• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

घरपझोङ सडकमा कमसल कालोपत्र

by
३ चैत्र २०८१,
0
घरपझोङ सडकमा कमसल कालोपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ, ३, चैत : मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग रू २१ करोड ४३ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो । रिङ् रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।

सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ् रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।

जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ् रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ् रोड सडक सम्पन्न विलम्ब भइरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक/पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।

स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् । घरपझोङ रिङ् रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।

रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धिमा जनगुनासो बढेसँगै घरपझोङ–५ ठिनीको वडा कार्यालयले गत २१ मङ्सिरमा पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण माग गरेको हो । त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गर्नुभएको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहिन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।

पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयवासी व्यापक असन्तुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्न समेत वडा कार्यायले ध्यानार्कषण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनीयर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनःसमाधान गर्न सकिने बताउनुभयो । इञ्जिनीयर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिनुभयो । उहाँले उक्त सडक ५ सेमी मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटी भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का सम्झौता र शर्तहरू निर्माण कम्पनीले कार्यान्वयन गरेको छछैन हामीले हेर्ने हो, शर्त पालना नभएको देखिएमा पुन: त्यहाँ कालोपत्र गराउन लगाईनेछ ।”

सूचना अधिकारी इञ्जिनीयर रोक्कामगरले रिङ् रोड सडकमा ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको उल्लेख गर्नुभयो । “सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुनसक्छ, अनुकूल समयमा काम गरिनुपर्थ्यो”, उहाँले थप्नुभयो, “काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौँ ।”

मुस्ताङको घरपझोङ रिङ् रोड सडकको ६ वर्षमा भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङ् रोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायता कार्य बाँकी रहेको छ । घरपझोङ रिङ् रोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकणमा निकैनै सहज पुग्ने देखिन्छ ।

Previous Post

वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

Next Post

“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

“महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजानिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In