• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

गाउँमै उद्यम गर्नेलाई सम्मान

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२४ असार २०८२,
0
गाउँमै उद्यम गर्नेलाई सम्मान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

इलाम, २४ असारः वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।

साढे तीन वर्ष साउदी अरबको कठिन अनुभव सगालेर फर्किनुभएकी सपना सुवेदीलाई सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा आनन्द लागेको छ । “नगरपालिकाबाट रु एक लाख अनुदान लिएर बाख्रा, कुखुरापालन र चियाखेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “आज सम्मान पाउँदा आफू सफल भएको अनुभूति भइरहेको छ ।” उता सूर्योदय–८ का राजेन्द्र तुम्लिङ्गेले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आम्दानी गर्दै गाउँमै समृद्धिको बाटो बनाउनुभएको छ ।

गाउँमै रोजगारी सृजना गरी आत्मनिर्भर बनेका यिनै सपना र राजेन्द्रजस्ता १० जना स्थानीय उद्यमीलाई सूर्योदय नगरपालिकाले विशेष सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो । कार्यक्रममा सफल उद्यमीलाई जनही रु १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो ।

नगरप्रमुख रणबहादुर राईले वैदेशिक रोजगारीको भर नपरी गाउँमै समृद्धिको उदाहरण बनेका यस्ता व्यक्तिका योगदानलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सम्मानित अन्य उद्यमीहरूमा सूर्योदय–१ का डेरी व्यवसायी विश्वास सुब्बा लिम्बू, वडा नं ६ का चिया व्यवसायी रमेश गजुरेल, वडा नं ४ का गाई तथा लोकल कुखुरापालक राजेन्द्र गिरी, वडा नं ९ का पुष्पखेती व्यवसायी गोपाल राई, वडा नं २ का फ्रेसहाउस सञ्चालक मीनबहादुर खड्का, वडा नं ८ का कपडा पसल व्यवसायी सहदेव तामाङ, वडा नं १३ का गाईफार्म सञ्चालक जनकलाल कट्टेल र वडा नं १० का मोटरसाइकल मर्मत व्यवसायी विशाल प्रधान रहनुभएको छ । नगरपालिकाले आगामी दिनमा यस्ता मौलिक उद्यमलाई थप प्रोत्साहन गर्ने उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।

‘रेमि’ कार्यक्रम सूर्योदयका संयोजक ईश्वरी तामाङका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगारीबाट घर आएर अलमलमा परेका युवालाई पुनः व्यावसायिक बनाएर आयआर्जनमा सघाउ गर्न नगरपालिकाले तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा सहयोग गरिरहेको हो ।

नगरपालिकाले वडा नं ४ र १४ का ४१ जना युवालाई तरकारी खेती, कुखुरापालन र बाख्रापालनसम्बन्धी तालिम दिएर चक्रीय बीउ पुँजीमार्फत व्यवसाय सञ्चालनमा सहयोग गरेको तामाङले जानकारी दिनुभयो । नगरपालिकाले जारी गरेको स्वरोजगार कार्यविधि, २०८१ अनुसार वडा नं ४ का चार जना युवाले कुखुरापालनमा सहयोग प्राप्त गरेका छन् ।

स्वीस सरकार र नेपाल सरकारको द्विपक्षीय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित परियोजनामा प्रायः विदेशबाट फर्किएकालाई सहभागी गराइएको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रमका संयोजक तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो परियोजनाबाट व्यवसायका लागि चार जनालाई प्रतिव्यक्ति रु एक लाखका दरले सहयोग गरिएको छ । केहीलाई रु ३० हजार, केहीलाई रु २० र केहीलाई रु १५ हजारका दरले पनि सहयोग उपलब्ध गराइएको छ । रु एक लाख र रु ४० हजार सहयोग प्राप्त गर्नेहरूले तीन वर्षपछि साँवाचाहिँ चक्रीय बीउपुँजीमा फिर्ता गर्नुपर्ने शर्त रहेको कार्यक्रम संयोजक तामाङ बताउनुभयो ।

उक्त कार्यक्रमले विदेश गएर फर्किएका सूर्योदय नगरपालिकाभित्रका आप्रवासी कामदारका निम्ति पुनः एकीकरणको जग तयार पार्दै लाने विश्वास रहेको नगरपालिका प्रमुख राईले बताउनुभयो । कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर गाउँघरमै रोजगारीका अवसर दिलाउन आफूहरू प्रतिबद्ध रहेको उहाँ बताउनुहुन्छ ।

अघिल्लो समाचार

म्याग्दीका पर्यटकीयस्थल सुनसान

अर्को समाचार

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
  • आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन