• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाँदर आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान

by
९ माघ २०७९,
0
बाँदर आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् ।

बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् ।

यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ ।

यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।

बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । “पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो ।

बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्छन्। बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन”, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भने, “बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।”

बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो । विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ ।

“पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन”, मल्लले भने, “गाउँ रित्तो भइसक्यो ।

खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।”

रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदार खटाएको छ ।

सन्तानलाई सुविधायुक्त विद्यालयमा पढाउने, स्वास्थ्य सुविधाको पहुँच हुनेलगायतका कारण ग्रामीण बस्तीबाट सहरमा बसाइँसराइ बढिरहेको अवस्था छ । गाउँका घर खाली हुँदै गएका छन् भने बस्ती नै रुखले ढाकिरहेको अवस्था छन् । बस्तीसम्मै रुख र झाडी बन्दा बाँदरलगायतका अन्य वन्यजन्तुको पहुँच मानव बस्तीमा बढिरहेको छ ।

बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, आलु, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्ने गरेको छ । घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक हैरानीमा परेका छन् ।

गाउँपालिकाले नै निर्णय गरेपछि वडा कार्यलयले पनि निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियान तीव्रताका साथ चलाइरहेका छन् । पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपानेले गाउँ जङ्गलले ढाकिएर बाँदरलगायतका आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकाले गाउँपालिकाको निर्णयअनुसार तत्कालै बस्ती आसपासका रुख हटाउन थालिएको बताए । रासस

Previous Post

केन्यामा डुङ्गा डुब्दा चार जनाको मृत्यु

Next Post

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

सम्बन्धित खबर

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
आवाज

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

२३ असार २०८३,
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
Load More
Next Post
चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

चलचित्र ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट नेपालभर प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In