कपालका जराहरु बढी सुख्खा भएपछि त्यहाँका तैलीयग्रन् बढी सक्रिएर भएर क्भदगm नामक तैलीय पदार्थ निर्माण गर्छ । जसको कारणले चायाँ देखिने गर्दछ । यो कपालको समस्या नभई छालाको समस्या हो । टाउकोमा बाहेक आँखीभौँ, आँखाको ढकनी वरिपरिसमेत यो समस्या देखिने गर्दछ ।
अप्राकृतिक खानपान हुनु, शरीरमा विषाक्त तत्व जम्मा हुनु, कब्जियत हुनु, भावनात्मक रुपमा ज्यादा तनाव हुनु, कपालको सफाइमा कमी हुनु आदि कारणले चाया पर्ने गर्छ । कपालमा चायाँ पर्नाले व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्ने गर्छ । चायाँ हटाउने, श्याम्पु र तेलहरुको प्रयोगले अस्थायी रुपमा मात्र चायाँ हटाउने हुँदा आराम, व्यायाम र अन्य विधिका साथै निम्नानुसारको प्राकृतिक भोजनबाट यसको उपचार गर्नुपर्दछ—
– दैनिक भोजनमा जिङ्क, भिटामिन ई र सेलिनियमको आपूर्ति गर्नुपर्दछ ।
जिङ्कः काजु, पेश्ता, देशी बदाम, अदुवा, दाल, गहुँ ।
भिटामिन ईः गहुँ, भटमास, ब्रोकाउली, हरियो सागपात, देशी बदाम, काजु, पेश्ता ।
सेलिनियमः लसुन, गाँठेमुला, ब्रोकाउली, जौ, फर्सिको बियाँ आदि ।
– दैनिक भोजनमा फलफूलहरु (स्याउ, नासपाती, अंगुर, जुनार, आरु, भुइँकटहर, केरा, सुन्तला, कागति आदि) सेवन गर्नुपर्दछ ।
– मौसमअनुसारका तरकारी र सलादहरुलाई दैनिक भोजनको एक अंग बनाउनुपर्दछ ।
– पानी वा कागती पानी पिउनुपर्दछ ।
– चिया, कफी, मैदा, चिनी, चकलेट, बजारिया प्याकेटका खानाहरु खान बन्द गर्नुपर्दछ ।
– भट्मासको सेवन लाभदायक मानिन्छ ।
– चिनी र यसबाट बनेका खानेकुराहरु सकेसम्म नखाने ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट