• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

    नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

    नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

metakhabar by metakhabar
९ भदौ २०८३,
0
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ (चितवन), ९ भदौः चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइने भएको छ । यसका लागि जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नं १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको थियो ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गेस्ट हाउस चौरको पृष्ठभूमि संरक्षण गर्दै ऐतिहासिककालदेखि देशका लागि योगदान गरेका सहिदहरूको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भरतपुरको मुटुमा रहेको यस ऐतिहासिकस्थललाई विभिन्न राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी र सहिदहरूको स्मृतिका लागि सहिद मैदानका रूपमा विकास गर्न लागेका हौँ । यसका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम महानगरले अघि बढाएको छ ।”

सहिद मैदान निर्माणका लागि हाल रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मैदान स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलित माटो प्रयोग गरी मैदान पुर्ने काम भइरहेको छ ।

केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक अधिवेशनसमेत यही स्थानमा रहेको मञ्चमा भएको थियो ।
कार्यवाहक प्रमुख अधिकारीले गेस्ट हाउस चौरलाई सबैले साझा थलोका रूपमा प्रयोग गर्दै आएकाले यसलाई व्यवस्थित गरी सहिद मैदानका रूपमा विकास गर्न महानगरपालिकाले प्रक्रिया अघि बढाएको बताउनुभयो ।

उहाँका अनुसार मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गरिनेछ । यसका साथै आकर्षक मुख्य प्रवेशद्वार, घेराबार, दुवैतर्फ ढल निकास, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गरिनेछ । यी सबै कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

आगामी माघ १६ गते सहिद दिवसको अवसर पारेर सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको कार्यवाहक महानगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । सोही दिन भरतपुरलाई ‘बालमैत्री महानगरपालिका’ घोषणा गर्ने कार्यक्रमसमेत तय भएकाले दुवै कार्यक्रम एकैसाथ सम्पन्न गर्ने गरी प्राविधिक टोलीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

यसैगरी, जिसस परिसरमा रहेको चार बिघा ११ कट्ठा १६ धुर जग्गामध्ये एक बिघा १६ कट्ठा १४ धुरमा सहिद मैदान र एक बिघा नौ धुरमा समन्वय पार्क निर्माण गर्ने गरी भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय भएको जिसस चितवनले जनाएको छ ।

जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले साविक जिल्ला विकास समिति तथा हाल जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको गेस्ट हाउस चौरलाई थप व्यवस्थित र सौन्दर्यीकरण गर्न सहिद मैदान तथा पार्क निर्माणका लागि भरतपुर महानगरपालिकालाई जग्गा उपलब्ध गराउने निर्णय जिल्ला सभाले गरेको बताउनुभयो ।

उहाँका अनुसार ऐतिहासिककालदेखि सहिदहरूको सम्मान र सम्झनाका लागि सहिद मैदान तथा ज्येष्ठ नागरिक, बालबालिका र आमसर्वसाधारणका लागि समन्वय पार्क निर्माण गर्न लागिएको हो । महानगरपालिकाले उक्त क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्दै दुवै योजना कार्यान्वयन गर्दा क्षेत्र थप प्रभावकारी र दिगो हुनुका साथै आम नागरिकको प्रत्यक्ष प्रयोगमा आउने उहाँले बताउनुभयो ।

एक बिघा नौ धुर जग्गामा निर्माण हुने ‘भरतपुर समन्वय पार्क’लाई ज्येष्ठ नागरिक, बालबालिका तथा आम सर्वसाधारणका लागि मनोरञ्जन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ । महानगरले पार्क निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । महानगरपालिकाले यही महिनाभित्र पार्कको विस्तृत परियोजना प्रतिवेदन तथा लागत अनुमान तयार गरी बोलपत्र प्रक्रियामा लैजाने तयारी गरेको कार्यवाहक नगर प्रमुख अधिकारीले बताउनुभयो ।

Previous Post

आहा, यस्तो पो झरना !

Next Post

अध्यारोबाट उज्यालो देखेपछि …

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी
फिचर-ब्यानर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

३० अशोज २०८३,
नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की
जीवन शैली

नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की

३० अशोज २०८३,
प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
Load More
Next Post

अध्यारोबाट उज्यालो देखेपछि ...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In