• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    १३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

by
८ फाल्गुन २०८०,
0
सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो ।

गोलो आकारको सेकुङतालको वरपर ढुङ्गा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताए । ‘तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमलव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौँ’, उनले भने, ‘ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ ।’

इन्जिनियर बाँस्तोलाका अनुसार बेनी–जोमसोम सडकको ताङछराबाट सेकुङ हुँदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो ।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा रु दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए। खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो । ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए ।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जङ्गल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ । आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ ।

ताल, हिमाल, वनजङ्गल, वन्यजन्तु र पक्षीहरूको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न गएका सुरेन गुरुङले बताए । सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ ।

ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन् । सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ । प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताए ।

Previous Post

कपाल झर्ने समस्याबाट छुटकारा पाउने सजिलो तरिका

Next Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

सम्बन्धित खबर

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
आर्थिक

देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान

१३ बैशाख २०८३,
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
आर्थिक

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु

१३ बैशाख २०८३,
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आर्थिक

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु

१३ बैशाख २०८३,
तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
आर्थिक

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

१३ बैशाख २०८३,
१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर
फिचर-ब्यानर

१३ चुनौतीबीच सरकारले ऊर्जा क्षेत्रमा देखेको अवसर

१३ बैशाख २०८३,
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
फिचर-ब्यानर

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

१३ बैशाख २०८३,
Load More
Next Post
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In