• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३० अशोज २०८३,
0
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० असोज : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ ।

एकत्तरौँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीको बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै महानिरीक्षक कार्कीले वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप मजबुत बनाउने तथा भावी पुस्ताका लागि सक्षम, स्वस्थ, उत्तरदायी र प्रविधिमैत्री सङ्गठन निर्माण गर्ने सङ्कल्प गर्नुभयो ।

उहाँले नेपाल प्रहरीको सात दशकभन्दा लामो यात्रामा सङ्गठनका एक हजार ७९८ जना वीर प्रहरी कर्मचारीले राष्ट्र र नागरिक सुरक्षाका खातिर जीवनको आहुति दिएको जानकारी दिनुभयो ।

राष्ट्र र नागरिकको सेवाका क्रममा जीवन उत्सर्ग गर्नुहुने ती सम्पूर्ण अमर प्रहरीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै महानिरीक्षक कार्कीले अमर प्रहरी परिवारजन एवं सन्ततिप्रति उच्च सम्मानभाव व्यक्त गर्नुभयो ।

उहाँले कर्तव्यपालनको सिलसिलामा घाइते तथा अशक्त हुनुभएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । अमर प्रहरीको समर्पण र बलिदानलाई प्रहरी सङ्गठन र सकल दर्जाले सदैव गौरवका साथ स्मरण गरिरहने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि राष्ट्रसेवामा आफ्नो जीवनको सर्वाधिक ऊर्जाशील समय समर्पित गर्नु भई सेवानिवृत्त हुनुभएका सम्पूर्ण अग्रज प्रहरी कर्मचारीमा यहाँहरूको अथक परिश्रम, योगदानको उच्च कदर तथा स्मरण गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।”

महानिरीक्षक कार्कीले भोटेकोशी–त्रिशूलीको महाविपत्ति नेपाल प्रहरीको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्ठाको गहिरो अध्याय बनेर अङ्कित भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विनाशकारी बाढी, जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सडक तथा पुल, सञ्चार अवरोध र निरन्तर बदलिँदो मौसम तथा जलवायु परिवर्तनका बीच नेपाल प्रहरी अन्य सुरक्षा निकायसँगै खोज, उद्धार, सुरक्षा, व्यवस्थापन, सूचना सङ्कलन र मानवीय सहायतको अग्रपङ्क्तिमा निरन्तर खटिन्छन् ।”

महानिरीक्षक कार्कीले विपद्को सबैभन्दा पीडादायी पक्ष कर्तव्यपालनमै आफ्नै सहकर्मीको क्षति भोगेको भोटेकोशी–त्रिशूली बाढीमा कर्मठ २८ जना प्रहरी कर्मचारी प्रत्यक्ष प्रभावित हुनुभएकामा तीन जनाले अमरत्व प्राप्त गर्नुभयो भने २५ जना प्रहरी कर्मचारी बेपत्ता हुनुभएको जानकारी दिनुभयो ।

उहाँहरू नागरिकको जीवन र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिरहेका अवस्थामा विपद्को चपेटामा पर्नुभएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले सकल दर्जाबाट साहस, अनुशासन, मुलुक र नागरिक सेवाप्रतिको अटल प्रतिबद्धता प्रदर्शन भएको स्मरण गर्नुभयो ।

उहाँका अनुसार गत वर्ष क्षतिग्रस्त भएका ४५९ प्रहरी कार्यालयमध्ये ४५३ प्रहरी कार्यालयको पुनर्निर्माण एवं कार्यालय सञ्चालन भइसकेका छन् भने अन्य पुनर्निर्माणाधीन छन् । उहाँले त्यसमा आमनागरिक, स्थानीय तह, उद्योगी व्यवसायी, विभिन्न सङ्घसंस्था, पूर्वप्रहरी कर्मचारी तथा सम्पूर्ण सहयोगीले देखाउनुभएका ऐक्यबद्धताप्रति सङ्गठनका तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले बदलिँदो सामाजिक, आर्थिक, राजनीतिक तथा प्राविधिक परिवेशसँगै विकसित हुँदै गरेका सुरक्षा चुनौतीको सामना गर्न प्रहरीलाई सक्षम, व्यावसायिक र नवीनतम प्रविधिले सुसज्जित तुल्याइनु पर्नेमा जोड दिनुभयो ।

महानिरीक्षक कार्कीले वर्तमान समयको पदचापलाई बुझ्दै प्रहरीले विभिन्न वित्तीय ठगी सम्बन्धमा अनलाइन उजुरी, नागरिक गुनासो, प्रहरी चारित्रिक प्रमाणपत्र, ट्राफिक उल्लङ्घन तथा हराएका सवारीसाधन र कागजात, प्रहरी भर्ना तथा तालिम, अपराध अभिलेख, दैनिक घटना प्रतिवेदनलगायत विभिन्न अभिलेख प्रणालीको विकास तथा स्तरोन्नति गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रहरी सेवालाई थप प्रविधिमैत्री, प्रभावकारी र समयानुकूल बनाउने कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले चेन अफ कमाण्डमा आधारित अनुशासन, सङ्गठनमा प्रभावकारी कार्यसम्पादन, अनुशासन र संस्थागत प्रगतिका लागि स्थापित आदेश तथा नियन्त्रण प्रणाली र कमाण्ड शृङ्खला कायम रहनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रहरी दिवसको यस अवसरमा उत्कृष्ट कार्यसम्पादन तथा विभिन्न विधामा सम्मानित एवं पुरस्कृत हुनुहुने सम्पूर्ण प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी तथा विद्यार्थीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

यस वर्षको प्रहरी दिवस ‘विपदमा सारथी, सङ्कटमा छहारी र प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्श वाक्यका रूपमा देशभर मनाइएको छ ।

Previous Post

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

Next Post

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’
समाचार

पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

३० अशोज २०८३,
Load More
Next Post
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In