• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ

metakhabar by metakhabar
१ भदौ २०८२,
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ ।

सरकारले विक्रम संवत् २०७१ साउन ५ गते राजपत्रमा प्रकाशित गरेको विशिष्ट पदाधिकारीबाहेकका राजनीतिककर्मी, खेलाडी, सुरक्षा निकायका अधिकारी, समाजसेवी, व्यापारी तथा तिनका नातेदार र पहुँचवालाले विशिष्ट कक्षको जथाभावी प्रयोग गर्न थालेपछि विमानस्थल कार्यालयले कडाइ सुरु गरेको हो ।

विमानस्थल प्रमुख हंशराज पाण्डेले भने, “विमानस्थलमा हुने विशिष्ट, अति विशिष्ट व्यक्तिको यात्राका क्रममा सहजताका लागि विशिष्ट कक्ष उपलब्ध हुने गरेको छ । हवाई सुरक्षामा प्रभावकारी सुधार ल्याउन सरकारले विसं २०७६ मा औपचारिक कार्यक्रमका लागि तोकेको मर्यादाक्रम र पर्यटन मन्त्रालयले विशिष्ट कक्ष को–कसले प्रयोग गर्न पाउने भन्नेबारे राजपत्रमा जारी गरेको सूचनाभन्दा बाहिरका पदाधिकारीलाई विशिष्ट कक्ष प्रवेशमा कडाइ गरिएको हो ।”

विशिष्ट कक्षमा स्वागत तथा बिदाइ गर्न आउने व्यक्तिका कारण विमानस्थल प्रवेशका लागि पास दुरुपयोग र विशिष्ट कक्षमा भिड बढेको उनले बताए । अब राजपत्रमा तोकिएबाहिरका पदाधिकारीले विशिष्ट कक्ष प्रयोगका लागि सम्बन्धित निकायबाट कम्तीमा दुई घण्टाअगावै विमानस्थल कार्यालयलाई आधिकारिक पत्र पठाएर जानकारी गराउनुपर्ने उनले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मन्त्री, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट कर्मचारी, विदेशी पाहुना, कूटनीतिक नियोगका प्रमुख तथा राष्ट्रले विशिष्ट व्यक्ति भनी पहिचान गरेका व्यक्ति विदेश जाँदा र आउँदा प्रयोग गर्ने विशिष्ट कक्ष आफैँमा सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण रहेकाले हवाई सुरक्षाको दृष्टिकोणले यसको प्रयोगमा कडाइ गरिएको बताए ।

उनले राजपत्रमा तोकिएबाहेकका पदाधिकारीले विशिष्ट कक्ष प्रयोग गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको सिफारिस आवश्यक पर्ने जानकारी दिए । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि छुट्टै बाटो प्रयोग गर्ने व्यवस्थासहितको विशिष्ट कक्षमा प्रवेश गरेपछि अध्यागमन, सुरक्षा जाँचलगायत सहज हुने, सर्वसाधारणको भिडबाट टाढा हुने र विशिष्ट कक्षमा न्यानो आतिथ्यता पाइने हुनाले यसको प्रयोग गर्न जोकोही चाहन्छन् ।

विमानस्थलमा विशिष्ट कक्षको प्रचलन विश्वभर छ । विदेशमा स्वदेशी र विदेशी भिआइपीलाई फरक फरक कक्ष हुन्छन् । त्यस्तै आउने र जानेका लागि फरक फरक कक्ष हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकतर्फ र अन्तर्राष्ट्रियतर्फ एक÷एक विशिष्ट कक्ष र अन्तर्राष्ट्रियतर्फ एक अति विशिष्ट कक्ष रहेको छ । अति विशिष्ट कक्षको प्रयोग राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा प्रयोग हुने गरेको छ ।

Previous Post

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

Next Post

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

गाजामा दूषित पानी पिउन बाध्य परिवारहरू, स्वास्थ्य संकट बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In