• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

    सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० कात्तिक २०८३,
0
सङ्कटमा मादल बनाउने पेसा
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

ओखलढुङ्गा, २० कात्तिकः मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ ।

कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो । नयाँ मादल किन्न र पुराना मादल मर्मत गर्न । आजकाल दक्ष कालीगढले मादल बनाउननै छोडेपछि बजारमा मादल पाउन मुस्किल पर्दै गएको हो

मादल बनाउन चाहिने छाला र काठ पाउन कठिन हुँदै गएको छ । सामुदायिक वनमा काठ काट्न नपाइने र छाला पनि सहजै उपलब्ध नहुने भएपछि नयाँ मादल उत्पादन गर्न झन समस्या भएको कालीगढहरू भन्नुहुन्छ । नयाँ मादल बनाउने काम घटे पनि पुराना मादल मर्मत गर्ने काम भने अझै जारी छ ।

नीरकाजी बिशङ्खेले पुरानो मादलको खरी मात्रै लगाउँदा रु दुई हजार, दुवैपट्टि ताल फेर्दा रु चार हजार र एकपट्टि मात्रै फेर्दा रु तीन हजार लिने गरेको बताउनुभयो । नयाँ मादल बनाउने काम घट्दै गएको छ । करिब ५६ वर्षदेखि मादल बनाउने काम गर्दै आउनुभएका ओखलढुङ्गाको ठूलाछापका नीरकाजी बिशङ्खेले यो परिवर्तनलाई नजिकबाट अनुभव गर्नुभएको छ ।

उहाँका लागि तिहार कुनै समय सबैभन्दा व्यस्त सिजन थियो । मादल बनाउन र मर्मत गर्न आउने ग्राहकको चापले फुर्सद मिल्दैन थियो । तिहारको समयमा नयाँ–पुराना गरेर सयौँ मादल बनाउने र मर्मत गर्ने गरेको सम्झना उहाँलाई अझै याद छ ।

तर अहिले त्यही सिजनमा उहाँ फुर्सदिलो हुनुहुन्छ । उहाँसँग यसपालि मुस्किलले केही थान मादल मात्रै मर्मतका लागि आएका छन् । “पहिले मादलको काम मनग्यै हुन्थ्यो । अहिले मादल खासै छैनन् । नयाँ मादल पनि खासै बनाउने गरेको छैन,” नीरकाजी भन्नुहुन्छ, “आफ्नो मेहनत नउठेपछि नयाँ मादल बनाउनै छाड्यौँ, पुराना मादल मर्मत गरेर यसो बसिबियाँलो गर्दैछु ।”

नीरकाजीका अनुसार पहिले मादल बनाउने कामबाट तिहारको सिजनमा रु डेढ लाख भन्दा बढी आम्दानी हुन्थ्यो । कुनै समय त रु दुई लाखदेखि तीन लाखसम्म कमाइ हुने गरेको उहाँको अनुभव छ । समयसँगै मादलको माग घट्दै जाँदा आम्दानी पनि खुम्चिएको छ । पोहोरसम्म रु ७० हजारदेखि ८० हजारसम्म कमाइ भए पनि अहिले त्यो अवस्था छैन ।

उहाँका अनुसार अहिले मादलको कामबाट हुने आम्दानी रु २५ हजारदेखि ३० हजारसम्ममा सीमित छ । ठूलाछापमा मादल बनाउने चार पाँच घर छन् । तर सबैको अवस्था उस्तै छ । नयाँ मादल बनाउनेभन्दा पुराना मादल मर्मत गर्ने काम बढी छ ।

ग्राहकको अभाव र कच्चा पदार्थको समस्या दुवै भएपछि नयाँ उत्पादनमा लगानी गर्नसमेत कालीगढहरू हिचकिचाउन थालेका छन् । मादल बनाउने काममा अहिले सबैभन्दा ठूलो समस्या कच्चा पदार्थको अभाव देखिएको छ । मादल बनाउन गाईगोरु, राँगा र बाख्राको छाला आवश्यक पर्छ ।

तर अहिले गाईगोरुको छाला सहजै उपलब्ध हुन छाडेको कालीगढहरूको भनाइ छ । पहिले गाउँमै गाईगोरु पाइने र छालाको व्यवस्था गर्न सजिलो हुने गरेको थियो । अहिले गाउँमा गाईगोरु कम हुँदै गएका छन् । छाला पाउन मुस्किल भएपछि राँगा र बाख्राको छाला मिलाएर काम चलाउनुपर्ने अवस्था छ ।

मादल बनाउन आवश्यक सामग्री सहजै उपलब्ध नहुँदा नयाँ मादल उत्पादन गर्न कठिन भएको नीरकाजी बताउनुहुन्छ । उहाँको अनुभवमा सामग्री जुटाउनै समस्या भएपछि मेहनतअनुसार आम्दानी नहुने अवस्था छ । त्यसैले पुराना मादल मर्मत गरेर पेसा धान्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मादल बनाउने पेशामा आएको सङ्कट नीरकाजीको मात्रै अनुभव होइन । पुस्तौँदेखि मादल बनाउने काम गर्दै आउनुभएका ८० वर्षीय कालीबहादुर विशङ्खेको अनुभव पनि उस्तै छ । उहाँले १२ वर्षको उमेरदेखि मादल बनाउन थाल्नुभएको हो । बाल्यकालमै सिकेको सीपलाई उहाँले जीवनको लामो समयसम्म निरन्तरता दिनुभयो ।

पहिले तिहारको सिजनमा नयाँ मादल बनाउने र पुराना मादल मर्मत गर्ने कामले फुर्सद मिल्दैनथ्यो । यो सिजनमा २० देखि २२ वटासम्म नयाँ मादल बनाउने गरेको उहाँलाई सम्झना छ ।

त्यतिबेला बजारमा मादल बिक्री नभए अर्को हप्ता लगेर बेच्ने गरिन्थ्यो । मादल मर्मत गर्न आउने ग्राहक पनि उत्तिकै हुन्थे । तर अहिले नयाँ मादल बनाउने काम लगभग बन्द भएको छ । उहाँले बनाएका केही मादल बिक्री हुने आशामा घरमै राख्नुभएको छ ।

“अहिले नयाँ मादल बनाएकै छैन । तीनवटा साना मादल बनाएर राखेको छु,” उहाँ भन्नुहुन्छ, “बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ ।” पुर्खाबाट सिकेको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु पनि मादल बनाउने पेसा सङ्कटमा पर्नुको अर्को कारण हो । बुबा र बाजेले मादल बनाएको देखेरै सीप सिकेका धनबहादुर बैराङ्गी सार्की अहिले आफ्ना सन्तानले यो पेसालाई निरन्तरता नदिएको बताउनुहुन्छ ।

पहिले परिवारमै सीप सिक्ने र पुस्तान्तरण हुने गरे पनि अहिले नयाँ पुस्ता गाउँमा बस्न नचाहने र बाहिर जाने क्रम बढेको उहाँको अनुभव छ । “बाबुबाजेले गरे, त्यही काममा हामीले पनि सिक्यौँ,” उहाँ भन्नुहुन्छ, “अहिले छोराछोरी अलिकति हुर्केपछि बाहिरतिर हिँडिहाल्छन् । यो काममा हात लगाउँदैनन् ।”

पढाइलेखाइ धेरै नभएकाले पुर्खाको पेसालाई नै आफ्नो काम बनाएको उहाँको भनाइ छ । खेतीपातीसँगै मादल बनाउने काम गरेर जीवन चलाउँदै आउनुभएका उहाँ अहिले काम नपाउँदा समस्यामा हुनुहुन्छ । पहिले मादल बनाउने कामबाट दैनिक आम्दानी हुने गरे पनि अहिले महिनामा दुई–तीन दिन मात्रै काम पाइने अवस्था छ । काम पाएको दिन रु पाँच सयदेखि हजारसम्म कमाइ भए पनि नियमित काम नहुँदा त्यसले जीविका चलाउन पुग्दैन । धनबहादुर गुनासो गर्नुहुन्छ ।

तिहारको सिजनमा मादल मर्मत गरेर रु पाँच हजारदेखि सात हजार मात्रै कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । तर त्यो पनि ग्राहक आए मात्रै सम्भव हुन्छ । मादल मर्मतको काम नियमित नहुँदा आम्दानीको भरपर्दो स्रोत खस्किन थालेको छ ।

मादलको प्रयोग घट्नुमा आधुनिक प्रविधिको विस्तारलाई पनि कालीगढहरूले कारण मानेका छन् । पहिले चाडपर्व, उत्सव र रमाइलोका अवसरमा मादल बजाउने चलन बढी थियो । गाउँघरमा मादलको तालमा गीत गाउने र रमाइलो गर्ने गरिन्थ्यो ।

अहिले डेक र मोबाइलबाट गीत बजाउने प्रवृत्ति बढेको उनीहरूको अनुभव छ । यसले मादलको प्रयोग र माग दुवै घटाएको छ । ठूलाछापकै लगने सार्कीले पनि मादल बनाउने पेसामा आएको परिवर्तनलाई नजिकबाट अनुभव गर्नुभएको छ । उहाँका अनुसार कुनै समय मादल बनाउने काममा उहाँको घरमा मात्रै होइन, वरपरका १२–१४ जना मानिससमेत संलग्न हुन्थे ।

तिहारको समयमा दुई हप्तासम्म कामको चाप हुन्थ्यो । मादल बनाउन आउने ग्राहकको भीडले कामदारलाई समेत व्यस्त बनाउँथ्यो । अहिले भने त्यो अवस्था छैन । “पहिले लाखभन्दा बढी कमाइ हुन्थ्यो । अहिले मान्छे नै आउँदैनन् । बजारमा लगेर के गर्नु ? गाडीभाडा खर्च गरेर लगे पनि बिक्री हुँदैन ।” उहाँ भन्नुहुन्छ ।

उहाँका अनुसार मादलको माग घट्नुमा डेक र मोबाइलको प्रयोग बढ्नु मुख्य कारण हो । पहिले गाउँघरमा मादल बजाउने चलन थियो । अहिले गीतसङ्गीतका लागि विद्युतीय उपकरणको प्रयोग बढेको छ । मादल बजाउने मानिस नै कम हुँदै गएपछि नयाँ मादल किन्ने ग्राहक घटेका हुन् ।

स्थानीय कालीगढले बनाएका मादललाई अनलाइनबाट आउने मादलले समेत प्रतिस्पर्धामा पारेको उहाँको भनाइ छ । बजारमा आकर्षक देखिने मादल पाइए पनि स्थानीय कालीगढले बनाउनेजस्तो खरीको आवाज र गुणस्तर नभएको उहाँको दाबी छ । उहाँका अनुसार मादलको वास्तविक आवाज निकाल्न खरी लगाउने सीप महत्वपूर्ण हुन्छ । खरी लगाउने र त्यसलाई मिलाउने काममा अनुभव आवश्यक पर्छ ।

मादलको आवाज र गुणस्तर कायम राख्न खरी लगाउने काम महत्त्वपूर्ण हुन्छ । तर त्यसका लागि चाहिने सामग्री जुटाउन सहज छैन । तर मर्मतका लागि पनि नियमित ग्राहक नआउनु मुख्य समस्या हो । अहिले ग्राहकको आवश्यकता परे मात्रै कालीगढले काम पाउने अवस्था छ ।

मादल बनाउने पेसामा सङ्कट आउनुका पछाडि एउटै कारण छैन । मादलको प्रयोग घट्नु, डेक र मोबाइलको बढ्दो प्रयोग, बजारमा अनलाइनबाट आउने मादलसँगको प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको अरु पेशातर्फ आकर्षण यसको प्रमुख कारणका रूपमा देखिएको छ ।

कालीगढका लागि मादल बनाउनु केवल आम्दानीको माध्यम मात्रै होइन, पुर्खाबाट सिकेको सीप र जीवन गुजार्ने आधार पनि हो । तर अहिले त्यही पेसाबाट परिवार चलाउन कठिन छ । मादल नेपाली लोकसंस्कृति र चाडपर्वसँग जोडिएको बाजा हो । तर यसलाई बनाउने सीप भएका कालीगढकै पेसा सङ्टमा पर्दै गएको छ ।

कुनै समय तिहारको सिजनमा कामको चाप थेग्न नसक्ने कालीगढ अहिले ग्राहकको प्रतीक्षामा छन् । यही अवस्था रही रहे मादल बनाउने पेसा मात्रै होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपसमेत हराउँदै जाने चिन्ता कालीगढहरूमा देखिन्छ ।

अघिल्लो समाचार

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

अर्को समाचार

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
जीवन शैली

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

२० कात्तिक २०८३,
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट
फिचर-ब्यानर

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
आवाज

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,
राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

२० कात्तिक २०८३,
सङ्कटमा मादल बनाउने पेसा

सङ्कटमा मादल बनाउने पेसा

२० कात्तिक २०८३,
दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

२० कात्तिक २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

जलवायु वित्त र प्रतिबद्धता कार्यान्वयन कोप–३१ का मुख्य चुनौती

२० कात्तिक २०८३,
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

२० कात्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन