• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारत-क्यानडा ‘झगडा’: कहाँ पुग्ला सम्बन्धको स्तर?

by
३० अशोज २०८१,
0
भारत-क्यानडा ‘झगडा’: कहाँ पुग्ला सम्बन्धको स्तर?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत र क्यानडाबीचको सम्बन्ध फेरि एकपटक ‘सार्वजनिक झगडा’को स्तरमा झरेको छ। कूटनीतिक विश्लेषकहरूले भारत-क्यानडाबीचको सम्बन्ध अहिलेसम्मकै ‘सबैभन्दा तल्लो’स्तरमा आइपुगेको बताएका छन्।

भारतले क्यानडामा रहेका आफ्ना उच्चस्तरीय कूटनीतिज्ञहरूलाई तत्काल फिर्ता हुन भन्दै भारतस्थित क्यानडाका कूटनीतिज्ञहरूलाई भारत छोड्न भनेको छ।

क्यानडाले केही दिनअघि एउटा कूटनीतिक नोट पठाएको थियो र त्यसमा सन् २०२३ मा मारिएका हरदीपसिंह निज्जरको हत्यामा भारतीय उच्चायुक्त सञ्जयकुमार बर्मालगायत कूटनीतिज्ञहरूको भूमिका देखिएको बताएको थियो।

भारतले त्यो आरोपको खण्डन गर्दै आफ्ना ती उच्चायुक्तलगायत अरु पनि कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। त्योसँगै उसले क्यानडेली कुटनीतिज्ञहरूलाई देश छोड्न आदेश दिएपछि दुवै देशबीचको सम्बन्धमा थप दरार आएको छ।

क्यानडाले अहिलेसम्म के गर्‍यो, के के भन्यो?

जस्टिन ट्रूडोले पत्रकार सम्मेलन गरेर आफ्नो भूमिमा कुनै पनि हिंसात्मक गतिविधि क्यानडालाई कहिल्यै स्वीकार्य नहुने बताए।

‘कुनै पनि देशले आफ्ना कैयौं लोकतान्त्रिक कानुनको शासन कायम राखिरहेको हुन्छ। तर, आफ्नो सम्प्रभुत्ताको उल्लंघन कसैले पनि स्वीकार गर्दैन’, उनले भनेका छन्, ‘हामीले अरु पनि भारतीय कूटनीतिज्ञहरुले क्यानडेली नागरिकको जानकारी अनि उनीहरूको गोपनियता बटुल्ने कामलाई रोक्ने निर्णय गरेको छ।’

उनले भारतीय कूटनीतिज्ञहरू क्यानेडेली भूमिमा बसेर हत्यादेखि फिरौती असुल्नेसम्मका हिंसात्मक गतिविधिमा संलग्न रहेको बताए। त्यस्तै उनले केही कानूनी जटिलताहरूको समाधान भएपछि उनीहरूको संलग्नताबारेमा थप जानकारी सार्वजनिक गर्ने दाबी पनि गरेका छन्।

‘यहाँको राष्ट्रिय सुरक्षा अधिकारीहरूले भारत सरकार तथा उनीहरूको कानूनी संयन्त्रहरूसँग सहकार्य गर्न धेरै प्रयास गर्‍यो। तर, भारतले निरन्तर असहयोग गर्दै आयो। त्यसैले क्यानडा यस्ता कदम चाल्न बाध्य भएको हो’ उनले भनेका छन्, ‘यसरी भारतको निरन्तर असहयोग भइरहँदा क्यानडाका सामुन्ने योबाहेक अरु विकल्पहरू थिएन।’

उनले अबका दिनमा कुनै पनि भारतीय कूटनीतिज्ञहरू रहन र काम गर्न नपाउने पनि जानकारी दिए। त्यस्तै उनले यी घटनाहरूका बारेमा निस्पक्ष छानबिन र जाँच गर्नका लागि भारतले क्यानडालाई सहयोग गर्नुपर्ने र आफ्ना भ्रामक बक्तव्यबाजी रोक्न पनि पनि चेतावनी दिएका छन्।

भारतले के भनिरहेको छ?

सोमबार नै भारतले पनि क्यानडामा रहेका भारतीय उच्चायुक्त सञ्जयकुमार बर्मालगायत अरु पनि कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। त्यस्तै भारतमा रहेका ६ जना क्यानडेली कूटनीतिज्ञहरूलाई पनि निष्कासित गर्ने निर्णय गरेको छ।

भारतले निष्कासित गरेका क्यानडेली कूटनीतिज्ञहरूमा कार्यकारी उच्चायुक्त स्वीवर्ट रस व्हीलर, उप उच्चायुक्त प्याट्रिक हेवर्ट, प्रथम सचिवहरू, मेरी क्याथरिन, इआन रस ट्राइट्स, एडम जेम्स चुइपका र पाउला ओर्जुएला छन्। उनीहरूलाई १९ अक्टोबरको राति १२ बजेभित्र भारत छोड्न भनेको छ।

‘ट्रुडो सरकारको रबैयाका कारण भारतीय कूटनीतिज्ञहरूको सुरक्षामा खतरा उत्पन्न भइरहेको छ। क्यानडाको वर्तमान सरकारसँग भारतलाई कुनै भरोसा छैन र भारतले आफ्ना कूटनीतिज्ञहरू फिर्ता बोलाउने निर्णय गरेको छ’, भारतीय विदेश मन्त्रालयले भनेका छ, ‘क्यानडाले जसरी भारत विरोघी पृथकतावादी र अतिवादलाई समर्थन गरिरहेको छ। त्यसका विरुद्धमा भारतलाई जवाफ दिने अधिकार छ।’

विदेश मन्त्रालयले क्यानडाको एउटा सुरक्षाअनुसन्धानले निज्जरको हत्यामा भारतीय कुटनीतिज्ञहरूलाई दोषी देखाइएको र त्यसलाई भारतले षड्यन्त्रपूर्ण आरोपका रुपमा लिएको पनि बताएको छ।

२०२३ को जुन १६मा एकजना शिख नागरिक हरदीप सिंह निज्जरको हत्या भएको थियो। क्यानडामा रहेको गुरु नानक शिख गुरुद्वाराको अध्यक्षसमेत रहेको निज्जरमाथि आक्रमणकारीले गुरुद्वाराको पार्किङमा गोली हानेका थिए।

हरदीपसिंह जालन्धरका हुन् र भारतले उनलाई खालिस्तानी ‘उग्रवादी’सँग जोडिएको बताउँदै आएको छ। त्यसपछि क्यानडाले निज्जरको हत्यामा भारतीय कूटनीतिज्ञहरूको संलग्नता रहेको र त्यसबारे अनुसन्धान गरिरहेको जनाएको थियो।

त्यसै वर्षको अक्टोबरमा भारतले क्यानडाका करिब ४० जना कूटनीतिज्ञहरूको भिसा रद्द गरिदियो। भारतस्थित क्यानडा राजदूतावासका लगभग एक तिहाइ कर्मचारीले त्यसपछि भारत छोडेका थिए। भारतले त्यो बेला क्यानडाले भारतविराेधी सिख पृथकतावादीहरूलाई संरक्षण दिइरहेको र त्यो भारतका लागिमात्रै नभई स्वयम्
क्यानडाका लागि पनि राम्रो नहुने चेतावनी दिएको थियो।

त्यसपछि पनि क्यानडाले आफ्नो भूमिमा लगातार भइरहेका हिंसात्मक घटनाहरूमा भारतीयकै हात रहेको भनिरहेको छ। र, भारतले त्यसको खण्डन गर्दै आएको छ।

Previous Post

सेयर बजार २७४२ अंकमा, कारोबार बढ्यो

Next Post

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

फिनल्याण्डमा नयाँ अन्तरिक्ष केन्द्र स्थापना हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In