ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठूलो बजारको बाटोबाट हिँडिरहेका थिए । बाटोमा उनले १४–१५ वर्षको एउटा केटा भेट्टाए, नाङ्गा खुट्टा फोटका लुगा र निधाउरो अनुहार सको हालत बताउनको लागि पर्याप्त थियो । उनले ईश्वरचन्द्र विद्यासागरसँग गिड्गिडाउँदै भन्यो, कृपया मलाई एक आना दिनुस्, म दुई दिनदेखि भोको छु ।
उनले त्यो केटोलाई भने, ठीक छ म आज तिमीलाई एक आना दिन्छु, तर तिमी भोलि के गर्छाै ?
भोलि म अरु कसैसँग माग्नेछु । त्यो केटाले जवाफ दियो ।
यदि मैले तिमीलाई चार आना दिएँ भने के गर्छाै ? ईश्वरचन्द्र विद्यासागरले उसलाई फेरि सोधे ।
त्यसमा एक आनाको म खाना खान्छु र बाँकी रहेको ३ आनाको सुन्तला ल्याएर यही सडकमा बसेर बेच्नेछु, त्यो केटाले भन्यो ।
यदि मैले एक रुपैयाँ दिएँ भने ?
एक रुपैयाँ दिनुभयो भने व्यवस्थित रुपले म काम गर्नेछु । त्यो केटाले खुशी हुँदै भन्यो ।
ईश्वरचन्द्र विद्यासागरले उसलाई एक रुपैयाँ दिए । त्यो केटाले त्यो पैसाको सामान ल्याएर बेच्न थाल्यो ।
धेरै दिनपछि एक दिन ऊ आफ्नो पसलमा बसेको थियो । तब उसको दृष्टि ईश्वरचन्द्र विद्यासागरमा प¥यो । उनलाई आफ्नो पसलमा लिएर आयो र हात जोडेर भन्यो, तपाईंले म माथि जुन उपकार गर्नुभएको थियो त्यो म कहिल्यै बिर्सन सक्दिनँ । यो लिनुस् तपाईंले दिनुभएको एक रुपैयाँ ।
ईश्वरचन्द्र विद्यासागरले मुस्कुराउँदै भने, यसमा मेरो आभार मान्नु पर्ने कुनै आवश्यकता छैन । एक देशवासी हुनाको नाताले यो मेरो कर्तव्य थियो । तिमी मेरो त्यो एक रुपैयाँ फिर्ता गर्न समर्थ भयौ । अब यो रुपैयाँ तिमी अरु कुनै योग्य र आवश्यकता परेको मानिसलाई देऊ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट