• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    ७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुम्सी (तनहुँ), २२ वैशाखः चिटिक्क मिलेका ढुङ्गाले छाइएका परम्परागत घर । घरमा पुग्न बाटामा ढुङ्गाले छपक्क विछ्याइएका । गाउँको कूल घरधुुरीमध्ये ९० प्रतिशत मगर समुदायका । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँ आफैँमा विविधतायुक्त मौलिकता बोकेको सुन्दर रमणीय ।

गाउँ पर्यटनको प्रवर्द्धनका माध्यमबाट स्थानीयवासीको आयआर्जन बढाउने उद्देश्यका साथ तीन वर्षअघि व्यास नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा यस गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने गरी कार्यक्रम अघि बढाएसँगै यो ठाउँले पर्यटकीय रुपमा पनि फड्को मार्न थालेको छ ।

विशेषतः गाउँबाट धेरै सङ्ख्यामा बेलायती तथा भारतीय सेनामा भर्र्ती भएका कारण यो गाउँ लाहुरेहरूको गाउँका रुपमा परिचित छ । नगरपालिकाले प्रदेश सरकारसँगका सहकार्यमा सञ्चालन गरेको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत यस गाउँलाई नमूना गाउँको रुपमा विकास गर्न विभिन्न कार्यक्रमसमेत अघि बढाइएको रुम्सी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।

यहाँका कूल १२० घरधुरीमध्ये ९० प्रतिशत मगर समुदायको बाहुल्यता रहेको जानकारी दिँदै उहाँले यहाँका ८० घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको बताउनुभयो । गाउँलाई नमूना बस्तीका रूपमा विकास गर्न यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरूको संरक्षण र उपयोगमा जोड दिइएको उहाँको भनाइ छ ।

गाउँलाई पर्यटन तथा कृषिका विभिन्न गतिविधिका माध्यमबाट आयआर्जन बढाउँदै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुुभयो । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत बन्दीपुर–रुम्सी गाउँ भ्रमण कार्यक्रम, रुम्सी इको ट्रेक, रुम्सी झरनामा क्यानोनिङ, कृषक पाठशाला, संस्कृति आदानप्रदान, रैथाने खानाका परिकारहरू तथा धार्मिक कार्यक्रमहरू सञ्चालनको लक्ष्य राखिएको छ ।

कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख विनियोजन गरेको थियो । नगरपालिकाले यहाँ सञ्चालित घरवासको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यका साथ भवन निर्माण गर्न यस वर्ष रु १० लाख विनियोजन गरेको अध्यक्ष थापाले जानकारी दिनुुभयो ।

गाउँमा सञ्चालित घरवासमा ठाउँठाउँबाट स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गरेको रुम्सी सामुदायिक होमस्टे व्यवस्थापन समितिका सदस्य हरिमाया थापाले बताउनुुभयो । एक पटक आएको जो कोही पर्यटकले फर्कदा गाउँको सौन्दर्यतासँगै आतिथ्यताको प्रशंसा गर्ने गरेको उहाँले अनुुभव सुनाउनुभयो ।

होमस्टेका लागि स्थानीयले सुलभ प्योकज निर्धाण गरेको जानकारी दिँदै उहाँले एक रातका लागि रु एक हजार २०० तय गरिएको बताउनुुभयो । पाहुनालाई आउनासाथ स्वागत सत्कार गर्दै चिया मकैलगायतका खाजा खुवाइन्छ भने बेलुुका लोकल कुखुरा÷खसीको मासुसहितको खाना र भोलिपल्ट नास्ता आदि खुवाइन्छ । खुवाइने खाना तथा खाजामा स्थानीय अर्गानिक उत्पादनहरू नै प्रयोग हुने उहाँले जानकारी दिनुुभयो । आउने पाहुनालाई सामूहिक रुपमा खाना खुवाएर घरघरमा पठाउने गरिएको जानकारी दिँदै उहाँले १० जनाभन्दा ठूलो समूहमा आउने पर्यटकलाई गाउँको मौलिक कलासंस्कृति सहित स्वागत गरिने बताउनुुभयो । यहाँ आउने पर्यटकहरू विभिन्न यामअनुुसार निउरो, सिप्लीकानजस्ता प्राकृतिक उत्पादनका सागसब्जी खान पाउँछन् ।

यसरी आइपुग्न सकिन्छ रुम्सी

रुम्सी आउनका लागि तनहुँको सदरमुकाम दमौली र पर्यटकीय गन्तव्य बन्दीपुरबाट विभिन्न यातायातका साधन प्रयोग गरी आउन सकिन्छ । दमौलीबाट रुम्सी आउन कूल १६ किलोमिटर दूरी पार गर्नुपर्छ भने बन्दीपुरबाट १५ किलोमिटर दूरी पार गर्नुुपर्छ । दमौलीबाट आउँदा भादगाउँ, बुद्धसिंह मार्ग, पोखरी भञ्ज्याङ, गुदी फच्याङ, केशवटार हुँदै आउन सकिन्छ भने बन्दीपुरबाट सेराथर, सुखौरा, केशवटार हुँदै आउन सकिन्छ ।

दमौलीबाट रुम्सी आउन बिहानदेखि फरकफरक समयमा दैनिक सार्वजनिक यातायातका साधनहरू आउँछन् भने बन्दीपुरबाट निजी सवारीसाधन प्रयोग गरेर आउन सकिने स्थानीयवासी बताउँछन् । पर्यटकको इच्छाअनुुसार हालै बन्दीपुर आउने पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको भिलेज सफारीमार्फत पनि रुम्सीमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिनुुभयो ।

जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै जिपहरू प्रयोग गर्दै ग्रामिण परिवेशको अवलोकन गर्दै भिलेज सफारी गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो । रुम्सीको पर्यटन प्रवर्द्धनका लागि हालै बन्दीपरमा सम्पन्न गाउँ पर्यटन मार्टका अवसरमा यस गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायी सहभागी गराएर परिचयात्मक भ्रमण (फार्म ट्रिप)समेत गराइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।

सञ्चारकर्मीसहितको परिचयात्मक भ्रमणले गाउँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास लिइएको उहाँले बताउनुभयो । हरेक गाउँ, पर्यटकीय ठाउँ भन्ने नाराका साथ गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले गण्डकी प्रदेशभित्रका सम्भावनायुक्त गाउँहरूको प्रवर्द्धनसमेत गरिरहेको मञ्चका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो ।

पर्यटकीय सम्भावना बोकेका गाउँहरूमा सञ्चालित घरवासका सञ्चालकहरूलाई आवश्यकताअनुसार आतिथ्यता, घरवास व्यवस्थापनलगायतमा तालिम दिने विषयलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

Previous Post

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Next Post

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

metakhabar

metakhabar

सम्बन्धित खबर

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च
समाचार

७६ हजार सहकारी बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी,सरकारको खाताबाट बचत फिर्ता भए आन्दोलन चर्कर्ने संभावन उच्च

२२ बैशाख २०८३,
एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का
फिचर-ब्यानर

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

२२ बैशाख २०८३,
सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी
फिचर-ब्यानर

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

२२ बैशाख २०८३,
Load More
Next Post
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In