• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुल नबनाएको भन्दै चन्द्रनिगाहपुरका स्थानीय आन्दोलित

by
१९ पुस २०८०,
0
पुल नबनाएको भन्दै चन्द्रनिगाहपुरका स्थानीय आन्दोलित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट – बागमती नदीमा पुल बनाउन ढिलाइ भएको भन्दै स्थानीयले चन्द्रनिगाहपुर(गौर सडकखण्डमा चक्काजाम गरेको छ। पुल बनाउन माग गर्दै बुधवार दिउँसो चन्द्रनिगाहपुर(गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका हुन्।

हुलाकी राजमार्गअन्तर्गत पर्ने बागमतीको बरहवा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीयले करिब १ घण्टा चन्द्रनिगाहपुर(गौर सडकखण्डको बम नहरमा सवारीसाधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन्।

उनीहरूले दिउँसो डेढ बजेबाट साढे २ बजेसम्म गरेको चक्काजामका कारण चन्द्रनिगाहपुर(गौर सडकखण्डमा चल्ने सवारीसाधन अवरुद्ध भएका थिए।

रौतहटको यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीयले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेको रौतहट क्षेत्र १ ९क० का प्रदेश सांसद नागेन्द्रप्रसाद साहले बताए।

प्रदेश सांसद साहको नेतृत्त्वमा स्थानीयले रोडमै सुतेर चक्काजाम गरेपछि चन्द्रनिगापुर(गौर सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो।

यसरी भयो पुल अलपत्र

दुर्गाभगवती गाउँपालिका–५ स्थित रौतहट र सर्लाही जोड्ने बागमती पुल निर्माण अलपत्र परेको छ।

छिमेकी जिल्ला जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा ठेक्का सम्झौता गर्दै २०७० जेठ ३० मा काम सम्पन्न गर्न पुल बनाउन थालेलगत्तै नदीले धार परिवर्तन गरेपछि बन्द भएको निर्माण १३ वर्षदेखि अलपत्र परेको हो।

हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि पुल निर्माणका लागि ठेक्का पाएका महालक्ष्मी, विकास र वाईपी जेभी निर्माण कम्पनीले केही दिन काम गरेर पुल अलपत्र छाडेका छन्।

नदी नियन्त्रणको कामसहित पुल निर्माणका लागि सो कम्पनीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको थियो। २२ सय ४१ मिटर लम्बाइको सो पुल निर्माण कम्पनीले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको थियो।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त पुल बिल्डर्सले त्यतिबेला ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकार गरी पप्पु कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा लगाएको थियो।

पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो। कन्स्ट्रक्सनले १७ वटै स्पानको काम सकेको छ। निर्माणकै क्रममा पुलभन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि निर्माण रोकिएको लुम्बिनी बिल्डर्सले बताउँदै आएको छ।

यता पछिल्लो समय हुलाकी राजमार्गमा १३ वर्षदेखि अलपत्र परेको पुल निर्माणको माग गर्दै स्थानीयले समय समयमा विरोध प्रदर्शन गर्दै आएका छन्।

Previous Post

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

Next Post

नेपाल र भारतबीच दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

सम्बन्धित खबर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै
समाचार

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

१४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
Load More
Next Post
नेपाल र भारतबीच दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In