• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह

metakhabar by metakhabar
२४ असार २०८२,
0
नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न प्रधानमन्त्री ओलीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गर्नुभएको छ ।

पार्टीको केन्द्रीय पर्यटन तथा नागरिक उडड्यन विभागद्वारा आज यहाँ आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार हुनुपर्नेमा जोड दिनुभयो ।

“हामीले विश्वलाई भन्न सक्नुपर्छ, बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनुुपर्छ । साँच्चैको हिमाल कस्तो हुुन्छ हेर्नुपर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले विश्वलाई भन्न सक्नुपर्छ, हात्ति चढेर गैँडा हेर्दा वास्तविक आनन्द थाहा हुन्छ, त्यसकारण नेपाल भ्रमण गरौँ ।”

उहाँले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरण बनाउन सरोकार भएका पक्षले ध्यान दिनुुपर्नेमा जोड दिनुुभयो । प्रधानमन्त्री ओलीले धर्ममा विश्वास गर्ने नगर्नु मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिमा भएकाजस्ता ग्रन्थमा उल्लेखित कुरालाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचारप्रसार गर्न डर मान्नुुनपर्ने स्पष्ट गर्नुभयो । “रामको पवित्र जन्मभूमि नेपाल हो भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा कोही रिसाउँछ जस्तो गर्छाैं भने हामीले के गरी खान्छौँ ?”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारी चतरा गाउँमा शिक्षा दिएका हुन् । राम–लक्ष्मणले अश्वमेघ घोडा यही भूमिमा छाडेका हुन् । दशरथ यहीका हुन् । यी कुरा मैले भनेको होइन, ग्रन्थहरूमै उल्लेख छन् । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनुपर्दैन ।”

ज्ञान, उर्बर भूमि, विद्वान पूर्खा र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले विश्वमा काम गर्ने जाति भनेर चिनिएको देशका नागरिकले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरखमा विश्वास गरी काममा लाग्नुपर्ने धारणा बताउनुभयो ।

Previous Post

ल्हेन्दे खोलामा भीषण बाढी आउँदा मितेरी पुल बगायो

Next Post

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना
फिचर-ब्यानर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

२० बैशाख २०८३,
Load More
Next Post
टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In