बढ्दो केमीकलको प्रयोग, प्रशोधित खानपान लगायत आधुनिक जीवनशैलीका कारण हुने तनावले मानिसमा कपाल झर्ने समस्या दिनप्रतिदिन बढ्दो रहेको छ । हामीले हाम्रो खानपान तथा दैनिक जीवनशैलीमा केही ध्यान दिने हो भने कपाललाई मजबुत र आकर्षक बनाउन सक्छौ—
१. तोरीको तेललाई मनतातो बनाई अदुवाको रस मिलाएर कपालको जरामा लगाएर तातोपानीमा भिजाइएको रुमालले टाउको सेक्ने र एक घण्टापछि नुहाउने गर्दा कपाल झर्न कम भई नयाँ कपाल उम्रिन मद्दत गर्छ ।
२. जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ ।
२. दैनिक ७–८ घण्टा सुत्नुपर्दछ ।
३. अमला वा नरिवलको तेलले मालिस गर्नाले कपाल मजबुत हुन्छ ।
४. तोरीको तेलमा अण्डा र भिटामिन ई मिसाएर लगाउने र १–२ घण्टामा श्याम्पुले नुहाउने गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ ।
५. मेथी अथवा दही पनि कपालको लागि राम्रो मानिन्छ ।
६. हेनाको पात र चुकन्दरको पात पिनेर कपालमा लगाउँदा पनि कपाल झर्न कम हुन्छ ।
साभार :‘स्वास्थ्य खबरपत्रिका’बाट













