• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

माटोलाई सुरक्षा गर्दै कैलालीका किसान

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ असार २०८२,
0
माटोलाई सुरक्षा गर्दै कैलालीका किसान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

टीकापुर, २३ असारः कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन् ।

माटो जोगाउन किसानले माटो परीक्षण गरेर खेती गर्न थालेका छन् । किसानले पालिका र माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा माटो परीक्षण गरेर माटो परीक्षण कार्ड बनाउन थालेका छन् । किसानले माटोको रिपोर्ट अनुसार खेती गर्न थालेका छन् ।

कैलालीको जानकी गाउँपालिका–२ की त्रलेक्यदेवी थापामगरसँग माटो परीक्षण नतिजा कार्ड छ । उहाँले आफ्नो जमिनको माटोको गुणस्तरबारे थाहा पाउने गरी यसरी कार्ड लिएको चार वर्ष भइसकेको छ । थापामगर प्रत्येक वर्ष आफ्नो खेतबारीको माटो परीक्षण गराउनुहुन्छ । ‘‘माटो परीक्षण रिपोर्टमा कृषि प्राविधिकले सिफारिस गरे अनुसार खेती गर्ने गरेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने ज्ञान भएको छ, यसले उत्पादन वृद्धिमासमेत सहयोग पुगेको छ । ’’

अर्का किसान लक्ष्मीदेवी मगरसँग पनि माटो परीक्षण कार्ड छ । उहाँहरुलाई यसरी माटो परीक्षण गर्न जानकी गाउँपालिकाले सघाइरहेको छ । माटोको स्वास्थ्य बारेमा थाहा पाएपछि मलपानी आवश्यकता अनुसार प्रयोग गरे पुग्नेमा किसान सचेत भएका छन् । ‘‘माटोको अवस्था, माटो संरक्षणका लागि गर्नुपर्ने प्रयासबारे जानकारी हुने गरेको छ’’, लक्ष्मीदेवीले भन्नुभयो, ‘‘रासायनिक विषादीको प्रयोग घटाइरहेका छौँ, जैविक विषादी घरमै बनाउने गरेका छौँ, जसले उत्पादन बढेको छ, उत्पादन विषादीरहित हुँदै गएको छ ।’’

किसान जयसरा देवीले पनि माटो परीक्षण गरेपछि माटो अवस्था, कुन समयमा कुन खेती गर्दा बढी उत्पादन लिन सकिन्छ, मल प्रयोग र वातावरण कसरी जोगाउने भन्नेबारे पनि सिक्नुभएको छ । ‘‘नियमित खेती गर्न हुँदैन रहेछ भन्ने सिके, माटोभित्र पनि रोग हुनसक्छ, त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने सिकाइ भएको छ’’, उहाँले भन्नुभयो, ‘‘माटो मलिलो बनाउने, कुन खेती गर्दा माटो जोगिन्छ भन्नेबारे पनि सिकेका छौँ ।’’

कैलालीमा स्थानीय तह र विभिन्न सङ्घ संस्थाको सक्रियतामा माटो जाँच कार्यक्रम हुने गरेका छन् । माटो जाँच गरेर आफ्नो खेतबारीको माटोको अवस्था थाहा पाउनु अघि जथाभावी रासायनिक मल प्रयोग गर्ने किसान अहिले प्राङगारिक, गोठे मलको प्रयोग बढाइरहेका स्थानीय कर्णबहादुर थापाले बताउनुभयो । ‘‘माटो, मानिसको जीवन र वातावरण संरक्षण गर्ने जिम्मा किसानकै हातमा रहेछ’’, उहाँले भन्नुभयो, ‘‘यसमा स्थानीय सरकारले साथ दिनुपर्छ । हामीले प्राविधिक ज्ञान पाइरहेका छौँ ।’’

कैलालीकै जोशीपुर गाउँपालिका–२ मुद्धिका किसान प्रेमलाल महत्तोको खेतीपाती गर्ने तरिका हिजोआज बदलिएको छ । पहिले उत्पादन बढाउन रासायनिक मल धेरै हाल्दा उल्टै उत्पादन घट्यो । छरछिमेकमा सल्लाह गरेर माटो परीक्षण गर्ने निधो गरेपछि थाहा भयो माटोमा अमिलोपना बढेको तथा प्राङ्गारिक मलको कमी भएको रहेछ । कृषि प्राविधिकको सल्लाह अनुसार उनीहरुले खेती गर्ने तरिका बदलेपछि हाल उत्पादन बढेको छ ।

‘‘विगतमा हामी उत्पादन बढी लिने प्रयासमा माटो बिगार्ने काममा सक्रिय रहेछौँ भन्ने बुझेको छु’’, उहाँले भन्नुभयो, ‘‘माटो बचे पो जीवन बच्न भन्नेमा सचेत भएको छु । माटोमा बढेको अमिलोपना घटाउन ढैँचा जस्ता खेती, लहरे बालीमा ध्यान दिएका छौँ ।’’

कैलालीमा माटो जाँच गर्ने र माटो परीक्षण कार्डको आधारमा रासायनिक मलको मात्रा मिलाएर हाल्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानलाई गोबर मल, हरियो मल जस्ता प्राङ्गारिक मल प्रयोग गर्न स्थानीय पालिका, रानी जमरा कुलरिया सिँचाइ आयोजनालेसमेत किसान सचेत बनाइरहेका छन् । स्थानीय तह र सिँचाइ आयोजनाले किसान पाठशाला जस्ता कार्य गरेर हरियो मल, जैविक मलबारे किसानलाई शिक्षा दिन थालेका छन् ।

जोशीपुरकै अर्का किसान प्यारेलाल महत्तो सबैतिरको प्रयासले किसानको बालीको उत्पादन बढ्नुका साथै माटोको गुणस्तर पनि सुधार हुँदै गएको र यसले गर्दा दिगो माटो व्यवस्थापनमा सघाउ पुगिरहेको उहाँको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी नियमावली २०८१ बनाएर लागू गरिसकेको छ । अनि, प्राङ्गारिक मल र प्राङ्गारिक विधिमा गरिने खेती किसानीमा जोड दिइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय, तीनै तहका सरकारले यस विषयलाई प्राथमिकतामा राखेको कृषि प्राविधिक बताउँछन् ।

पालिकामा रहेका कृषि शाखामार्फत रासायनिक मल र विषादी दुबैको प्रयोग घटाउने र उत्पादन बढाउने उद्देश्यले माटोको गुणस्तर अनुसार खेती गर्ने काम भइरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरी बताउनुहुन्छ । ‘‘सुरुमा किसानको बारीको माटो जाँच हुन्छ, सोही अनुसार खेतीबाली लगाइन्छ’’, उहाँले भन्नुभयो, ‘‘यसरी खेती गर्दा उत्पादन बढ्छ, माटोको गुणस्तर बिग्रदैन । वातावरण संरक्षणमा सहयोग पुग्छ ।’’जानकी गाउँपालिकाले गतवर्ष माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सहयोगमा हरेक वडाका १०÷१० किसानलाई माटो परीक्षण कार्ड उपलब्ध गराएको थियो । यस वर्ष पालिकामा दुई सय ६२ किसानले माटो परीक्षण कार्ड बनाएका छन् ।

‘‘किसानमा माटो सुधार गर्नुपर्छ भन्ने जनचेतना बढाउन र माटो सुधार गरी उत्पादन र वातावरणमा नै सुधार गर्न पालिकाले लगानी बढाएको हो’’, उहाँले भन्नुभयो, ‘‘पालिकाले किसानलाई सचेत बनाउन यस वर्षबाट एकीकृत किट व्यवस्थापनका लागि आकस्मिक बाली संरक्षण सेवा पनि हरेक वडामा दिएको छ ।’’माटो परीक्षण गराएर किसानले काम गर्दा एकातिर माटोको स्वास्थ्य राम्रो हुने र अर्कातिर किसानले लगाएको बालीको फसल पनि राम्रो हुने विज्ञहरुको सुझाव छ ।

माटो विज्ञ श्रीप्रसाद विष्ट माटो स्वस्थ भएपछि विश्व नै स्वस्थ हुने भएकाले माटो सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । ‘‘अधिकांश जीवित प्राणीको गाँस र बास स्थान भनेको नै माटो हो’’, उहाँ भन्नुहुन्छ, ‘‘माटो नै स्वस्थ भएन भने धेरै क्षेत्रमा समस्या आउने गर्छ । त्यसैले माटो र वातावरण जोगाउने जिम्मा सबैले लिनुपर्छ ।’’

अघिल्लो समाचार

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

अर्को समाचार

इन्स्टाग्राममा फलोअर्स र लाइक बढाएर कसरी पैसा कमाउने ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
इन्स्टाग्राममा फलोअर्स र लाइक बढाएर कसरी पैसा कमाउने ?

इन्स्टाग्राममा फलोअर्स र लाइक बढाएर कसरी पैसा कमाउने ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
  • सामन्ती प्रेतहरूले टाउको उठाउन खोज्दैछन् : प्रचण्ड

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन