• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ भदौ २०८३,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर (दाङ), ९ भदौः दाङ तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित हुनुहुन्थ्यो । यसअघि उहाँले कहिल्यै आफ्नो आँखाको जाँच गराउनुभएको थिएन । तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दुु देखियो । “पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन”, उहाँले भन्नुभयो, “अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।”

हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उहाँको भनाइ छ । “गाउँमै आँखा जाँच गर्ने शिविर आयो”, उहाँले भन्नुभयो, “आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।”

उहाँहरु मात्रै होइन, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्योमध्ये ६३ जनामा मोतियाबिन्दुुको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो । मोतियाबिन्दुु बिग्रिएर जलविन्दु भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतियाबिन्दुुको पहिचान गरी शल्यक्रिया गर्नका लागि यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मोतियाबिन्दुुको शल्यक्रिया गर्न रु १२ हजार लाग्ने गरेको भए पनि शिविरबाट गएपछि छ हजार पाँच सयमा शल्यक्रिया गरिदिनेसमेत बताउनुभयो ।

त्यस्तै चस्मा आवश्यक पर्नेहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताउनुभयो । नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतियाबिन्दुु रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

उमेर बढ्दै जाँदा मोतियाबिन्दुु हुनु स्वभाविक प्रक्रिया रहेको जनाउँदै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उहाँको भनाइ छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उहाँको भनाइ छ ।

वडावासीको मागअनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिनुभयो । आँखाजस्तो संवेदनशील अङ्गलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ (राप्ती आँखा अस्पताल) प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो । शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ ।

यो शिविर तुलसीपुरको १२ र १३ मा सम्पन्न भइसकेको छ, भने केही दिनमा तुलसीपुर–११ मा आयोजना हुनेछ । त्यस्तै घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर, दङ्गीशरणमा पनि शिविर सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतियाबिन्दुुको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।

Previous Post

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा
आर्थिक

राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा

९ भदौ २०८३,
गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच
आवाज

गत आवमा पाँच सय घरमा खानेपानीको पहुँच

९ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In