• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

    विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपूर्वमा तनाव उत्कर्षमा

metakhabar by metakhabar
२२ बैशाख २०८३,
0
मध्यपूर्वमा तनाव उत्कर्षमा

ISRAEL-TEL AVIV-IRAN-MISSILE ATTACKS

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्व क्षेत्रमा युद्धजन्य अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा तनाव घटाउने आह्वान तीव्र भएको छ । पछिल्ला आक्रमण र प्रतिआक्रमणका घटनाक्रमले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ ।

संयुक्त अरब इमिरेट्समाथि भएको आक्रमणपछि बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाले तत्काल तनाव कम गर्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले अवस्था थप चर्किन नदिन रोक लगाउनुपर्ने बताउनुभएको छ भने जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई वार्ताको मार्गमा फर्कन आग्रह गर्दै क्षेत्रीय तथा विश्व शान्तिलाई बन्धक नबनाउन चेतावनी दिनुभएको छ ।

इरानतर्फबाट भने पछिल्ला आक्रमणलाई प्रत्यक्ष रूपमा अस्वीकार नगरिए पनि पूर्वनियोजित योजना नभएको दाबी गरिएको छ । एक वरिष्ठ इरानी सैन्य अधिकारीले तेल संरचनामा आक्रमण गर्ने कुनै पूर्वयोजना नरहेको उल्लेख गर्दै अमेरिकी सेनाको गतिविधिलाई उक्साहटपूर्ण भन्दै त्यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताए ।

यसैबीच, संयुक्त अरब इमिरेट्सको शिक्षा मन्त्रालयले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै देशभरका विद्यालयहरूलाई बाँकी हप्ताका लागि दूरशिक्षामा रूपान्तरण गर्न निर्देशन दिएको छ ।

अमेरिकी सेनाले भने इरानका छवटा साना डुङ्गाहरू नष्ट गरेको र आफ्ना तथा व्यापारिक जहाजहरूलाई लक्षित गरी प्रहार गरिएका क्षेप्यास्त्र र मानवरहित आक्रमणकारी यन्त्रहरूलाई निष्क्रिय बनाएको जनाएको छ । संयुक्त राज्य केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले अमेरिकी हेलिकप्टरहरूले व्यापारिक जहाजहरूलाई खतरा पु¥याउने डुङ्गाहरूलाई निशाना बनाएको जानकारी दिनुभयो । यद्यपि, तेहरानले आफ्ना युद्ध डुङ्गाहरू नष्ट भएको दाबीलाई अस्वीकार गर्दै अमेरिकी भनाइलाई निराधार र झुटो भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुज जलघाँटीमा स्थिति अपेक्षाकृत नियन्त्रणमै रहेको दाबी गर्नुभयो । उहाँका अनुसार इरानले केही गोली प्रहार गरे पनि ठूलो क्षति भएको छैन । दक्षिण कोरियाली जहाजमा सामान्य असर परेको बाहेक अन्य क्षति नभएको उहाँले बताउनुभयो ।

संयुक्त अरब इमिरेट्सले भने इरानी आक्रमणबाट आफ्नो फुजैराह ऊर्जा केन्द्र प्रभावित भएको र उक्त घटनामा तीन भारतीय नागरिक घाइते भएको जनाएको छ । यसलाई उसले गम्भीर उल्लङ्घन भन्दै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । तर इरानका एक वरिष्ठ अधिकारीले भने युएईमाथि आक्रमण गर्ने कुनै योजना नभएको पुनः दोहोर्‍याए ।

ओमानतर्फ पनि असर परेको छ । हर्मुज जलघाँटी नजिकैको बुखा क्षेत्रमा एक आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जना घाइते भएका छन् भने चारवटा सवारीसाधन क्षतिग्रस्त भएका छन् ।

यसैबीच, इजरायलले सुरक्षा सतर्कता उच्च स्तरमा राखेको जनाएको छ । इरान र अमेरिकाबीचको बढ्दो तनावलाई नजिकबाट निगरानी गरिरहेको त्यहाँका एक सैन्य अधिकारीले बताएका छन् ।

अमेरिकी नौसैनिक युद्धपोतहरू हर्मुज जलघाँटी हुँदै खाडी क्षेत्रमा प्रवेश गरी व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्ने अभियानमा जुटेका छन् । यसपछि इरानी राज्य सञ्चारमाध्यमहरूले इस्लामिक गणतन्त्रको नौसेनाले चेतावनीस्वरूप अमेरिकी जहाज नजिकै क्षेप्यास्त्र, रकेट तथा मानवरहित आक्रमणकारी यन्त्र प्रहार गरेको दाबी गरेका छन् ।

यद्यपि, अमेरिकी पक्षले आफ्ना झण्डा भएका व्यापारिक जहाजहरू सुरक्षित रूपमा उक्त जलमार्ग पार गरेको जनाएको छ । त्यसको प्रतिवाद गर्दै इरानको क्रान्तिकारी गाड्र्सले कुनै पनि व्यापारिक जहाजले हर्मुज पार नगरेको दाबी गरेको छ र अमेरिकी भनाइलाई पूर्णतः असत्य भनेको छ ।

पछिल्ला यी सबै घटनाक्रमले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको देखाएको छ, जहाँ सैन्य गतिविधि, कूटनीतिक बयानबाजी र आपसी आरोप–प्रत्यारोपले स्थिति थप जटिल बनाइरहेको छ ।

Previous Post

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

Next Post

आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

९ असार २०८३,
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
आवाज

विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा

९ असार २०८३,
पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा
आर्थिक

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

९ असार २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति

९ असार २०८३,
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In