ढाकामोहन बराल
“बा छिटो हिँडनु न घर ।” उसले भन्यो । “धेरै नकरा, एक छिनमा आउँछु ।” बुवाले भनेपछी ऊ घर फर्कियो । छोरो एक्लै फर्केपछि आमालाई रिस उठ्यो । “बुवालाई भेटिनस् ?” आमाले हकारिन् । उसले के गरोस् । उसको बाबुले नै नमाने पछि । “आमा भोक लाग्यो मलाई खाना देऊ न ।” छोरो करायो । “आज चाडको दिन तेरा बा पनि काममा गएका छैनन्, मैले पनि छुट्टी मागेकी छु । आज त सँगै खाने हो । जा बालाई बोलाएर ल्या त ।”
आमाले छोरालाई अह्राइन । ऊ पुनः तल गैरीगाउँ झ¥यो । पाखुरीको बोट मुनिको बाटो हुँदै बाबुछोरा आएको देखियो । “अघिबाट भोक लाग्यो भन्दै थियो । आत्तिएछ बिचारा छोरो अगाडि अगाडि दौडिएको छ ।” उनले मनमनै भनिन् । छोराको पछिपछि आएको बाबुले आमा चाहिँको जगेल्टा समातेर पछा¥यो र भन्यो “आज चाडको दिन, बल्ल तासमा दाउ लाग्न लागेको थियो । यो अलच्छिनाले बोलाउन पठाएकी छ, पठाएकी छ ।” भाँडाको चाम्रे र तरकारीले हेरिरहेका थिए ।













