• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनेपा (काभ्रे), १२ असोज : लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ । अवरोध हटाउने कार्य सम्पन्न हुन बाँकी रहेकाले उक्त खण्डमा यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालय, भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि सक्रिय रहेको छ । मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा आउन सक्ने सम्भावना रहेको अधिकारीले बताउनुभयो । अहिलेको यो अवरोधले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या फेरि सतहमा ल्याएको छ । २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पु¥याएपछि सडक अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालनका लागि विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

देशको पूर्वी तथा मध्यक्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने महत्वपूर्ण जीवनमार्गका रूपमा रहेको बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । यसले राजधानीसँग तराई तथा पूर्वी जिल्लाको यातायात, व्यापार तथा दैनिक जनजीवन जोड्दै आएको छ । त्यसैले राजमार्गमा हुने अवरोधको प्रत्यक्ष असर यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा पर्ने गरेको छ ।

विसं २०८१ को बाढीपछि सडक बगेका स्थानमा बनाइएका अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन गरिए पनि यात्रा सहज हुन सकेको छैन । वर्षायाममा हिलो र घाम लाग्दा धुलो हुने डाइभर्सनमा सवारी चलाउन कठिन हुने गरेको चालकहरू बताउँछन् । बिपी रामार्गमा नियमित सवारीसाधन चलाउँदै आएका चालक विनोद दाहालका अनुसार डाइभर्सनको अवस्थाका कारण दैनिक सास्ती भोग्नुपरेको छ । “सडक बगेको ठाउँमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा हिलो र धुलोको सास्ती त छँदैछ, बाटोको बेहाल अवस्थाका कारण साना गाडीले जताततै भुइँ छुन्छन् । गाडी त बिग्रन्छ नै, यात्रुको ज्यानको जोखिम मोलेर यात्रा गराउनुपरेको छ”, उहाँले भन्नुभयो ।

राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाको समस्या पनि उस्तै छ । रोशी गाउँपालिका–११ कालढुङ्गाका स्थानीय बुद्ध लामाका अनुसार बाढीले बस्ती र सडक दुवैमा ठूलो क्षति पु¥याएको थियो । “हाम्रो घरआँगन भएर जाने यो सडक नै हाम्रो जीवनको मुख्य आर्थिक आधार थियो। तर बाढीले बस्ती र सडक दुवै तहसनहस बनायो। अहिले अस्थायी डाइभर्सनबाट जसरी तसरी यातायात चले पनि धुलो, हिलो र फेरि पानी पर्दा आउने बाढीको त्रास कायमै छ”, उहाँले भन्नुभयो । उहाँले यस क्षेत्रको स्थायी समाधानका लागि छिटो र बलियो संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारको तर्फबाट पनि पुनर्निर्माणलाई तात्कालिक मर्मतमा मात्र सीमित नराखी दीर्घकालीन र सुरक्षित बनाउनुपर्ने माग उठाइएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर आगामी दिनमा जोखिम कम हुने गरी संरचना बनाउनुपर्ने बताउनुभएको छ । “बिपी राजमार्ग पुनर्निर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक छ। राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बलियो संरचना बनाउनै पर्छ । दुई वर्षमा सडक पुनर्निर्माण गरिसक्ने दाबी गरेको सरकारले हाम्रा सुझावहरूलाई राम्ररी मनन गरी प्राविधिक अध्ययनका साथ काम अघि बढाओस् भन्ने स्थानीयको अपेक्षा छ”, उहाँले भन्नुभयो ।

उहाँले कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्याक नै परिवर्तन गरेर सुरक्षित भूभागबाट लैजानुपर्ने विकल्पसमेत अघि सार्नु भएको छ् ।नागरिकको सास्ती र स्थानीय तहको चासोबीच सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय भक्तपुरले पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख ई. सुमन योगेशका अनुसार बर्खेखोलादेखि भकुन्डेबेँसीसम्मको २५.११ किलोमिटर सडक खण्डमा विभिन्न चार प्याकेजमा निर्माण भइरहेको छ ।

प्याकेज–१ अन्तर्गत बर्खेखोला–पिप्ले ३.२२ किलोमिटर सडक खण्ड जाइका अनुदान सहयोगमा निर्माण भइरहेको छ । यसका लागि जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ । कन्सल्टेन्टका रूपमा निप्पोन कोइ को लिमिटेड तथा याहियो इन्जिनियरिङ कर्पोरेसन जेभी रहेको छ । उक्त खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्याकेज–२ अन्तर्गत पिप्ले–डालाबेसी २.३० किलोमिटर सडक खण्ड निर्माणका लागि उमा एन्ड कम्पनी÷भण्डारी अमर ज्योति जेभीसँग ठेक्का सम्झौता भएको छ । लागत अनुमान रु एक अर्ब २१ करोड रहेकामा रु ६८ करोड ८० लाख ४० हजारमा सम्झौता भएको उक्त खण्डमा हाल सम्म ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

प्याकेज–३ अन्तर्गत डालाबेसी–चारसयबेसी ८.५० किलोमिटर सडक खण्डको निर्माण खानी/ए वान/कमल जित जेभी काठमाडौँले गरिरहेको छ । लागत अनुमान रु दुई अर्ब ४५ करोड रहेकामा रु एक अर्ब ४२ करोडमा सम्झौता भएको उक्त खण्डमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै प्याकेज–४ अन्तर्गत चारसयबेसी–भकुन्डेबेसी ११.०९ किलोमिटर सडक खण्डको निर्माण लामा÷नव कान्तिपुर जेभी काठमाडौंले गरिरहेको छ। लागत अनुमान रु दुई अर्ब ५२ करोड रहेकामा रु एक अर्ब ३३ करोडमा सम्झौता भएको उक्त खण्डमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको डिभिजन प्रमुख योगेशले जानकारी दिनुभयो ।

सडकलाई बाढी तथा पहिरोबाट सुरक्षित बनाउन विभिन्न प्राविधिक संरचनाको निर्माणलाई समेत प्राथमिकता दिइएको छ। डिभिजन प्रमुख योगेशका अनुसार उच्च जोखिम रहेका क्षेत्रमा आरसीसी क्यान्टिलिभर वाल निर्माण भइरहेको छ । कूल छ हजार ३०० मिटर लम्बाइको उक्त संरचनामध्ये हालसम्म तीन हजार ७६० मिटर सम्पन्न भएको छ । माइक्रोपाइलतर्फ एक हजार १४५ मिटरको काम शतप्रतिशत सम्पन्न भएको छ। प्लम कङ्क्रिटतर्फ पाँच हजार ७४० मिटरमध्ये दुई हजार १८९ मिटर अर्थात् ३८ प्रतिशत र स्टोन मसनरीतर्फ पाँच हजार ९०० मिटरमध्ये चार हजार १०५ मिटर अर्थात् ७० प्रतिशत काम सम्पन्न भएको छ ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिन जोखिमयुक्त स्थानमा न्यूनतम ४.५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेल स्तरको सडक तयार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्भावित आकस्मिक अवरोध तथा पहिरो तत्काल पन्छाउन चौकीडाँडा, कटुन्जेबेसी, चारसयबेसी, गिम्तिबेसी–नार्के, चिउरीबास–बोक्सिकुना, कालढुङ्गा, डालाबेसी र सुक्खा पहिरोलगायतका स्थानमा १३ एक्स्काभेटर, छ लोडर र ११ टिपर तयारी अवस्थामा राखिएको छ । स्थायी पुनर्निर्माण अघि बढिरहँदा अस्थायी डाइभर्सनमा भने बाढीको जोखिम कायमै छ । २०८२ असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनमा पुनः क्षति पु¥याएको थियो । चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएका डाइभर्सनमा सडक डिभिजन कार्यालय भक्तपुरले करिब रु १० करोड खर्च गरेको थियो तर, रोशी खोलाको बाढीले ती डाइभर्सनका विभिन्न भाग बगाएपछि राजमार्ग पुनः प्रभावित भएको थियो ।

यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सनमा कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेसी, वडा नं ८ गिम्दीबेसी र वडा नं ११ माम्तीमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ ।

चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेपछि काठमाडौँबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको छ । अहिले खुर्कोट–भकुण्डेबेँसी खण्ड बन्द हुनु पनि यही वर्षात्, पहिरो तथा नदी कटानबाट सिर्जित अवरोधकै परिणाम हो ।

बिपी राजमार्गको पुनर्निर्माणमा तत्काल सडक सञ्चालनमा राख्नु र दीर्घकालीन रूपमा सुरक्षित बनाउनु दुवै चुनौती छन् । बाढीले भत्काएको सडक पुरानै अवस्थामा फर्काउने मात्र नभई भविष्यमा हुने विपद्को जोखिमसमेत घटाउने गरी संरचना निर्माण गर्नुपर्ने अवस्था छ । २०८१ सालको बाढीले सडकमा ठूलो क्षति पु¥यायो, २०८२ सालको बाढीले अस्थायी डाइभर्सनको सीमितता देखायो र २०८३ सालको वर्षाले पुनः डाइभर्सन कटान तथा पहिरोको समस्या दोहो¥याएको छ तर यहीबीच स्थायी पुनर्निर्माणका विभिन्न प्याकेजमा काम अघि बढिरहेको छ ।

एकातर्फ पुनर्निर्माणका संरचना थपिँदै छन् भने अर्कोतर्फ वर्षा, बाढी र पहिरोले अस्थायी संरचनाको कमजोरी देखाइरहेको छ । यात्रु हिलो र धुलोको सास्ती खेपिरहेका छन्, चालक जोखिमबीच सवारी चलाइरहेका छन् र स्थानीय सुरक्षित सडकको प्रतीक्षामा छन् । अबको आवश्यकता निर्माणाधीन संरचना समयमै सम्पन्न गर्नुका साथै जोखिमयुक्त स्थानमा दीर्घकालीन समाधान खोज्नु हो। नागरिकले सुरक्षित र सहज यात्रा गर्न पाए मात्र बिपी राजमार्गको पुनर्निर्माणले अपेक्षित सार्थकता पाउनेछ ।

Previous Post

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

Next Post

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
नारायणीको जलसतह हालसम्मकै उच्च
आर्थिक

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

१२ अशोज २०८३,
Load More
Next Post
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In