• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुबई प्रस्थान गर्न लागेका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने मन थियो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका दाङ घोराहीका ३७ वर्षीय विशालले काठमाडौँमा फोहर उठाउनेदेखि होटलमा वेटरको कामसमेत गरे ।

तर, ती सबै ठाउँमा उनले कामअनुसारको उचित पारिश्रमिक र समयमा तलब पाएनन् । उनले भने, ‘परिश्रमको मूल्य नै पाइएन, त्यही भएर विदेशिन लागेको हुँ ।’

धनकुटाका गुञ्जन तामाङ मनोरञ्जन क्षेत्रमा काम गर्छन् । उनले यस क्षेत्रमा काम गर्न थालेको नौ महिना भयो ।

उचित पारिश्रमिक नपाउने, काममा साहुको अपमानजनक व्यवहारले गर्दा उनले नौ महिनामै चार ठाउँमा काम गर्नुपरेको गुनासो गरे । ‘तलबै नदिएपछि के बसिरहनु’, उनले भने, ‘मनोरञ्जन क्षेत्रमा हामीलाई साहु, ग्राहक देखि छिमेकीले समेत अपमान गर्छन् ।’ रोजगारको स्थायित्व नहुँदा उनले पनि वैदेशिक रोजगारीमा जान राहदानी बनाइसकेको बताए ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार पछिल्लो एक महिनामा ६२ हजार २६५ जना वैदेशिक रोजगारमा गएका छन् । श्रमिकले स्वदेशमा श्रम नपाउनु र श्रमको उचित सम्मान नहुँदा विदेशिन बाध्य भएको श्रम अधिकारकर्मी नवीन कुमारको धारणा छ ।

जिफन्टको अध्ययनअनुसार नेपालमा हालसम्म एक करोड ३० लाख बढी श्रमिक छन् । यद्यपि यी श्रमिकका शारीरिक, मानसिक, सामाजिक सुरक्षा भने अझै व्यवस्थित हुनसकेको छैन । ‘न्यूनतम ज्याला नपाएका, समान जाला नपाएका श्रमिकको अवस्था अझै उस्तै छ’, उनले भने, ‘जसले गर्दा युवा पुस्तामा वितृष्णाका कारण श्रमकै लागि विदेशिने गरेका छन् ।’

राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा युवा बेरोजगारदर १२.७ प्रतिशत छ । त्यसमा पनि १५ वर्षदेखि २५ वर्ष उमेर समूहका युवा बेरोजगार बढी छन् । सो तथ्याङ्कअनुसार श्रम बजारमा ३७.५ प्रतिशत मात्रै सहभागी छन् ।

नेपालको संविधानको धारा २३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको छ । सोही हकको कार्यान्वयन गर्न रोजगारीको हकसम्बन्धी ऐन, २०७५ जारी गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सृजना गरी आगामी पाँच वर्षमा कुनै पनि नेपाली नागरिकले बाध्यतावशः वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा पनि गरेको थियो । तर त्यो घोषणा कार्यान्वयन हुन सकेन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ वैशाखदेखि स्वदेशमा रोजगार सृजना गर्ने हेतुले ‘श्रम संसार प्रणाली’का रूपमा डिजिटल एप सञ्चालन गरेको छ ।

उक्त एपमार्फत रोजगारी खोज्नेको सङ्ख्या ९६ हजार ९७३ रहेका छन् । तर रोजगारी पाउनेको सङ्ख्या भने जम्मा नौ जनामात्र देखिन्छ ।

सो एपबाट जागिर खोज्दा ‘इन्ट्री’ गर्ने तर, पाइसकेपछि पाएको सूचना अभिलेख नगर्ने भएकाले जागिर पाउनेको तथ्याङ्क कम देखिएको मन्त्रालयका इन्जिनियर इन्द्रनारायण यादवले बताए । ‘रोजगारको अभाव छैन, खोजी गर्न सके श्रम संसार प्रणालीले सजिलो बताएको छ’, उनले भने ।

Previous Post

सरकारी जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

Next Post

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
Load More
Next Post
सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

सरकारको स्पष्टोक्ति: पेट्रोलियम मूल्य घट्ने अवस्था छैन, स्वचालित प्रणालीले मूल्य अझ बढ्न सक्ने चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In