• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ऋण तिर्न ऋणकै सहारा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
११ कात्तिक २०८३,
0
ऋण तिर्न ऋणकै सहारा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । सरकारले ऋण लिएर विकास गर्ने सामान्य आर्थिक सिद्धान्त हो।

पूर्वाधार, ऊर्जा, सडक, सिँचाइ, शिक्षा वा उत्पादन बढाउने परियोजनामा ऋण लगानी गरियो भने त्यसबाट भविष्यमा आम्दानी र आर्थिक गतिविधि बढाउन सकिन्छ। तर नेपालको पछिल्लो वित्तीय चित्रमा ऋणको अर्को अनुहार देखिन थालेको छ।

सरकार एकातिर नयाँ ऋण उठाइरहेको छ, अर्कोतिर त्यही ऋणबाट पुरानो ऋणको साँवा तिर्नुपर्ने दायित्व बढिरहेको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ले यही प्रवृत्तिलाई गम्भीर वित्तीय चुनौतीका रूपमा औँल्याएको छ। आयोगका अनुसार सरकारले आन्तरिक ऋण परिचालन बढाउँदै लगे पनि त्यसको ठूलो हिस्सा नयाँ पुँजी निर्माणमा जान सकेको छैन।

ऋण सेवा खर्च बढ्दै जाँदा नयाँ ऋणको उपयोग विकास विस्तारभन्दा पुरानो दायित्व व्यवस्थापनतर्फ धकेलिएको छ। आयोगले ऋण परिचालनबाट पुँजी निर्माण र अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न नसकेको निष्कर्ष निकालेको छ।

यो समस्या केवल एउटा वर्षको बजेट व्यवस्थापनको कमजोरी होइन। पछिल्ला वर्षको तथ्यांक हेर्दा सार्वजनिक ऋणको आकार, साँवा भुक्तानी, ब्याज खर्च र राजस्वबीचको सम्बन्ध क्रमशः असहज बन्दै गएको देखिन्छ।

आर्थिक वर्ष २०७८/७९ मा तिर्न बाँकी आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म आइपुग्दा यो बढेर १२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। चार वर्षको अवधिमा आन्तरिक ऋण दायित्व करिब २८ प्रतिशत बढेको हो।

यो रकम त्यस वर्षको कुल गार्हस्थ्य उत्पादनको २०.६८ प्रतिशत बराबर थियो।

तर ऋणको कथा त्यतिमै रोकिँदैन। आर्थिक वर्ष २०७७/७८ मा कुल सार्वजनिक ऋण जीडीपीको ४०.७२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ४३.७९ प्रतिशत पुगेको आयोगले जनाएको छ।

सोही अवधिमा ऋणको साँवा भुक्तानी जीडीपीको १.४१ प्रतिशतबाट बढेर ४.७७ प्रतिशत पुगेको छ। ब्याज तथा कमिसन भुक्तानी पनि ०.८१ प्रतिशतबाट बढेर १.१५ प्रतिशत पुगेको छ।

अर्थात् सरकारको ऋण बढ्नु मात्र समस्या होइन। त्यस ऋणलाई व्यवस्थापन गर्न हरेक वर्ष बजेटबाट छुट्याउनुपर्ने रकम पनि तीव्र गतिमा बढ्नु अहिलेको वास्तविक दबाब हो।

ऋण बढ्यो, विकास खर्च पछाडि पर्‍यो

सरकारले आर्थिक वर्ष २०८२/८३ मा ऋण परिचालनबाट ठूलो स्रोत जुटाउने योजना बनाएको थियो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण योजनाअनुसार उक्त वर्ष आन्तरिक र बाह्य स्रोतबाट ऋण उठाएर बजेटको वित्तीय आवश्यकता पूरा गर्ने लक्ष्य थियो।

ऋण परिचालनको संरचनामा आन्तरिक ऋणको हिस्सा लगातार महत्वपूर्ण बन्दै गएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋणका लागि ट्रेजरी बिलदेखि विभिन्न अवधिका विकास ऋणपत्रसम्म प्रयोग गर्दै आएको छ।

तर सरकारले उठाएको रकमको प्रयोग कहाँ भइरहेको छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ।

आर्थिक वर्ष २०८२/८३ को ११ महिनासम्म सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा २ खर्ब ८४ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको तथ्यांक सार्वजनिक भएको थियो।

यही अवधिमा सरकारको पुँजीगत खर्च १ खर्ब ३२ अर्ब ६६ करोड रुपैयाँमा सीमित थियो। यसको अर्थ ११ महिनामा ऋणको साँवा तिर्न भएको खर्च पुँजीगत खर्चभन्दा दोब्बरभन्दा बढी थियो।

यो अन्तरले नेपालको बजेट संरचनाको समस्या देखाउँछ। सरकारसँग विकास निर्माणका लागि छुट्याउने रकम सीमित छ, तर पुरानो ऋणको दायित्व अनिवार्य छ।

विकास खर्च गर्न नसके पनि ऋणको साँवा तिर्नैपर्छ। ब्याज तिर्नैपर्छ। यही कारण ऋण सेवा खर्च बजेटको ठूलो हिस्सा ओगट्दै जाँदा पुँजीगत खर्चमा दबाब बढ्छ।

यसले अर्को जोखिम पनि जन्माउँछ। विकास खर्च कम भएपछि अर्थतन्त्रको उत्पादन क्षमता अपेक्षित रूपमा विस्तार हुँदैन। उत्पादन नबढेपछि करको आधार विस्तार हुँदैन।

करको आधार कमजोर भएपछि राजस्व वृद्धि सुस्त हुन्छ। राजस्वले नियमित खर्च धान्न नसकेपछि सरकारले फेरि ऋण लिनुपर्छ। यही चक्र लामो समय दोहोरियो भने ऋण विकासको साधन नभएर वित्तीय व्यवस्थापनको बाध्यता बन्न सक्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि यही विषयमा स्पष्ट चेतावनी दिएको छ। आयोगका अनुसार ऋण सेवा खर्च बढ्दा बजेट घाटामा दबाब पर्नुका साथै पुँजीगत बजेट विनियोजनमा संकुचन आउने अवस्था देखिएको छ।

सार्वजनिक ऋणको हिस्सा बढ्दै गए पनि आर्थिक वृद्धिदर र निर्यात कमजोर रहनु तथा राजस्वको हिस्सा घट्नुले ऋणको उपयोग अझ संवेदनशील बनाएको आयोगको विश्लेषण छ।

राजस्व कमजोर, ऋणको भर बढ्दो

सरकारको ऋण निर्भरता बढ्नुको मूल कारण खर्च मात्र होइन, राजस्वको क्षमता कमजोर हुनु पनि हो।

आयोगको प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ सम्म संघीय सरकारको राजस्व आम्दानीभन्दा वित्तीय व्यवस्थापन खर्च र चालु खर्चको योगफल बढी रहेको देखाएको छ।

यसको अर्थ सरकारको नियमित वित्तीय दायित्व पूरा गर्न राजस्व मात्रै पर्याप्त हुन छाडेको हो। यस्तो अवस्थामा सरकारसँग दुईवटा बाटा हुन्छन्। खर्च घटाउने वा थप स्रोत जुटाउने।

खर्च घटाउन राजनीतिक तथा प्रशासनिक कठिनाइ हुने भएपछि ऋण उठाउने विकल्प सहज बन्दै गएको देखिन्छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो वार्षिक तथ्यांकले पनि सरकारी वित्तमा यही दबाब देखाउँछ। आर्थिक वर्ष २०२४/२५ मा सरकारको कुल राजस्व परिचालन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।

त्यसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड रुपैयाँ थियो। सोही अवधिमा संघीय सरकारको चालु खर्च ९ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगत खर्च २ खर्ब २२ अर्ब ६८ करोड र वित्तीय व्यवस्थापन खर्च ३ खर्ब २० अर्ब ४ करोड रुपैयाँ थियो।

यी तथ्यांकलाई एकै ठाउँमा राख्दा समस्या स्पष्ट हुन्छ। सरकारले उठाउने राजस्वले चालु खर्च धान्न सक्ने अवस्था रहे पनि ऋणको साँवा, ब्याज तथा अन्य वित्तीय दायित्व जोडिँदा थप स्रोत आवश्यक हुन्छ।

यही ठाउँमा आन्तरिक र बाह्य ऋणले बजेटको खाली ठाउँ भर्ने काम गर्छ। तर ऋणबाट खाली ठाउँ भर्नु र ऋणबाट उत्पादन क्षमता निर्माण गर्नु एउटै कुरा होइन।

ऋणबाट जलविद्युत् आयोजना बनेर बिजुली उत्पादन भयो, सडक बनेर ढुवानी लागत घट्यो, सिँचाइ विस्तार भएर कृषि उत्पादन बढ्यो वा औद्योगिक पूर्वाधार बनेर निजी लगानी आकर्षित भयो भने ऋणले भविष्यको आम्दानी सिर्जना गर्छ।

ऋणबाट कर्मचारी खर्च, प्रशासनिक खर्च वा पुरानो ऋणको साँवा भुक्तानी गरियो भने त्यसले नयाँ उत्पादन क्षमता निर्माण गर्दैन। नेपालको अहिलेको चुनौती यही दोस्रो प्रवृत्ति बढ्दै जानु हो।

चार वर्षमै बढ्यो आन्तरिक ऋण

सरकारले आन्तरिक ऋण परिचालनको मात्रा क्रमशः बढाउँदै लगेको छ। आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

पाँच वर्षको अवधिमा आन्तरिक ऋण परिचालन करिब ४७.३२ प्रतिशतले बढेको हो।

ऋण उठाउने रकम बढ्दै गए पनि खुद आन्तरिक ऋण परिचालन भने अपेक्षाकृत कम देखिन्छ।

आर्थिक वर्ष २०८१/८२ मा खुद आन्तरिक ऋण परिचालन जीडीपीको १.४१ प्रतिशत मात्र रहेको आयोगको तथ्यांक छ। यसको अर्थ सरकारले ठूलो रकम उठाए पनि त्यसको उल्लेख्य हिस्सा पुरानो ऋण भुक्तानीमै फर्किरहेको छ।

यही कारण सकल ऋण परिचालन र खुद ऋण परिचालनबीचको अन्तर बुझ्नु महत्वपूर्ण हुन्छ।

सरकारले एक वर्षमा ३ खर्ब रुपैयाँ ऋण उठायो भन्दैमा त्यो सबै रकम नयाँ खर्चका लागि उपलब्ध हुँदैन। त्यही वर्ष पुरानो ऋणको साँवा भुक्तानी गर्न २ खर्ब रुपैयाँ लाग्यो भने नयाँ खर्चका लागि उपलब्ध हुने खुद स्रोत १ खर्ब रुपैयाँ वरिपरि मात्र हुन्छ।

अझ ब्याज भुक्तानी जोडिएपछि वास्तविक वित्तीय ठाउँ झन् साँघुरिन्छ। नेपालमा अहिले यही संरचनात्मक दबाब बढिरहेको छ।

पछिल्लो तथ्यांकले पनि सार्वजनिक ऋणको आकार उच्च रहेको देखाउँछ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा सार्वजनिक ऋण करिब २९ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारले ६१ अर्ब ५ करोड रुपैयाँ ऋण परिचालन गरेको छ। तर सोही अवधिमा ७० अर्ब १३ करोड रुपैयाँ साँवा भुक्तानी गरेकोले भदौ मसान्तसम्म कुल सार्वजनिक ऋण केही घटेर २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँमा आएको छ।

भदौ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

जीडीपीको अनुपातमा आन्तरिक ऋण २०.६३ प्रतिशत र बाह्य ऋण २४.४१ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण जीडीपीको करिब ४५.०५ प्रतिशत पुगेको छ।

यसले अहिलेको वित्तीय तस्वीरलाई अझ स्पष्ट पार्छ। सरकारले ऋण तिरिरहेको पनि छ, तर ऋणको स्टक उच्च रहिरहेको छ।

ब्याजले बढाउँदै वित्तीय दबाब

ऋणको सबैभन्दा संवेदनशील पक्ष साँवा मात्र होइन, ब्याज हो।

सरकारले उठाएको ऋणको ब्याज प्रत्येक वर्ष बजेटबाट भुक्तानी गर्नुपर्छ। ऋणको आकार बढ्दै जाँदा ब्याजको भार पनि बढ्छ। आन्तरिक ऋणको ब्याजदर बजारको अवस्थासँग जोडिएको हुन्छ।

छोटो अवधिका ऋण उपकरण धेरै प्रयोग गरिएमा सरकारले बारम्बार ऋण नवीकरण गर्नुपर्ने हुन्छ। ब्याजदर बढेको समयमा यस्तो पुनर्वित्तीयकरण महँगो बन्न सक्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको २०२६ को ऋण दिगोपन विश्लेषणले नेपालमा सार्वजनिक ऋणको समग्र जोखिम तत्काल संकटको तहमा नरहेको देखाएको छ। तर त्यसले घरेलु ऋणतर्फको जोखिमलाई बेवास्ता गरेको छैन।

आर्थिक वर्ष २०२४/२५ मा नेपालको सार्वजनिक ऋण जीडीपीको ४८.१ प्रतिशत रहेको र आर्थिक वर्ष २०२५/२६ मा करिब ४९.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो। त्यसपछि वित्तीय सुधार भएमा ऋण अनुपात क्रमशः घट्ने अनुमान गरिएको छ।

यहाँ एउटा महत्वपूर्ण कुरा छ। नेपालको ऋणलाई अहिले नै असह्य वा संकटग्रस्त भन्न मिल्दैन।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त मूल्यांकनअनुसार नेपालको बाह्य र समग्र सार्वजनिक ऋण संकटको जोखिम न्यून श्रेणीमा छ। तर जोखिम न्यून हुनु र समस्या नभएको अर्थ एउटै होइन।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार नेपालमा घरेलु ऋण जीडीपीको अनुपातमा आर्थिक वर्ष २०१५/१६ को १०.१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०२४/२५ मा २४.४ प्रतिशत पुगेको छ।

घरेलु ऋणको तीव्र वृद्धिसँगै घरेलु ऋण सेवा र राजस्वबीचको अनुपात पनि बढेको छ। आर्थिक वर्ष २०२४/२५ मा सरकारको कुल ब्याज खर्चको ८५ प्रतिशतभन्दा बढी घरेलु ऋण सेवामै गएको थियो।

यो तथ्य नेपालको वर्तमान ऋण संरचनाको सबैभन्दा महत्वपूर्ण संकेत हो।

वैदेशिक ऋणमा ठूलो हिस्सा सहुलियतपूर्ण ऋण भएकाले ब्याजदर तुलनात्मक रूपमा कम हुन्छ। तर आन्तरिक ऋणमा सरकार आफ्नै वित्तीय बजारबाट स्रोत उठाउँछ।

त्यसैले सरकारले धेरै आन्तरिक ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य स्रोत सरकारी ऋणपत्रतर्फ आकर्षित हुन सक्छ। यसले निजी क्षेत्रमा जाने कर्जाको उपलब्धतामाथि दबाब सिर्जना गर्ने सम्भावना हुन्छ।

अर्थतन्त्रमा यस्तो अवस्था लामो समय रह्यो भने सरकारले निजी क्षेत्रसँग लगानीका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। निजी लगानी कमजोर रहेको अर्थतन्त्रमा यो थप समस्या बन्न सक्छ।

छोटो ऋण घटाएर दीर्घकालीन बाटो

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋण परिचालन गर्दा दीर्घकालीन उपकरणलाई प्राथमिकता दिन सुझाव दिएको छ। आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक ऋण परिचालनमा दीर्घकालीन उपकरणको हिस्सा ५९.८२ प्रतिशत थियो।

आर्थिक वर्ष २०८०/८१ मा यो ७६.५० प्रतिशतसम्म पुगे पनि २०८१/८२ मा घटेर ६५.१५ प्रतिशतमा आएको छ। आयोगले सकेसम्म दीर्घकालीन उपकरणमार्फत आन्तरिक ऋण परिचालन गर्ने नीति निरन्तरता दिन भनेको छ।

यो सुझावको अर्थ सरकारलाई ऋण नलिन भनिएको होइन। ऋणको संरचना सुधार्न भनिएको हो।

छोटो अवधिको ऋण धेरै हुँदा सरकारलाई बारम्बार पुरानो ऋण तिर्न नयाँ ऋण उठाउनुपर्ने हुन्छ। त्यसले पुनर्वित्तीयकरणको जोखिम बढाउँछ।

दीर्घकालीन ऋणले सरकारलाई भुक्तानीको समय लामो अवधिमा फैलाउने सुविधा दिन्छ। यसबाट तत्कालको बजेट दबाब कम गर्न सकिन्छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पछिल्ला वर्षमा ७ वर्ष, ११ वर्ष, १३ वर्ष, १४ वर्ष र १५ वर्ष अवधिका विकास ऋणपत्र जारी गर्दै दीर्घकालीन ऋणतर्फ जाने प्रयास गरिरहेको छ।

यसले सरकारी ऋणको परिपक्वता अवधि विस्तार गर्ने दिशामा नीति अघि बढिरहेको देखाउँछ।

तर ऋणको अवधि बढाउनु मात्रै समाधान होइन। त्यसको उपयोग पनि उत्पादनशील क्षेत्रमा हुनुपर्छ।

यदि दीर्घकालीन ऋण उठाएर पनि चालु खर्च धानियो भने सरकारले लामो समयसम्म ब्याज तिरिरहनुपर्ने हुन्छ तर त्यसबाट प्रतिफल आउने सम्भावना हुँदैन। त्यसैले ऋणको अवधि र ऋणको उपयोग दुवै पक्ष सँगसँगै सुधार गर्नुपर्ने हुन्छ।

ऋणको भारभन्दा उपयोग ठूलो प्रश्न

नेपालको सार्वजनिक ऋणबारे बहस गर्दा कुल ऋण कति भयो भन्ने तथ्यांक मात्रै हेर्नु पर्याप्त हुँदैन। ऋणबाट कति उत्पादन भयो, कति रोजगारी सिर्जना भयो, कति राजस्व बढ्यो र अर्थतन्त्रको उत्पादन क्षमता कति विस्तार भयो भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ।

विश्व बैंकको पछिल्लो नेपाल विकास अद्यावधिकले आर्थिक वर्ष २०२५/२६ मा नेपालको सार्वजनिक ऋण जीडीपीको करिब ४५.१ प्रतिशत पुगेको जनाएको छ।

सोही अवधिमा राजस्व तथा अनुदान जीडीपीको १९.४ प्रतिशतमा झरेको र पुँजीगत खर्च कार्यान्वयन दर ४६.८ प्रतिशतमा सीमित भएको उल्लेख छ। विश्व बैंकले सार्वजनिक ऋण बढे पनि नेपाल अझै न्यून ऋण संकट जोखिममा रहेको जनाएको छ।

तर पुँजीगत खर्च कार्यान्वयन कमजोर हुनु र ऋण बढिरहनु एउटै दिशामा जाने संकेत होइन।

सरकारले ऋण उठाएर खर्च गर्न सकेन भने पनि ऋणको दायित्व रहन्छ। आयोजना समयमै सम्पन्न भएन भने ऋणबाट अपेक्षित आर्थिक प्रतिफल आउँदैन। निर्माण ढिला हुँदा लागत बढ्न सक्छ।

आयोजना सम्पन्न भए पनि उत्पादन सुरु हुन ढिला भयो भने ऋणको ब्याज भुक्तानी सुरु भइसकेको हुन्छ। यसरी ऋणको लागत तत्काल आउँछ, तर प्रतिफल ढिलो आउँछ।

नेपालमा विकास आयोजना कार्यान्वयनको कमजोरी यहीँबाट ऋण व्यवस्थापनसँग जोडिन्छ।

अघिल्लो समाचार

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग
समाचार

भोटेकोशी बाढीले घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

११ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन