• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

म्याग्दीमा दुई आधारभूत अस्पताल निर्माण अलपत्र

by
१९ पुस २०८०,
0
म्याग्दीमा दुई आधारभूत अस्पताल निर्माण अलपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेनी – म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन्। ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण शुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेका हुन्।

धौलागिरि –७ ताकममा पाँच र मङ्गला–५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो। निर्माण व्यवसायीले भवन निर्माणको काम रोकेपछि यहाँका दुवै अस्पताल योजना अपुरो बनेको हो।

ताकममा निर्माणाधीन अस्पतालको जिम्मा लिएको आईएस एसी जेभी बुर्तिबाङ बागलुङले भुईं ढलान गरेर पिल्लर मात्रै उठाएर अलपत्र बनाएको धौलागिरि –७ का वडाध्यक्ष अशोक खत्रीले बताए। ‘ताकममा अस्पताल भवन बनाउन रु चार करोड ८८ लाख ७२ हजार १३२ मा ठेक्का सम्झौता भएको थियो। निर्धारित मिति २०७९ जेठ २५ भित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ’, उनले भने।

निर्माण कम्पनीका प्रतिनिधि दीपक अढाईले बजेटको सुनिश्चितालगायतका विविध कारणले आफूले समयमै काम सम्पन्न गर्न नसकेको बताउँदै पालिकाको नेतृत्वमा सबै समस्या हल भएकाले अब छिट्टै कार्यक्षेत्रमा फर्किने बताए।

मङ्गला गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन अलपत्र परेपछि निर्माण व्यवसायीलाई ताकेता गरिएको छ। ठेकेदारको ढिलासुस्ती र लापर्वाहीका कारण यहाँको अस्पताल भवन विगत डेढ वर्षदेखि अलपत्र अवस्थामा छ।

भवनको ¥याप फाउन्डेसन तयार पारी पिल्लर उठाएर छाडिएको यस योजनाको जम्मा १० प्रतिशत भौतिक प्रगति भएको छ। पिल्लरको संरचना ठडाएर छाडिएको छ भने रडमा खिया लागेको छ। अस्पताल भवन निर्माणका लागि पालिकाले ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सन काठमाडौंसँग दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी २०७८ असारमा नौ करोड ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

मुख्य ठेकेदारले योजनाको काम गर्न अर्को पेटी ठेक्का लगाएको र उनीहरुबीचको आन्तरिक विवादले योजना नै अलपत्र परेको गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर नगेन्द्र सापकोटाले जानकारी दिए। पालिकाले पटकपटक पत्राचार गरेपछि मुख्य ठेकेदार दिपेश लामा सम्पर्कमा आएर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेको उनले बताए। यो भवनको आगामी असार मसान्तसम्म ठेक्का सम्झौताको म्याद थप भएको छ।

पालिकाको अस्पताल भवनलाई सम्पन्न गराउन निरन्तर ताकेता गरेको र मुख्य ठेकेदार नै पालिकामा आएर केही दिनमै काम अघि बढाउने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए। मङ्गलामा आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्पप्रतिरोधी क्षमताको ३५ कोठा भएको अपाङ्गमैत्री अस्पताल भवन निर्माण हुनेछ।

Previous Post

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि

Next Post

लघुकथाः चाड

सम्बन्धित खबर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
Load More
Next Post
लघुकथाः तीज

लघुकथाः चाड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In