हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
देशका पहाडी र तराई भू–भागमा साधारणतया बादल, साथै हिमाली भेगमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केहि स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराईका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।
यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराईका थोरै स्थान तथा मधेश प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।













