• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

    छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

    सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
८ साउन २०८३,
0
बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ । ती क्षेत्रमा हरित क्षेत्र, खेलमैदान, पदमार्ग (वाकिङ ट्रेल) तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारको योजना छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले हटाइएका बस्ती रहेका स्थानमा स्थायी कङ्क्रिट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सक्ने खुला क्षेत्र विकास गरिने जनाएको छ ।

समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले नदीको प्राकृतिक बहाव संरक्षण, बाढी व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुला क्षेत्र विकास गर्ने उद्देश्यले छुट्टै गुरुयोजना तयार भइरहेको जानकारी दिए । उनका अनुसार उक्त गुरुयोजना अन्य विद्यमान सहरी योजनासँग तालमेल हुने गरी तयार पारिँदै छ ।

उनले भने, “हामी सबै नागरिकको पहुँच हुने खुला सार्वजनिक क्षेत्र निर्माण गर्दै छौँ । यहाँ पदमार्ग, हरित क्षेत्र र खुला मनोरञ्जन स्थल बन्नेछन् । तर स्थायी कङ्क्रिट भवन निर्माण गरिने छैन ।”

महर्जनका अनुसार नदी व्यवस्थापनको उद्देश्य नदीलाई पर्खालभित्र सीमित गर्नु नभई प्राकृतिक बहावका लागि पर्याप्त खुला क्षेत्र सुरक्षित गर्नु हो । अत्यधिक वर्षा वा बाढीका बेला नदी सहज रूपमा फैलिन सक्ने गरी खुला पार्क र हरित क्षेत्र विकास गरिने उनले बताए ।

समितिका कार्यकारी समिति अध्यक्ष डा। आनन्द सिंह भाटले बाग्मतीलाई बाढी नियन्त्रण, सरसफाइ र हरियालीसँग जोडिएको सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गरिने बताए । उनले भविष्यमा बाग्मती किनारमा हरियाली, खुला खेलमैदान र नागरिकमैत्री वातावरण देख्न पाइने विश्वास व्यक्त गरे ।

बल्खु, बंशीघाट, थापाथली, गैरीगाउँ, सिनामङ्गल र शङ्खमूललगायत क्षेत्रमा हटाइएका बस्तीका अधिकांश भग्नावशेष (डेब्रिस) हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ । हटाइएका डेब्रिस र माटोलाई भू–आकृतिअनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ ।

महर्जनका अनुसार बंशीघाट क्षेत्रमा करिब एक मिटर जमिन पुरी घाँसे मैदान (ग्रासल्यान्ड) निर्माणको तयारी गरिएको छ । त्यहाँ खेलकुदका लागि उपयुक्त खुला क्षेत्र विकास गर्नुका साथै वृक्षरोपण गरिनेछ । आगामी दिनमा फुटबल मैदान, ब्याडमिन्टन कोर्टलगायत खेलकुद पूर्वाधार निर्माण गर्ने योजना रहेको उनले बताए ।

विश्व निकेतन विद्यालय नजिक प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) निर्माण गर्ने योजना रहेको तथा बंशीघाट क्षेत्रलाई विद्यालयले खेलकुद प्रयोजनका लागि प्रयोग गर्ने समझदारीसमेत भएको समितिले जनाएको छ ।

बल्खु क्षेत्रमा नदीको बहाव क्षेत्र विस्तारलाई प्राथमिकता दिइने भएको छ । हाल करिब ४० मिटर चौडाइमा सीमित नदीलाई निर्धारित ८० मिटर बहाव क्षेत्रसम्म विस्तार गरी बाँकी भागमा हरित क्षेत्र, खुला पार्क तथा सार्वजनिक उपयोगका पूर्वाधार निर्माण गरिने योजना छ ।

शङ्खमूल क्षेत्रमा खुला खेलमैदान तथा खेलकुद केन्द्र विकास गर्ने अवधारणा अघि सारिएको छ । गैरीगाउँ र सिनामङ्गल क्षेत्रमा हाल पाँचदेखि १० मिटर चौडाइमा रहेको नदीलाई न्यूनतम ३० मिटर चौडा बनाइनेछ । त्यसपछि बाँकी क्षेत्रमा घाँसे मैदान, पार्किङ, प्रतीक्षास्थल, खुला पार्क तथा खेलकुदका संरचना निर्माण गरिने समितिले जनाएको छ ।

थापाथली क्षेत्रमा नदीको बहाव क्षेत्र करिब ६० मिटर पुर्‍याइनेछ । त्यसपछि करिडोर सडकलाई थापाथली अस्पतालतर्फबाट पुलमुनि हुँदै बंशीघाटसम्म निरन्तर जोड्ने योजना रहेको छ । यस क्रममा सम्पदा र स्मारक क्षेत्रमा असर नपर्ने गरी डिजाइन तयार गरिने समितिले जनाएको छ ।

समितिका अनुसार बल्खुमा रिटेनिङ वाल, नदी किनार व्यवस्थापन तथा पार्क निर्माणको काम अघि बढाइनेछ । सिनामङ्गल क्षेत्रमा करिडोर सडक, रिभर ट्रेनिङ वाल तथा नदी व्यवस्थापनका आयोजना समानान्तर रूपमा कार्यान्वयन गरिने तयारी छ ।

समितिले गत आर्थिक वर्षमै गुरुयोजनाको प्रस्ताव तयार गरेको थियो । चालु आर्थिक वर्षका लागि नदी व्यवस्थापनका विभिन्न कार्यक्रमअन्तर्गत करिब दुई अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । सोही बजेटबाट विस्तृत डिजाइन र लागत अनुमान तयार भइरहेको छ । दशैँअघि ठेक्का सम्झौता सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको आयोजना निर्देशक महर्जनले बताए ।

सहरी विकास मन्त्रालयसँगको सहकार्यमा बहुवर्षीय (एमटीएफ) ढाँचाअन्तर्गत आवश्यक बजेट सुनिश्चित गरी तीन वर्षभित्र योजना कार्यान्वयन गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘भिजन काठमाडौँ–२०४०’ कार्यान्वयन सुरु गर्ने घोषणा गरेको छ । उक्त योजनाअन्तर्गत काठमाडौँ उपत्यकाका नदी करिडोरमा पूर्वाधार, पार्क निर्माण, एकीकृत फोहोरमैला व्यवस्थापन, ढलमुक्त नदी अभियान तथा नदी किनारमा हरियाली प्रवर्द्धनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।

अघिल्लो समाचार

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

अर्को समाचार

सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश
आवाज

छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

२० कात्तिक २०८३,
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
जीवन शैली

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

२० कात्तिक २०८३,
सङ्कटमा मादल बनाउने पेसा
आर्थिक

सङ्कटमा मादल बनाउने पेसा

२० कात्तिक २०८३,
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट
फिचर-ब्यानर

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
आवाज

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

२० कात्तिक २०८३,
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

२० कात्तिक २०८३,
सङ्कटमा मादल बनाउने पेसा

सङ्कटमा मादल बनाउने पेसा

२० कात्तिक २०८३,
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन