• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बाँदर आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान

९ माघ २०७९,
0
बाँदर आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

पर्वत, बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् ।

बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् ।

यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ ।

यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।

बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । “पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो ।

बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्छन्। बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन”, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भने, “बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।”

बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो । विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ ।

“पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन”, मल्लले भने, “गाउँ रित्तो भइसक्यो ।

खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।”

रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदार खटाएको छ ।

सन्तानलाई सुविधायुक्त विद्यालयमा पढाउने, स्वास्थ्य सुविधाको पहुँच हुनेलगायतका कारण ग्रामीण बस्तीबाट सहरमा बसाइँसराइ बढिरहेको अवस्था छ । गाउँका घर खाली हुँदै गएका छन् भने बस्ती नै रुखले ढाकिरहेको अवस्था छन् । बस्तीसम्मै रुख र झाडी बन्दा बाँदरलगायतका अन्य वन्यजन्तुको पहुँच मानव बस्तीमा बढिरहेको छ ।

बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, आलु, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्ने गरेको छ । घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक हैरानीमा परेका छन् ।

गाउँपालिकाले नै निर्णय गरेपछि वडा कार्यलयले पनि निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियान तीव्रताका साथ चलाइरहेका छन् । पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपानेले गाउँ जङ्गलले ढाकिएर बाँदरलगायतका आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकाले गाउँपालिकाको निर्णयअनुसार तत्कालै बस्ती आसपासका रुख हटाउन थालिएको बताए । रासस

अघिल्लो समाचार

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

अर्को समाचार

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    0 shares
    Share 0 Tweet 0
  • टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    0 shares
    Share 0 Tweet 0
  • आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • सरकार गठनपछि उठाएका मुद्दामा कारबाही सुरु हुँदा खुसी : अमरेस कुमार सिंह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन