• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

metakhabar by metakhabar
९ भदौ २०८३,
0
आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फिक्कल (इलाम), ९ भदौः धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा जमिन समेत बाँझै छाडेर सहर केन्द्रित हुन्छन् । सहरमा घडेरी किन्छन्, घर बनाउँछन् र बस्छन् । मोजमस्तीको बहानामा विदेशमा कमाएका पैसा अनुत्पादनक क्षेत्रमा नै खर्चिन्छन् तर इलामको चुलाचुली गाउँपालिका–१ चौबिसेका सन्देश नेम्बाङ त्यस्ता युवा हुनुहुन्छ, जसले विदेशमा कमाएको पैसा उत्पादनमूलक क्षेत्रमा नै लगानी गर्नुभएको छ ।

पाँच वर्ष दक्षिण कोरियामा बसेर कमाएको पैसाले गाउँमा कृषि तथा पशुपालन व्यवसायमा लाग्नुभएको छ । २०७६ सालमा ‘साम्बाङ एग्रो फार्म’ दर्ता गरी कृषि तथा पशुपालन व्यवसाय सुरु गर्नुभएको हो । आफ्नै गाउँमा १७ बिघा जग्गामा कृषि तथा पशुपालन व्यवसाय गर्दै आएको उहाँले बताउनुभयो । कोरियामा देखेको कृषि प्रविधिको सीपलाई उपयोग गर्दै आफ्नै दुई बिघा जमिन र १५ बिघा जमिन भाडामा लिएर कृषि तथा पशुपालन व्यवसाय गरिरहेको उहाँले सुनाउनुभयो ।

व्यवसायबाट उहाँले वार्षिक रु ७० लाख आम्दानी गर्दै आउनुभएको छ । “मैले आठ वर्षदेखि कृषि र पशुपालन व्यवसाय संयुक्त रुपमा गर्दै आएको छु । दुवै व्यवसायबाट वार्षिक रु ७० लाखसम्म आम्दानी गर्दै आएको छु,” उहाँले भन्नुभयो, “हामी धेरै स्वदेशको महत्व नबुझेर पनि विदेश गइरहेका छौँ । विदेशमा गर्ने दुःख आफ्नै माटोमा गर्न सक्ने हो भने कृषि र पशुपालन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने रहेछ ।”

उहाँको फार्ममा अहिले पशुपालनतर्फ १७ वटा माउ भैँसी र सात वटा माउ गाई छ । यसमध्ये ११ माउ लैना भैँसी र चार वटा लैना गाई रहेको छ । चार माउ भैँसी र तीन माउ गाई ब्याउने रहेको उहाँले बताउनुभयो । उहाँले दैनिक १२० देखि १२० लिटरसम्म दूध बेच्दै आउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको दूध स्थानीय अन्नपूर्ण कृषि सहकारी संस्था र नेपाल बहुउद्देशीय सहकारी संस्थामा बिक्री हुने गर्दछ ।

दूधको मूल्य भने फ्याटका आधारमा फरकफरक छ । गाईको दूध प्रतिलिटर रु ६५ र भैँसीको दूध प्रतिलिटर रु ९० सम्म बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “उत्पादित दूध सहरकीले फ्याटका आधारमा खरिद गर्ने गरेको छ । गाईको दूधमा फ्याट कम हुने भएकाले प्रतिलिटर रु ६५ मा र भैँसीको दूधमा फ्याट बढी हुने भएकाले प्रतिलिटर रु ९० मा बिक्री हुँदै आएको छ,” उहाँले भन्नुभयो, “लगानीअनुसार दूधको मूल्य चाँही अलि बढाउन पाए राम्रो हुनेथियो ।”

त्यस्तै उहाँले मासु उत्पादनका लागि समेत तयारी थाल्नुभएको छ । उहाँले मासु उत्पादनका लागि राँगापालन सुरु गर्नुभएको छ । उहाँको फार्ममा एक दर्जन ससाना राँगासमेत छन् । पशुपालनका लागि उहाँले पाँच बिघा जनिनमा सुपर नेपिरयर जातको आधुनिक घाँससमेत लगाउनुभएको छ । गाईभैँसी पालनबाट उत्पादित गोबर मल कृषि व्यवसायमा नै प्रयोग हुने भएकाले दोहोरो फाइदासमेत हुँदै आएको उहाँको भनाइ छ ।

कृषितर्फ उहाँले तरकारी १० बिघामा तरकारीखेती लगाउनुभएको छ । उहाँले गोलभेँडा, तितेकरेला, सिमी, बोडी, घिरौँला, काँक्रा, बैगुन, खुर्सानीलगायतको तरकारी बाली लगाउनुभएको छ । उहाँले उत्पादन गर्नुभएको तरकारी भने झापाको दमकमा खपत हुँदै आएको छ । व्यापारीहरुले फार्मबाट नै खरिद गरेर लैजाने गरेका छन् ।

कृषि तथा पशुपालनबाट उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको हो । कोरियामा कमाएको पैसा गाउँमा नै कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरेर आफू उहाँले मात्र स्वरोजगार बन्नुभएको छैन, पाँच युवालाई समेत रोजगारी दिनुभएको छ । उनीहरुलाई खान र बस्न सुविधानसहित मासिक रु २० हजारका दरले तलब दिने गरेको उहाँले सुनाउनुभयो । “कृषि र पशुपालन व्यवसायमा म आफैँ खट्ने गर्दछु, मेरो काममा श्रीमतीले पनि सहयोग गर्दै आउनुभएको छ,” उहाँले भन्नुभयो, “दैनिक ज्यालादारीमा समेत कामदार लगाउने गरेको छु ।”

उहाँको फार्ममा मासिक रु सात लाखको कारोबार हुँदै आएको नेम्बाङले बताउनुभयो । विदेशबाट कमाएको पैसा गाउँमा नै लगानी गरेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन गाउँमा नै कृषि र पशुपालन व्यवसाय सञ्चान गरेको नेम्बाङको भनाइ छ । “सहरमा बस्नकै लागि भए पनि पुग्ने जति त कोरियामा बसेर कमाएकै थिएँ । मलाई बसीबसी खान पुग्थ्यो,” नेम्बाङले भन्नुभयो, “तर विदेशबाट कमाएको पैसा गाउँमा लगानी गरेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण दिन गाउँमा नै व्यवसाय सञ्चालन गरेको हुँ ।”

उहाँ नेपालबाट इपिएस प्रणालीअन्तर्गत २०७० सालमा दक्षिण कोरिया गएर २०७५ सालमा स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्केपछि २०७६ देखि व्यावसायिक रुपमा कृषि र पशुपालन सुरु गर्नुभएको थियो । सुरुमा रु २५ लाखको लगानीमा थाल्नुभएको उहाँको व्यवसाय अहिले करोडौँको पुगेको छ । उहाँले आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्नसकेमा स्वदेशमा नै विदेशको भन्दा राम्रो कमाइ गर्न सकिने बताउनुभयो ।

व्यवसाय प्रवर्द्धनमा सरकारको सहयोग

उहाँको कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धनका लागि सङ्घीय सरकार र प्रदेश सरकारको समेत सहयोग छ । उहाँलाई आर्थिक वर्ष २०७७÷७८ मा कृषि ज्ञान केन्द्र इलामले तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत टनेल व्यवस्थानका लागि ५० प्रतिशत साझेदारीमा रु चार लाख उपलब्ध गराएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट तरकारी पकेट कार्यक्रमअन्तर्गत ५० प्रतिशत साझेदारीमा रु आठ लाख उपलब्ध भएको थियो । दुवै अनुदानबाट व्यवसाय प्रवर्द्धनमा सहयोग पुगेको उहाँले बताउनुभयो । त्यसयता भने कुनै निकायबाट सहयोग प्राप्त नभएको उहाँको गुनासो छ । “सुरुमा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबाट राम्रै सहयोग पाएको थिएँ । त्यसबाट व्यवासाय प्रवर्द्धनमा राम्रो मद्दत मिल्यो,” उहाँले भन्नुभयो, “तर त्यसयता कुनै निकायबाट केही सहयोग छैन । उद्यममा लागेका युवाहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”
राज्यका सबै तहको सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुग्न आवश्यक रहेको उहाँको भनाइ छ । “स्वदेशमा व्यवसाय गर्छु भन्ने युवालाई व्यावसायिक योजनाको आधारमा राज्यले सहयोग गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पहुँचका भरमा राज्यका कार्यक्रम सञ्चालन हुने प्रथाले किसान मारमा परेको अवस्था पनि छ, यसमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।”

बजार सहज, मूल्य अस्थिरता समस्या

कृषि तथा पशुपालन व्यवसायका लागि बजारको कुनै समस्या नरहेको तर मूल्य अस्थिरता मुख्य समस्या रहेको उहाँ बताउनुहुन्छ । उत्पादन गरिएको वस्तु बिक्रीका लागि व्यापारीहरु फार्ममा नै आउन सक्ने भएकाले बजारको समस्या नरहेको र मूल्य स्थिर नहुने कारणले किसानहरु समस्यामा पर्ने गरेको उहाँको भनाइ छ । “हामीले उत्पादन गरेको पशु तथा कृषिजन्य उत्पादन बिक्रीका लागि कुनै समस्या छैन । व्यापारीहरु फार्ममा नै आएर खरिद गरेर लैजान्छन्,” उहाँले भन्नुभयो, “तर कहिलेकाहीँ मुख्य उत्पादनमा समेत मूल्यमा गिरावट आउने भएकाले घाटा ब्यहोर्नुपरेको छ ।” यसको कारण भारतबाट भित्रिने उत्पादन नै रहेको उहाँको भनाइ छ । भारतबाट नेपाल भित्रिने कृषि तथा पशुजन्य उत्पादनमा रोक लगाउने हो भने यहाँका किसानले राम्रो मूल्य पाउने उहाँको भनाइ छ ।

“भारतबाट सस्तोमा कृषि तथा पशुजन्य उत्पादन भित्रिने गरेकाले हाम्रो उत्पादनले उचित मूल्य पाउँदैन,” उहाँले भन्नुभयो, “एक दिनमात्र भारतबाट आउने उत्पादन रोक्ने हो भने यहाँको उत्पादनले राम्रो मूल्य पाउँछ । यसका लागि सरकारले नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता छ ।” साथै, पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेकाले त्यसलाई रोक्ने र स्वदेशमा नै व्यासाय गर्ने नीति राज्यले निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । उहाँले आउँदो वर्ष पनि व्यावसायिक कृषि कर्ममा लागेका युवाहरुलाई प्रोत्साहन गर्न कृषि विकास शाखामार्फत साझेदारीमा कृषिसँग सम्बन्धित मेसिनरी औजार वितरण, पशु प्रवर्द्धन पकेट कार्यक्रम, तरकारी पकेट कार्यक्रम, सामग्री वितरण, बिउबिजन वितरणलगायतका अनुदानका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । “हामीले विगतदेखि नै कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर काम गदै आएका छौँ,” अध्यक्ष केरुङले भन्नुभयो, “आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ । व्यावसायिक कृषकलाई पहिलो प्राथमिकतामा राख्नेछौँ ।”

Previous Post

अध्यारोबाट उज्यालो देखेपछि …

metakhabar

metakhabar

सम्बन्धित खबर

आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In