• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    सुरक्षा परिषद् सुधार्न भारतको माग

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

    ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

metakhabar by metakhabar
२३ असार २०८३,
0
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बर्डफ्लुबाट प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। पशुसेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप ११ जिल्लाका किसानलाई उक्त रकम वितरण गर्ने तयारी गरेको हो।

विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कनका आधारमा प्रमाणित क्षतिको ७५ प्रतिशत रकम राहतस्वरूप सम्बन्धित किसानको बैंक खातामा एक साताभित्र जम्मा गरिनेछ।

उनका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति प्राप्त गर्न नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ।

बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार क्षति प्रमाणित भएका किसानले आवश्यक कागजातसहित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिनुपर्ने विभागले जनाएको छ।

विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी बर्डफ्लुबाट सबैभन्दा बढी प्रभावित भएका छन्। हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ भने यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

यता, प्रतिकूल मौसमका कारण यस वर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२.६२ प्रतिशतले घटेको कृषि विभागले जनाएको छ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार गत वर्ष यही अवधिमा ४५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोमबारसम्म ३२.३८ प्रतिशत अर्थात् चार लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ। देशभर कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि गण्डकीमा ४१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ।

महानिर्देशक सञ्जेलले जलवायु परिवर्तनका कारण मनसुन समयमै सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको बताउनुभयो। यद्यपि पछिल्ला दिनमा देशका अधिकांश क्षेत्रमा वर्षा सुरु भएकाले रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ।

धान उत्पादनको मुख्य आधार मानिने मधेस प्रदेशमा रोपाइँको प्रगति निकै सुस्त रहेकाले यस वर्ष धान उत्पादनमा असर पर्न सक्ने आकलन गरिएको छ। नेपालको कुल धान उत्पादनमा तराई क्षेत्रको योगदान करिब ७० प्रतिशत र पहाडी क्षेत्रको योगदान करिब ३० प्रतिशत रहने गरेको छ।

Previous Post

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

Next Post

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री
आर्थिक

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

५ भदौ २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
जीवन शैली

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

५ भदौ २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

सुरक्षा परिषद् सुधार्न भारतको माग

५ भदौ २०८३,
स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले
आर्थिक

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले

५ भदौ २०८३,
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या
आर्थिक

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

५ भदौ २०८३,
ह्यारी–मेघन बेलायत फर्कने
अन्तर्राष्ट्रिय

ह्यारी–मेघन बेलायत फर्कने

५ भदौ २०८३,
Load More
Next Post
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In