• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपूर्व तनाव चर्कियो

metakhabar by metakhabar
७ चैत्र २०८२,
0
मध्यपूर्व तनाव चर्कियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरिस।  मध्यपूर्वमा जारी युद्ध थप व्यापक बन्दै जाँदा खाडी क्षेत्रदेखि युरोपसम्म यसको असर फैलिएको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमण, प्रतिआक्रमण, ऊर्जा पूर्वाधारमा क्षति र कूटनीतिक सक्रियता एकैसाथ तीव्र बनेका छन्, जसले क्षेत्रीय सुरक्षा मात्र नभई, विश्वव्यापी स्थायित्वमा पनि चिन्ता बढाएको छ ।

शुक्रबार खाडी क्षेत्रका विभिन्न देशहरूमा आक्रमण र प्रतिरक्षात्मक कारबाही देखिएको छ । एमिराटी र कुवेतका अधिकारीहरूले आफ्नो हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमणलाई जवाफ दिइरहेको बताएका छन् । साउदी अरबको रक्षा मन्त्रालयले देशको पूर्वी भागमा १० वटा र उत्तरी क्षेत्रमा थप एक ड्रोन रोकी नष्ट गरिएको जानकारी दिएको छ । बहराइनले भने ‘इरानी आक्रामकता’ का कारण एक गोदाममा आगलागी भएको पुष्टि गर्दै मानवीय क्षति नभएको जनाएको छ ।

यसैबीच, संयुक्त अरब इमिरेट्सले आन्तरिक सुरक्षामा कडाइ गर्दै इरान र लेबनानी समूह हिजबुल्लाहसँग सम्बन्धित कथित सञ्जालका कम्तीमा पाँच सदस्य पक्राउ गरेको जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार उक्त समूहमाथि बाह्य पक्षहरूसँग समन्वय गर्दै राष्ट्रिय अर्थतन्त्रमा घुसपैठ गर्ने योजना बनाएको आरोप लगाइएको छ ।

युद्धको केन्द्र इरान र इजरायलबीच प्रत्यक्ष टकरावमा केन्द्रित देखिन्छ । इजरायली सेनाले इरानबाट क्षेप्यास्त्र प्रहार भएपछि तेहरानभरि सैन्य तथा रणनीतिक पूर्वाधार लक्षित गर्दै आक्रमणको शृङ्खला सुरु गरेको जनाएको छ । यसैक्रममा जेरुसेलममा पनि राति मिसाइल आक्रमणको चेतावनीसँगै शक्तिशाली विस्फोटहरू सुनिएको एएफपीका पत्रकारहरूले उल्लेख गरेका छन् । आपतकालीन सेवाका अनुसार मानवीय क्षति नभए पनि विभिन्न स्थानमा भौतिक क्षति पुगेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अपेक्षाभन्दा छिटो अन्त्यतर्फ उन्मुख भएको दाबी गर्दै इरानको सैन्य क्षमतामा गम्भीर क्षति पुगेको बताउनुभएको छ । उहाँले इरान अब युरेनियम संवर्धन वा ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गर्न असमर्थ भएको दाबी गर्नुभयो । साथै, इजरायलले इरानी ग्यास पूर्वाधारमा आक्रमण गर्दा स्वतन्त्र रूपमा निर्णय लिएको स्पष्ट पार्दै अमेरिकालाई युद्धमा तानेको आरोप अस्वीकार गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि यस्तो आक्रमण नगर्न सुझाव दिएको बताउनुभएको छ ।

ऊर्जा क्षेत्रमा पनि युद्धको प्रभाव स्पष्ट देखिएको छ । कतारका ऊर्जामन्त्री साद सेरिदा अल–काबीले ऊर्जा संरचनामा भएको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घट्ने र पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्ने बताउनुभयो । उहाँले दीर्घकालीन आपूर्ति सम्झौताहरूमा पाँच वर्षसम्म ‘फोर्स मेज्युअर’ लागू गर्नुपर्ने अवस्था आउन सक्ने सङ्केत गर्नुभयो ।

क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय समुद्री मार्गमा समेत जोखिम बढाएको छ । नेतान्याहुले इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वलाई दबाबमा पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै यस्तो प्रयास असफल हुने दाबी गर्नुभयो । यसै सन्दर्भमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले होर्मुज क्षेत्रमा सुरक्षित नेभिगेसन सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घको संरचना स्थापना गर्ने विषयमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूसँग छलफल गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो ।

युद्धको असर युरोपसम्म पुगेको छ । युरोपेली सङ्घ (इयु) का नेताहरूले सन् २०१५ जस्तै आप्रवासन सङ्कट दोहोरिन सक्ने चिन्ताबीच अनियन्त्रित आप्रवासी आवागमन रोक्न कूटनीतिक, कानूनी, परिचालन र आर्थिक सबै संयन्त्र पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

लेबनानतर्फ पनि तनाव कम भएको छैन । राष्ट्रपति जोसेफ आउनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम र वार्ता सुरु गर्न पुनः आह्वान गर्नुभएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७९ महिला, ११८ बालबालिका र ४० स्वास्थ्यकर्मीसहित एक हजार एक जनाको मृत्यु भइसकेको छ भने दुई हजार ५८४ जना घाइते भएका छन् ।

युद्धको अन्तर्राष्ट्रिय आयाम झन् स्पष्ट हुँदै गएको छ । इरानले जर्मनीसँग रामस्टेनस्थित अमेरिकी एयरबेसको भूमिकाबारे स्पष्टीकरण मागेको छ । जर्मनीका लागि तेहरानका राजदूतले उक्त आधारको भूमिका स्पष्ट नभएको बताउनुभएको छ । यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी स्थल सेना परिचालनबारे कुनै स्पष्ट योजना नरहेको सङ्केत गर्दै यस विषयमा खुलासा गर्न नचाहेको बताउनुभयो ।

यसरी मध्यपूर्वमा जारी द्वन्द्व केवल क्षेत्रीय सीमामा सीमित नरही ऊर्जा, सुरक्षा, आप्रवासन र अन्तर्राष्ट्रिय कूटनीतिमा गहिरो प्रभाव पार्दै विश्वव्यापी चासोको केन्द्र बन्न पुगेको छ ।

Previous Post

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै

Next Post

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In