• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार

    आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’

by
२५ असार २०८१,
0
लामो समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरुको ‘कमब्याक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् ।

अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन् । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेकी छन् । यसपटकको चलचित्रमा उप्रेतीले मुख्य भूमिकामा अभिनय गरेकी छन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उनी चलचित्रबाट टाढा रहेकी थिइन् ।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदैछिन् , अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्न लागेकी हुन् ।

उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् । “अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ ।

अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन् । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ ।

यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन्”, अभिनेत्री थापाले भनिन् ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन् । यद्यपि सिंह पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् ।

यी अभिनेत्रीहरूले अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता हुन्छ वा हुँदैन भन्ने प्रश्नको जवाफ उनिहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।

Previous Post

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा वर्षा र अमरको रोमान्स

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

समाचार

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

१० भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० भदौ २०८३,
आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In