काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशमा परेको विपतका बेलामा राजनीति किचलो छोडेर उद्धार, राहत र व्यवस्थापनका साथै पुनः निर्माणमा लाग्ग्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् । सोमबार जनकपुरमा आयोजित लायन्स क्लबको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन् ।
उनले देशमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको भएको उल्लेख गर्दै सबैलाई यस्तो बेलामा एकजुट भएर लाग्न समेत सुझाव लिए ।रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको उनले बताए । विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधिले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए ।













