ब वर्षहरु कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो । यो परिकल्पना कसले ग¥यो, समय कसले बाँड्यो, कसले समय सिर्जना ग¥यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाइबनाइकन समय बाँडेर, यो सबै मान्छेको लिला हो । यही मान्छे भएन भने के काम भयो र ?

जनसङ्ख्या छ र प्रकृति–सृष्टिको अर्थपूर्ण छ । मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन । धर्ती मात्रै हो, जहाँ मानिस छ । त्यसकारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रम्हाण्डमा सबैभन्दा महत्वपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो । ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो । ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिमध्ये, नक्षेत्रका उपजहरुमध्ये, ब्रम्हाण्डका उपजहरुमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो । यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पु¥याउने कामको वास्तवमा अर्थ नै मानव जातिको अस्तित्वसँग छ । तसर्थ, यदि मानव जाति नभए के काम ? तसर्थ, हामी मानव जातिको अस्तित्व, मानव जातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ । त्यसकारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदैछन् भने सुखपूर्ण छैन ।

मानव जातिको अस्तित्व अहिलेसम्म खतरामा छैन । तर मानव जातिका आनीबानी आदि कुराहरुले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ । त्यसकारण यसपट्टि अब ध्यान दिनेबेला भयो । एजिङ पपुलेशनका कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ । जनसाङ्ख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो सङ्केत भएन । जनसङ्ख्या एकदमै बढेर बिस्फोटको एउटा समय थियो । हामी जनसङ्ख्या बिस्फोट भन्थ्यौँ । त्यसबेला परिवार नियोजन संस्थाहरु बने । रेडियो खोल्नेबित्तिकै परिवार नियोजन ! सन्तानहरुले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो । कत्रो चिन्ता थियो, सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर । बुढाबूढीले आर्शिवाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नु हुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो । दुनियाँमा जनसङ्ख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो । विकासले जनसङ्ख्याको बढ्दो ‘टे«ण्ड’लाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसङ्ख्या स्टेबल (स्थिर) छैन र माइनस (ऋणात्मक) तिर गएको छ । जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ अथवा विकासले जनसङ्ख्यालाई स्टेबल (स्थिर) राख्नुपर्दथ्यो तर स्थिर राख्न सकेन ।

जनसङ्ख्या मानवीय नियन्त्रणभन्दा कहिले बिस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्तिहरु देखा परे । विकास अनिवार्य छ । अवश्यमा भावी छ । विकास गर्नैपर्छ र हुनैपर्छ । विकास हुन्छ नै, अवश्य भावी छ । विकासको अर्थ जनसङ्ख्या हस हो भने इट्स भेरी डेन्जरस् । त्यसकारण यो चिन्ताको विषय पनि हो । मुख्य कुरा जनसङ्ख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो । यो घट्दै गएर नजाओस् । यसका कारणहरु के छन् त ? विवाह ढिलो गर्नु हो की ? विकास र उन्नतिको आकाङ्क्षाले गर्दा सन्तानप्रति कर्तव्य बोध हुन नसकेको हो की ? अथवा मानवीय भाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि ? अर्थात् मानवीय भावको न्यूनता आएको हो की ? बच्चाहरुप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि ? के भइराखेको हो ? यसका मनोवैज्ञानिक विश्लेषणहरु हुनु आवश्यक छ । मान्छे यति स्वार्थी भयो की आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने । अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो । त्यसले ब्रम्हाण्डको अर्थ छैन । पृथ्वीमा मात्रै मानव छ । मानव मात्रै श्रेष्ठ छ । प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरामा के हो भन्दा मानव मस्तिष्क हो । त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने !

मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ । आकास आकास नै दुई चार सय मान्छे बोकेर, कति कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ । बादलभन्दा धेरै छिटो उड्छ । मान्छेले त उधुम गरेको छ । हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नी ! मान्छेले यही प्रगति गरेको छ । अनि त्यही मान्छे भएन भने ? त्यसकारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ । मानिस जति मूल्यवान चिज अर्को छैन । यो हाम्रा लागि मात्रै होइन । यो सृष्टि सिर्जनाकै लागि मानव जति मूल्यवान् चिज अर्को छैन । प्लिज मान्छे मार्नेहरु मान्छे मार्न छोड, युद्ध गर्नेहरु युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरु हतियार उत्पादन गर्न छोड । गोष्ठी जनसङ्ख्या डेमोग्राफिक इम्ब्यालेन्स भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकैपटक ‘मासडिस्ट्रक्शन’का हतियार बनाइदिने । यसबारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने ।

अर्को कुरा, मेरा पनि छोराछोरी छैनन् । सायद मैले समयमै बिहे नगरेर पनि होला । मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिन । ध्यान दिइनँ तर हामी यति व्यस्त हुनु हुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस् । हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नुपर्छ । सचिव बढुवा हुने बित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नुपर्छ । रिक्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोकसेवा चाहिन्छ । उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन ! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो । यो सानो कुरा होइन । सृष्टिको सार्थकताका लागि डेमोग्राफिक इस्यु सर्वाधिक महत्वको यसकारणले हो । यही धर्तीमा कतै जनसङ्ख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला । डिभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि । जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डिभी हालेर झिकाउन सकिहालिन्छ । तर, धर्तीमै डिभी हाल्दा पनि नपाइने भयो भने के गर्ने ? मान्छे छैन भने डिभी हाल्ने त कोही पनि हुँदैन । अनि के गर्ने ? त्यसकारण यसमा आत्मनिर्भर हुनुप¥यो ।

मैले केही सयम अघि युवाको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ । भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन् । तर, हाम्रो तराईमा २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाहे कुरा भइराखेको छ । अविवाहित हिसाबले टिकाउन धेरैै गाह्रो भइराखेको छ । मैले युवाहरुलाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीन वटा बनाउ । ३० वर्षभित्र तीन वटा छोराछोरी बनाउ, अनि काममा लाग । ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेको हुन्छ । आजकाल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई । त्यतापट्टि धेरै चिन्ता गर्नु पर्दैन । तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकल सजिलो बनाएको छ । यसमा पनि धेरै चिन्ता गर्नु परेन ।

देशलाई पुग्ने जनसङ्ख्या हुनु प¥यो । हामी कहाँ देशलाई पुग्ने जनसङ्ख्या छ । जनसङ्ख्याको व्यवस्थापन अझै हुन सकेको छैन । त्यसकारण हाम्रा युवाहरु के गीत गाउँछन् भने ४० कटेपछि रमाउला । महिलाहरुे प्रजनन् क्षमता ४० कटेपछि अत्यन्तै न्यून हुन्छ वा प्रायः हुँदैन । अनि ४० कटेपछि रमाउला भनेर हुन्छ ? त्यसकारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माउ । त्यसमा युवायुवतीहरुलाई प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । यो गम्भीर कुरा हो । जतिबेला प्रजनन् क्षमता बढी छ, त्यति बेला जन्माउनुपर्छ । पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ । नातिनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनाति–पनातिनीले खेलाउने रहर पु¥याउन पाइन्छ । अब अलिकति ६०÷७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने भनेको रहर भनेको के हो, थाहा हुँदैन । नातिनातिनी खेलाउने, पनाति–पनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महत्वको व्यवस्था हाम्रा पूर्वजहरुले स्थापना गरेका छन् । परिवार भनेको एकल परिवार होइन । भालेपोथी र बच्चा चराको पनि हुन्छ नि । त्यो परिवार हुन्छ ? गाईको पनि एउटा बाछो हुन्छ, बाछी हुन्छ । त्यो परिवार हुन्छ ? हुँदैन । परिवार भनेको परिवारका रुपमा हुनुप¥यो । त्यो हाम्रो समाजमा हुन्छ । यसलाई हामीले कायम गर्नुपर्छ ।

पारिवारिक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, बसुधैब कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ । कुटुम्बको कसैलाई केही मतलब नै छैन । आफैँआफैँ मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ । आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्धबिच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्धबिच्छेद गर्छ, धुरुधुरु रुवाएर । त्यस्ता पनि यहाँ छन् नि । त्यो खालका तरिका छोड्नुपर्छ । मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मियता, छिमेक सम्बन्ध, छिमेकी–छिमेकीको बीचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो । स्वार्थ मात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ । मानवताका साथ उन्नति गर । प्रगति आफ्नो गर, सहयोग अरूलाई गर । यो भावना हामीमा हुनुपर्छ ।

हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ । हाम्रो जनसाङ्ख्यिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो । एउटा एक्जिस्ट्यान्सको कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनुपर्छ । त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनुपर्छ । अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ । ‘फुड ह्याबिट’ले गर्दा स्वस्थ छैन । उपलब्ध खान त खानु प¥यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन । समस्या त्यो छ । किनेर पनि स्वस्थ खान पाइँदैन । विषादीयुक्त चीज किनेर खानुपर्छ । विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ । यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नुपर्छ । यो जनसङ्ख्या नीति, डेमोग्राफिक पोलिसीले इन्डिकेट गर्दिने र अरू सरोकारवाला मन्त्रालयले आ–आफ्ना काम गर्ने । समाज सचेत भएर यस्ता प्रयासहरुमा लाग्ने ।

अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन । कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु । के भएको फेरि ? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ । हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरूलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको ? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ । आजकाल नमस्ते गर्नु भनेको ढाडै कुप्रिहाल्छ कि जस्तै गर्छन् । हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ । नक्कल गर्न सुगालाई छ महिना लाग्छ, हामीलाई एकै छिनमा, कोही भेट्याँै भने हाई ! गर्छौं । एकपटक होटलमा गयो भने, बच्चाबच्चीहरुले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ । बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन ! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ । एक दिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईंको चर्चा हुन्छ । त्यसकारण बिग्रिन सजिलो छ । सप्रिन जिन्दगीभरि अडानमा बस्नुपर्छ । आपूmलाई नियन्त्रण गर्नुपर्छ र आत्मनियन्त्रक हुनुपर्छ ।

हामी नेपालीले जिम्मेवार, आत्मनियन्त्रक जसले आपूmलाई पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट आपूmलाई जोगाउनु प¥यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनु प¥यो । अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन । राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने । कति राम्रो गुलाफको पूmल भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन् । राम्रो भनेको सुन्नै नहुने । एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठीक छ । अरू केही राम्रो भन्नै नहुने । मान्छेमा त्यो प्रवृत्ति, कस्तो सङ्कीर्णता मान्छेमा आइराखेको छ ? एक ढङ्गले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषाक्त मनस्थिति, विषाक्त विचार, विषाक्त अभिव्यक्ति, विषाक्त क्रियाकलाप ? त्यस्तो खालको प्रवृत्ति मान्छेहरुमा छ । त्यसकारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टि लाग्नुपर्छ ।

देश बनाउका लागि आपूmआपूm बने पुग्छ । सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो । आपूmआपूm मान्छे बन्यो भने सरकारले धेरै केही गर्नु पर्दैन नि । अब यहाँ कस्तो भने प्रशस्त धन छ, तर धन भए पनि पढ्ने बेलामा छात्रवृत्ति चाहिन्छ । सरकारको काम के हो, निःशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउँ न है भनेर त्यहाँ कर्मचारीहरुलाई भन्छ । ए सिए साप तपाईंलाई यहाँ हिसाब जाँच्न मात्रै होइन, हिसाब मिलाउनुस्, तपाईंलाई यसो दसँै आउन लागेको छ भन्छ । सिएलाई पनि मिलाएर यताउति गरेर गर्छ । ठेकदार कहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो गुणस्तरको भए पनि पास गराउने प्रवृत्ति छ । यस्ता कुराबाट जोगिनुपर्छ ।

देश बनाउने भनेको सजिलो होइन । असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ । त्यसकारण एउटा जनसाङ्ख्यिकी असन्तुलनतर्फको यात्रा छ । अहिले जति जनसङ्ख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ । अहिले हामी १.९ प्रतिशतमा छौँ तर दुईभन्दा बढी चाहिन्छ । दुईभन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डरलाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्ठै जान सक्छ । अब ‘डेमोग्राफिक डिभिडेन्ट’ भएन भने वा डेमोग्राफिक सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ । त्यस्तो डेमोग्राफिक सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिहरुको समाज हामीले निर्माण गर्नुपर्छ । यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुराहरु स्वस्थकर हुनु पर्दछ ।

मान्छेले काम गरिरहँदा आम्दानी मात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनुपर्छ । स्वास्थ्यबिनाको आम्दानी के गर्ने ? त्यसकारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनुपर्छ । उद्यमीहरुले, व्यवसायीहरुले मजदूरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदूरको स्वास्थ्यलाई मध्यनजरमा राखेर काम लगाउनुपर्छ । अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रसन्न चित्त हुनाका लागि सम्मानजनक ढङ्गले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नुप¥यो, त्यो चल्ने गरीको तलब वा आम्दानी, आम्दानी र खर्चका बीचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराहरुको सन्तुलनबाट जनसाङ्ख्यिक सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसाङ्ख्यिकी स्थिति देशमा मौजुदा हुन्छ । यी चीजहरु हामीले गर्नुपर्नेछ ।

हामी विश्व मानव जातिका लागि योगदान गर्न सक्छौँ । हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारहरुले क्रियाकलापहरुले विश्व मानव समुदायमा सकारात्मक योगदान पु¥याउन सक्छौँ । आज पु¥याइराखेका छौँ तर कसरी भन्दा युद्ध भइराखेका ठाउँमा नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ जान्छ, त्यसमा सुरक्षाकर्मी (फोर्स) उपलब्ध गराउने देशमा नेपाल पहिलो छ । नेपालले मान्छे बचाउने कुरामा योगदान गरेको छ । मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छेहरु लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा हामी लाग्नु परिराखेको छ । योभन्दा सिर्जनशील कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो ! हाम्रो त्यो जनसङ्ख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो हामी कायम गर्छौं । हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्नेछौँ । त्यसैकारण त हामी सानो देश भएर पनि विश्वसनीय छौँ ।

सानो देश भए पनि हामी विश्वसनीय छौँ । सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन ‘पिसकिपिङ फोर्स’मा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँहरुमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौं । तर, हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले कृतिम बौद्धिकता (एआई) तिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसङ्ख्या त्यतापट्टि लगाउन पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो । तर, आजको वर्तमान वास्तविकता के हो भने त्यसरी सम्पूर्ण मानव जाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन । विश्वका शक्ति राष्ट्रहरुले यो सोच्नुपर्ने विषय हो । वास्तवमा ‘सुप्रिमेसी, ‘डोमिनेसन’ र ‘कन्ट्रोल’ अहङ्कारका उपज हुन्, स्वार्थका उपज हुन् । मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा शालीनता, मानवता र विनम्रताका पक्षहरु हुन् । यी कुरा शान्तिका पक्षहरु हुन् । नेपाल सदैव शान्तिको पक्षमा छ ।

यस्तो देशमा हामी ‘डेमोग्राफिक इस्यू’मा ‘कन्सस्’ हुनुपर्दछ कि हामी कस्तो र कुन साइजको जनसङ्ख्या, कमसेकम जनसङ्ख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनु हुँदैन । दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमान्दार, निष्ठावान् जनशक्ति, जसभित्र बसुधैब कुटुम्बको भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस् । यसले योजनाबद्ध ढङ्गले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस् । मन्त्रालयले मेहनत गरेर जनसङ्ख्या नीति ल्याएको छ । यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यसमा कमीहरु छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमीहरु भएदेखि हामी ग्रहणशील छौँ । जोसुकै साथीहरुले पनि यसमा भएका कमीकमजोरीहरु र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुराहरु देखाइदिन सक्नुहुन्छ । ती कुराहरु खास गरेर मन्त्रालयले ग्रहण गर्नेछ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रुपमा फेरि परिमार्जित नीतिका रुपमा अगाडि बढाइनेछ । यो नीति ग्रहण गरौँ र आलोचनात्मक चेत भन्छन्, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ । आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनुपर्छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ । त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ । त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु ।

यस कार्यक्रमको आयोजनाका लागि स्वास्थ्य मन्त्रालयलाई म विशेष धन्यवाद भन्न चाहन्छु । यी कुराहरुको अर्थ हो, तपाईंहरु सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस् । प्रसन्न चित्त रहन सकेन भने ‘डिप्रेसन’ भनेको त्यही हो । चित्त अर्कासँग हुँदैन, आफैँसँग हुन्छ । अरू बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठीक ठाउँमा राख्न सक्नु हुन्न भने के ठीक राख्नु हुन्छ त ? श्रीमान्को असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने ? त्यसकारण ‘बी ह्याप्पी’ (प्रसन्न हुनुस्) । प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्दछु । आज विश्व जनसङ्ख्या दिवस, डेमोग्राफिक इस्यूमा विशेष ध्यान दिऊँ । हाम्रो युवा पुस्तालाई जनसङ्ख्याप्रति सजग रहन सचेत गराऔँ ।
(प्रस्तुत विचार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले २७ असार, २०८२ मा जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गर्नुभएको विचारका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको)

अघिल्लो समाचार

यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

अर्को समाचार

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • टेस्ट क्रिकेटबाट बिराट कोहलीको सन्यास घोषणा, के भनेका छन्?

    0 shares
    Share 0 Tweet 0
  • चन्द्रवीरले खनेको त्यो बाटो…

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन