• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

by
२३ फाल्गुन २०८०,
0
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ– दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मंगलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।

क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्यवाद दिँदै बधाई ज्ञापन गरेको छ । क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७१ देखि प्रयासरत गरेको जनाइएको छ ।

क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिए ।

क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो ।

क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन् ।

विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मानविकी तथा समाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायको विषय अध्ययन(अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन् । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

Previous Post

३० लाखको अवैध सामानसहित तीनजना पक्राउ

Next Post

अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला

अस्पतालको शौचालयमा नवजात शिशु मृत अवस्थामा फेला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In