एमसीसी नेपाल सम्झौतालाई अमेरिकी दूतावासले प्रगति र प्रभावशाली विकासका लागि अमेरिकी अनुदानका रुपमा लिएको जनाएको छ ।
दूताबासले आफ्नो आधिकारीक फेसबुक पेजमाफर्त जानकारी दिँदै एमसीसी सम्झौता र वर ट्रान्समिसन लाइनको खरिद प्रक्रिया सुरु भएकोमा उत्साहित रहेको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ…
एमसीसी नेपाल सम्झौता: प्रगति र प्रभावशाली विकासका लागि अमेरिकी अनुदान !
गत हप्ता, एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत २९७ किलोमिटर पावर ट्रान्समिसन लाइनको खरिद प्रक्रिया पुनः सुरु गर्यो – यो नेपालकै सबैभन्दा ठूलो पावर ट्रान्समिसन परियोजना हो! हामीले सँगै हासिल गरेको प्रगतिमा उत्साहित छौं।
के तपाईंलाई थाहा छ? एमसीसी नेपाल कम्प्याक्ट ऊर्जा पूर्वाधार र आर्थिक वृद्धिमा सहयोग गर्न अमेरिका सरकारद्वारा प्रदान गरिएको $५०० मिलियन अनुदान हो जसमा नेपाल सरकारको थप $१९७ मिलियनको योगदान छ।
हाम्रो ६-भागको श्रृङ्खला हेर्नुहोस् जहाँ हामी एमसीसी नेपाल कम्प्याक्टका प्रमुख तथ्यहरू र यसको प्रभावशाली विकासकाबारे जानकारी दिनेछौं!
MCC Nepal Compact: A U.S. Grant Driving Progress and Impact!
Last week, MCA-Nepal relaunched procurement for a 297 km power transmission line – Nepal’s biggest power transmission project under the MCC Nepal Compact!
We’re excited about the progress we’ve made together.
#DYK? The MCC Nepal Compact is a $500 million grant from the U.S., with an additional $197 million from Nepal, aimed at boosting energy infrastructure and economic growth.
Stay tuned for our 6-part series, where we’ll cover the key facts about the MCC Nepal Compact and its transformative impact! #MCCNepal













