• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

    गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

    गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मानुङकोटमा रातिदेखि नै पर्यटकको चहलपहल

by
२१ कार्तिक २०७९,
0
मानुङकोटमा रातिदेखि नै पर्यटकको चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् ।

मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । “यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ”, उनले भने, “आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।

व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याएको बताए । “सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ”, उनले भने, “हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।”

केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए ।

चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृंखला ।

पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृंखला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।

मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए ।

Previous Post

अमेरिकी मध्यावधि चुनावः बाइडेन र ट्रम्प दुवैको अग्निपरीक्षा

Next Post

रूपन्देहीमा दम्पती मृत भेटिए, अनुसन्धान सुरु

सम्बन्धित खबर

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
फिचर-ब्यानर

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

२३ असार २०८३,
देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
समाचार

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

२३ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

२३ असार २०८३,
गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु
आवाज

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

२३ असार २०८३,
Load More
Next Post
रूपन्देहीमा दम्पती मृत भेटिए, अनुसन्धान सुरु

रूपन्देहीमा दम्पती मृत भेटिए, अनुसन्धान सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In