• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार

    पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गाउँमै उद्यम गर्नेलाई सम्मान

metakhabar by metakhabar
२४ असार २०८२,
0
गाउँमै उद्यम गर्नेलाई सम्मान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इलाम, २४ असारः वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।

साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किनुभएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा आनन्द लागेको छ । “नगरपालिकाबाट रु एक लाख अनुदान लिएर बाख्रा, कुखुरापालन र चियाखेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “आज सम्मान पाउँदा आफू सफल भएको अनुभूति भइरहेको छ ।” उता सूर्योदय–८ का राजेन्द्र तुम्लिङ्गेले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आम्दानी गर्दै गाउँमै समृद्धिको बाटो बनाउनुभएको छ ।

गाउँमै रोजगारी सृजना गरी आत्मनिर्भर बनेका यिनै सपना र राजेन्द्रजस्ता १० जना स्थानीय उद्यमीलाई सूर्योदय नगरपालिकाले विशेष सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो । कार्यक्रममा सफल उद्यमीलाई जनही रु १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

नगरप्रमुख रणबहादुर राईले वैदेशिक रोजगारीको भर नपरी गाउँमै समृद्धिको उदाहरण बनेका यस्ता व्यक्तिका योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सम्मानित अन्य उद्यमीहरूमा सूर्योदय–१ का डेरी व्यवसायी विश्वास सुब्बा लिम्बू, वडा नं ६ का चिया व्यवसायी रमेश गजुरेल, वडा नं ४ का गाई तथा लोकल कुखुरापालक राजेन्द्र गिरी, वडा नं ९ का पुष्पखेती व्यवसायी गोपाल राई, वडा नं २ का फ्रेसहाउस सञ्चालक मीनबहादुर खड्का, वडा नं ८ का कपडा पसल व्यवसायी सहदेव तामाङ, वडा नं १३ का गाईफार्म सञ्चालक जनकलाल कट्टेल र वडा नं १० का मोटरसाइकल मर्मत व्यवसायी विशाल प्रधान रहनुभएको छ । नगरपालिकाले आगामी दिनमा यस्ता मौलिक उद्यमलाई थप प्रोत्साहन गर्ने उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।

‘रेमि’ कार्यक्रम सूर्योदयका संयोजक ईश्वरी तामाङका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई पुनः व्यावसायिक बनाएर आयआर्जनमा सघाउ गर्न नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा सहयोग गरिरहेको हो ।

नगरपालिकाले वडा नं ४ र १४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिम दिएर चक्रीय बीउ पुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको तामाङले जानकारी दिनुभयो । नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि, २०८१ अनुसार वडा नं ४ का चार जना युवाले कुखुरापालनमा सहयोग प्राप्त गरेका छन् ।

स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रतिव्यक्ति रु एक लाखका दरले सहयोग गरिएको छ । केहीलाई रु ३० हजार, केहीलाई रु २० र केहीलाई रु १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ । रु एक लाख र रु ४० हजार सहयोग प्राप्त गर्नेहरूले तीन वर्षपछि साँवाचाहिँ चक्रीय बीउपुँजीमा फिर्ता गर्नुपर्ने शर्त रहेको कार्यक्रम संयोजक तामाङ बताउनुभयो ।

उक्त कार्यक्रमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दै लाने विश्वास रहेको नगरपालिका प्रमुख राईले बताउनुभयो । कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँघरमै रोजगारीका अवसर दिलाउन आफूहरू प्रतिबद्ध रहेको उहाँ बताउनुहुन्छ ।

Previous Post

म्याग्दीका पर्यटकीयस्थल सुनसान

Next Post

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा महानगरको कर छुट सुविधा चैत मसान्तसम्म विस्तार
आर्थिक

पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने

५ असार २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री

५ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

५ असार २०८३,
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
Load More
Next Post
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In