शेख सादी बाल्यकालमा आफ्ना बाबुसँग मक्का गइरहेका थिए । उनी जुन दलसँग गइरहेका थिए त्यो दलको नियम थियो, बिहान सबेरै उठेर प्रार्थना गर्नु । नियमानुसार शेख सादी र उनका बाबु पनि प्रार्थना गर्न उठ्थे ।
एक दिन सादीले दलका धेरै मानिसहरु नउठेको र प्रार्थनाको समयमा पनि सुतिरहेको देखे ।
उनले बाबुलाई भने, ‘हेर्नुस् न बाबा, यी मानिसहरु कति अल्छी, न उठ्छन् न प्रार्थना गर्छन् ।
बाबुले मुस्कुराउँदै भने, छोरा तिमी पनि नउठेको भए राम्रो हुन्थ्यो । छिटो उठेर कसैको निन्दा गर्नुभन्दा तिमी सुतेकै भए राम्रो हुन्थ्यो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट