• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२२ भदौ २०८३,
0
कर्णाली राजमार्गमा पहिरोको वितण्डा, सडक खुलाउन अझै केही दिन लाग्ने
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । लगातारको वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको छ। आइतबार बेलुकादेखि राजमार्गका केही खण्डमा पहिरोले सडक अवरुद्ध गर्नुका साथै कतिपय ठाउँमा सडक संरचनामै क्षति पुगेको छ। अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने र क्षतिग्रस्त संरचनाको मर्मत गर्ने काम अघि बढाइए पनि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। पहिरोको अवस्था र सडकमा भएको क्षतिका कारण तत्कालै सबै खण्डमा यातायात सहज बनाउन कठिन रहेको प्रशासनको भनाइ छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरिएको छ। विभिन्न स्थानमा पहिरो गएको छ। सडक खुलाउने काम भइरहेको छ। तर कतिपय ठाउँमा सडक नै क्षतिग्रस्त भएकाले पूर्ण रूपमा यातायात सञ्चालन हुन केही दिन लाग्न सक्छ,’ प्रसाईंले भने। वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने क्रममा समेत थप अवरोध आउन सक्ने प्रशासनले जनाएको छ। कतिपय स्थानमा माथिबाट ढुंगा तथा माटो खस्ने क्रम जारी रहेकाले सडक मर्मत र खुलाउने काम चुनौतीपूर्ण बनेको छ।

यात्रामा सावधानी अपनाउन आग्रह

राजमार्ग अवरुद्ध भएपछि जुम्लासहित कर्णालीका विभिन्न जिल्लातर्फ जाने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। सडकको वास्तविक अवस्था नबुझी यात्रा गर्दा बीच बाटोमै सवारी रोकिएर यात्रु तथा चालक समस्यामा पर्न सक्ने भएकाले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।

विशेषगरी वर्षायाममा कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रशासनले अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रसाईंले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर मात्रै यात्रा गर्न तथा मालसामान ढुवानी गर्न आग्रह गरेका छन्। कुन खण्ड सञ्चालनमा छ र कुन ठाउँमा अवरोध छ भन्ने जानकारी लिएर मात्र सवारी सञ्चालन गर्न उनले अनुरोध गरेका हुन्।

मेसिन र जनशक्ति परिचालन

अवरुद्ध सडकखण्डमा पहिरो हटाउन सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायले आवश्यक उपकरण र जनशक्ति परिचालन गरेका छन्। पहिरो हटाउनेसँगै क्षतिग्रस्त सडकको अवस्थाअनुसार मर्मतसम्भारको काम पनि अघि बढाइएको छ। तर केही स्थानमा सडकको भाग नै क्षतिग्रस्त हुनुका साथै माथिबाट निरन्तर ढुंगा–माटो खस्ने जोखिम रहेकाले सडक खुलाउने काममा कठिनाइ भइरहेको छ। सडक सञ्चालनमा आएपछि पनि पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सुरक्षित अवस्था सुनिश्चित नभएसम्म यात्रु तथा चालकलाई सतर्क रहन आग्रह गरिएको छ।

कर्णाली राजमार्गमा बर्खाको समयमा पहिरोका कारण यातायात अवरुद्ध हुने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ। गगनेखोला, पिली, मोल्फा र एस मोडलागायतका स्थानमा विगतमा पनि पहिरोका कारण यातायात प्रभावित हुँदै आएको छ   । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दैलेखको दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको सडकखण्डका विभिन्न स्थान पहिरोको जोखिममा छन्। वर्षायाममा पहिरोको क्रम बढ्दा यात्रु तथा मालवाहक सवारीसाधनले नियमित रूपमा समस्या भोग्दै आएका छन्।

अवस्था बुझेर मात्रै सवारी चलाउन आग्रह

जिल्ला प्रशासन कार्यालय जुम्लाले राजमार्गमा यात्रा गर्ने नागरिकलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। सडक खुलाउने काम भइरहेका बेला जबर्जस्ती सवारी अघि बढाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर मात्रै यात्रा गर्न भनिएको छ। मालवाहक सवारीका चालक तथा व्यवसायीलाई समेत सडक पूर्ण रूपमा खुलेको जानकारी नआएसम्म यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। लामो दूरीका सवारीसाधन बीच बाटोमै लामो समय रोक्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वसूचना लिएर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।

राजमार्ग सञ्चालनलाई सहज बनाउन सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताए। सडक खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको र अवस्था सामान्य भएपछि नियमित यातायात सञ्चालन गरिने प्रशासनले जनाएको छ।

अघिल्लो समाचार

रसुवा बाढीमा परी एक हजार ३५५ को मृत्यु : प्राधिकरण

अर्को समाचार

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

एमाले–नेकपा साझा कार्यक्रम तयार, प्रदेश संरचना निर्माणलाई पनि प्राथमिकता

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन