• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

    चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ भदौ २०८२,
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ – विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ ।

सरकारले विक्रम संवत् २०७१ साउन ५ गते राजपत्रमा प्रकाशित गरेको विशिष्ट पदाधिकारीबाहेकका राजनीतिककर्मी, खेलाडी, सुरक्षा निकायका अधिकारी, समाजसेवी, व्यापारी तथा तिनका नातेदार र पहुँचवालाले विशिष्ट कक्षको जथाभावी प्रयोग गर्न थालेपछि विमानस्थल कार्यालयले कडाइ सुरु गरेको हो ।

विमानस्थल प्रमुख हंशराज पाण्डेले भने, “विमानस्थलमा हुने विशिष्ट, अति विशिष्ट व्यक्तिको यात्राका क्रममा सहजताका लागि विशिष्ट कक्ष उपलब्ध हुने गरेको छ । हवाई सुरक्षामा प्रभावकारी सुधार ल्याउन सरकारले विसं २०७६ मा औपचारिक कार्यक्रमका लागि तोकेको मर्यादाक्रम र पर्यटन मन्त्रालयले विशिष्ट कक्ष को–कसले प्रयोग गर्न पाउने भन्नेबारे राजपत्रमा जारी गरेको सूचनाभन्दा बाहिरका पदाधिकारीलाई विशिष्ट कक्ष प्रवेशमा कडाइ गरिएको हो ।”

विशिष्ट कक्षमा स्वागत तथा बिदाइ गर्न आउने व्यक्तिका कारण विमानस्थल प्रवेशका लागि पास दुरुपयोग र विशिष्ट कक्षमा भिड बढेको उनले बताए । अब राजपत्रमा तोकिएबाहिरका पदाधिकारीले विशिष्ट कक्ष प्रयोगका लागि सम्बन्धित निकायबाट कम्तीमा दुई घण्टाअगावै विमानस्थल कार्यालयलाई आधिकारिक पत्र पठाएर जानकारी गराउनुपर्ने उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मन्त्री, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट कर्मचारी, विदेशी पाहुना, कूटनीतिक नियोगका प्रमुख तथा राष्ट्रले विशिष्ट व्यक्ति भनी पहिचान गरेका व्यक्ति विदेश जाँदा र आउँदा प्रयोग गर्ने विशिष्ट कक्ष आफैँमा सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण रहेकाले हवाई सुरक्षाको दृष्टिकोणले यसको प्रयोगमा कडाइ गरिएको बताए ।

उनले राजपत्रमा तोकिएबाहेकका पदाधिकारीले विशिष्ट कक्ष प्रयोग गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको सिफारिस आवश्यक पर्ने जानकारी दिए । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि छुट्टै बाटो प्रयोग गर्ने व्यवस्थासहितको विशिष्ट कक्षमा प्रवेश गरेपछि अध्यागमन, सुरक्षा जाँचलगायत सहज हुने, सर्वसाधारणको भिडबाट टाढा हुने र विशिष्ट कक्षमा न्यानो आतिथ्यता पाइने हुनाले यसको प्रयोग गर्न जोकोही चाहन्छन् ।

विमानस्थलमा विशिष्ट कक्षको प्रचलन विश्वभर छ । विदेशमा स्वदेशी र विदेशी भिआइपीलाई फरक फरक कक्ष हुन्छन् । त्यस्तै आउने र जानेका लागि फरक फरक कक्ष हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकतर्फ र अन्तर्राष्ट्रियतर्फ एक÷एक विशिष्ट कक्ष र अन्तर्राष्ट्रियतर्फ एक अति विशिष्ट कक्ष रहेको छ । अति विशिष्ट कक्षको प्रयोग राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा प्रयोग हुने गरेको छ ।

अघिल्लो समाचार

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

अर्को समाचार

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?
समाचार

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?
फिचर-ब्यानर

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन
फिचर-ब्यानर

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपालतर्फ बढ्दै ‘अर्नब’को प्रभाव, कुन-कुन भूभागमा कस्तो असर ?

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

११ कात्तिक २०८३,
विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

विवादपछि लुम्बिनी विकास कोष उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिलाई गर्ला त बालेन सरकारले बदर ?

११ कात्तिक २०८३,
धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

धानचामल आयातमै साढे ४ अर्ब बाहिरियो, तीन महिनामै भित्रियो ५७ हजार टन

११ कात्तिक २०८३,
ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन