• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लालपुर्जा हातमा, जमिन बलानमा

metakhabar by metakhabar
१२ अशोज २०८३,
0
लालपुर्जा हातमा, जमिन बलानमा

?

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम। सप्तरीको बलानबिहुल गाउँपालिका–४ का रामविलास यादवको हातमा एक बिघा जमिनको लालपुर्जा छ । कागजमा उहाँ अहिले पनि एक बिघा जमिनको धनी हुनुहुन्छ तर त्यो जमिन कहाँ छ भनेर देखाउन उहाँसँग अब कुनै ठाउँ नै छैन । वर्षौँदेखि अन्न उब्जाउँदै आएको खेत अहिले बलान नदीको भेलमा हराएको छ ।

यादवका लागि लालपुर्जा अहिले सम्पत्तिको प्रमाणभन्दा बढी विगतको सम्झना बनेको छ । गत भदौ महिनामा स्थानीय बलान नदीमा आएको बाढीले उहाँको नदी किनारमा रहेको खेतीयोग्य जमिन कटान गरेपछि परिवारको जीविकोपार्जनको आधार नै खोसिएको बताउनुहुन्छ । “बाढी आएपछि हेर्न पुग्दा तीन–चार कट्ठा जमिन बाढीले लगिसकेको थियो, हेर्दाहेर्दै थप जमिन पनि बगायो”,उहाँ भन्नुहुन्छ,“जमिन जोगाउने कुनै प्रयास गर्न सकिएन, सबै जमिन बाढीले स्वाहा बनायो ।”

उहाँको परिवारले पुस्तौँदेखि त्यही जमिनमा अन्न उब्जाउँदै आएको थियो । धान, गहुँ र अन्य बालीले घरको चुलो बल्थ्यो । खेतमा बाली हुर्कदा परिवारको भविष्य सुरक्षित भएको महसुस हुन्थ्यो । तर, बलान नदीले खेतको डिल काट्दै जाँदा अहिले त्यही भविष्य पनि अनिश्चित बनेको छ । “अब कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ,” यादवले भन्नुहुन्छ,“परिवारको गुजारा चलाउने एउटा मात्र आधार थियो, खेतीपाती गर्ने, त्यो पनि बगरमा परिणत भएपछि सुकुम्बासी बन्ने चिन्ता बढ्ेको छ ।” एकातिर नदीको बहाव बढ्दै गएको छ भने अर्कोतिर किसानको खेत घट्दै गएको छ ।

“बलान नदीले हामीलाई सुकुम्बासी बनाइदियो,” स्थानीय मो. नाजिर भन्नुहुन्छ,“ हाम्रो लागि खेत केवल जमिन होइन, त्यो परिवारको रोजगारी, खाद्यान्नको स्रोत, सामाजिक प्रतिष्ठा र भविष्यको आधार हो ।” जब खेत नदीमा मिसिन्छ, त्यससँगै किसानको आम्दानी, आत्मनिर्भरता र सामाजिक हैसियतसमेत प्रभावित हुन्छ । स्थानीय मो. हन्सु मियाँको परिवार कुनै समय गाउँकै सम्पन्न परिवारका रूपमा चिनिन्थ्यो । परिवारसँग करिब ८० बिघाको एउटै प्लट जमिन थियो । त्यही जमिनमा खेती हुन्थ्यो । उत्पादनले परिवारको जीवन सहज रूपमा चल्थ्यो । आज त्यही ८० बिघा जमिनको ठूलो हिस्सा बलान नदीमा परिणत भएको मो. हन्सु मियाँ बताउनुहुन्छ ।

बलान बिहुल गाउँपालिका–४ का पूर्व वडाध्यक्ष समेत रहनुभएका हन्सु मियाँका अनुसार नदी कटानका कारण परिवारको पुस्तौँदेखिको सम्पत्ति क्रमशः हराउँदै गएको हो । “हाम्रो सबै जग्गा नै बाढीले कटान गरी नदीमा परिणत गरिसकेको छ, अहिले हामी सुकुम्बासी बन्ने अवस्थामा पुगेका छौँ,” उहाँ भन्नुहुन्छ, “असी बिघा जमिनको मालिक परिवार अहिले आफ्नो जमिन जोगाउन नसक्ने अवस्थामा पुगेका छौं, जमिनको लालपुर्जा र वास्तविक भूगोलबीचको सम्बन्ध कमजोर हुँदै गएको छ ।”

रामविलास, नाजिर र हन्सुको कथा केबल परिवारको मात्र होइन । बलान नदी किनारमा बस्ने किसानका लागि यो साझा पीडा बन्दै गएको छ । सो ठाउँका धेरै किसानको कथा उस्तै छ । कुनै समय हरियालीले ढाकिएका खेत अहिले बलान नदीको धारमा परिणत भएका छन् ।

स्थानीय गौरी यादवका अनुसार करिब एक दशकअघिसम्म पश्चिमबाट बग्ने बलान नदी पछिल्ला वर्षहरूमा विस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ मोडिएको हो । सुरुमा नदीले केही कट्ठा जमिन काट्यो । त्यसपछि कटानको दायरा बढ्दै गयो । वर्षायाममा आएको ठूलो बाढीले कटानलाई झन् तीव्र बनाउँदै गएको यादवको भनाइ छ । “केही वर्षअघिसम्म यस क्षेत्रमा धान र गहुँका बाला झुल्थे, किसान बिहान खेत पुग्थे, बाली हेर्थे, सिँचाइ गर्थे । मौसमअनुसार खेती गर्थे र उत्पादनबाट परिवारको गुजारा चलाउँथे”, यादव भन्नुहुन्छ,“अहिले त्यही ठाउँमा नदी बग्छ, खेती गर्ने जमिन बगरमा परिणत भइसकेको छ ।”

बलान नदीले धार परिवर्तन गरेपछि खेतीयोग्य जमिनमा कटानसँगै नदीको धार गाउँतर्फ सर्दै जाँदा बस्तीसमेत जोखिममा परेको छ । स्थानीय रामशङ्कर भण्डारीका अनुसार गत बर्ष आएको बाढीपछि नदीले ठूलो क्षेत्र कटान गरेको थियो । सडकको पश्चिम भागमा रहेको बस्तीलाई सडकको पूर्वतर्फ सारिएको थियो तर नदीको धार फेरि गाउँतर्फै मोडिएपछि विस्थापनको जोखिम कायम छ ।

धार परिवर्तन गर्नुअघि यहाँ घना बस्ती थियो, धार परिवर्तन भएपछि बस्तीलाई करिब सय मिटर पर सारिएको थियो तर पनि अहिले स्थानीयहरु पूर्णरूपमा सुरक्षित महसुस गर्न सकिएको छैनन् । “यसले एउटा गम्भीर प्रश्न उठाएको छ, बाढीबाट बच्न मानिसले बस्ती सार्ने कि नदी नियन्त्रण गरेर नदीलाई आफ्नो प्राकृतिक धारमा फर्काउने ?”, भण्डारी भन्नुहुन्छ,“नदी किनारका किसानका लागि बाढी हरेक वर्ष दोहोरिने त्रास हो, पहिले बाढी आउँदा किसानको पहिलो चिन्ता बाली जोगाउने हुन्थ्यो । अहिले बाढी आउँदा घर, परिवार र बालबालिका जोगाउने चिन्ता सुरु हुन्छ ।”

पूर्व वडाअध्यक्ष मो. हन्सुका अनुसार नदीको कटान रोक्ने स्थायी उपाय नहुँदा किसान निरीह बनेका छन् । “अहिले पनि डुबान र कटानबाट खेत जोगाउन हामीसँग कुनै उपाय छैन । प्रशासनदेखि नेतासम्मलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको काम हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ,” उहाँले भन्नुभयो । उहाँका अनुसार पछिल्लो बाढीले मात्रै करिब तीन सय बिघा खेतीयोग्य जमिन कटान गरेको अनुमान छ । यो तथ्याङ्क आधिकारिक रूपमा पुष्टि हुन बाँकी भए पनि नदी कटानको भयावहता बुझ्न पर्याप्त रहेको स्थानीयहरु बताउनुहुन्छ ।

बलान नदीको कटान रोक्न जलस्रोत तथा सिँचाइ कार्यालय सप्तरीले उपभोक्ता समिति मार्फत गत आर्थिक वर्ष २०८०÷८१ मा तटबन्ध निर्माण गरेको थियो । तटबन्ध बनेपछि स्थानीयले केही राहत महसुस गरेका थिए तर दुई वर्षअघि आएको बाढीले तटबन्ध भत्काइदिएपछि समस्या ज्यूँका त्यूँ छन् । त्यसपछि पुनः तटबन्ध निर्माण हुन सकेको छैन । तटबन्ध भत्किएपछि नदीले कमजोर किनार खोज्दै कटान गर्न थालेको स्थानीय मो. गुलाबको भनाइ छ ।

स्थायी र वैज्ञानिक नदी नियन्त्रणको अभावमा हरेक वर्ष ठूलो धनराशि खर्च गरेर अस्थायी संरचना बनाउने र बाढी आएपछि पुनः भत्किने अवस्था दोहोरिँदै आएको स्थानीयको कथन छ । पूर्व वडाध्यक्ष मो. हन्सुका अनुसार स्थानीयको माग अब अस्थायी समाधान होइन । दीर्घकालीन नदी व्यवस्थापन, बलियो तटबन्ध, कटान नियन्त्रण र जोखिम क्षेत्रको वैज्ञानिक अध्ययन चाहन्छन् ।

बलान नदीको समस्या केवल नदी किनारमा सीमित छैन । यसको सम्बन्ध माथिल्लो भूभाग अर्थात् चुरे क्षेत्रसँग पनि जोडिएको स्थानीयको बुझाइ छ । नदी नियन्त्रणको क्षेत्रमा लामो अनुभव भएका अवकाश प्राप्त इञ्जिनियर विश्वनाथ यादवका अनुसार चुरे क्षेत्रमा हुने अनियन्त्रित ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् तथा विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगका कारण नदीको प्राकृतिक प्रणाली प्रभावित भएको छ ।

चुरे क्षेत्र कमजोर हुँदा वर्षाको पानी तीव्र गतिमा तल्लो क्षेत्रमा आउने, नदीमा एकैपटक ठूलो बहाव बढ्ने र त्यसले कटानको जोखिम बढाउने उहाँका अनुभव छ । चुरे संरक्षण र नदी नियन्त्रणलाई अलग–अलग विषयका रूपमा हेर्नुभन्दा एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । “बलान नदीलाई पूर्णरूपमा रोक्न सम्भव नहुन सक्छ । तर नदीको धार व्यवस्थापन गर्न सकिन्छ”, ई. यादव भन्नुहुन्छ,“जोखिम क्षेत्र पहिचान गर्न सकिन्छ, वैज्ञानिक तटबन्ध निर्माण गर्न सकिन्छ ।” चुरे संरक्षणको संरक्षण, नदीमा हुने अनियन्त्रित दोहन नियन्त्रण र बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सकिए क्षति न्यूनिकरण गर्न सकिने उहाँको सुझाब छ ।

खेतीयोग्य जमिन हराउँदै जाँदा यसको असर उत्पादनमा मात्र परेको छैन । किसानको पहिचानमै समेत असर पर्न थालेको छ । जमिन भएका किसान विस्तारै भूमिहीन बन्दैछन् । भूमिहीन भएपछि रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता बढ्छ । त्यसले परिवारको सामाजिक संरचना र स्थानीय अर्थतन्त्रमा समेत असर पार्न सक्ने स्थानीयको चिन्ता छ । यही कारण बलान नदी किनारका किसानका लागि नदी नियन्त्रण केवल विकास निर्माणको विषय होइन । यो उहाँहरूको अस्तित्व, जीविकोपार्जन र भविष्यसँग जोडिएको विषय हो ।

“बलान नदी अहिले पनि बगिरहेको छ”, बलान बिहुलका स्थानीय रामनारायण पण्डित भन्नुहुन्छ,“नदीमा पानी मात्र बगिरहेको छैन्, पानीसँगै किसानको खेत, सपना र पुस्तौँदेखिको सम्पत्तिको कथा पनि बगिरहेको छ ।” समयमै नदी व्यवस्थापन र जोखिम न्यूनीकरणका ठोस कार्यक्रम अघि नबढाए आज खेत बगिरहेको ठाउँमा भोलि बस्ती बग्ने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले समयमै यसतर्फ सरकारको ध्यान पुग्नुपर्छ, उहाँ भन्नुहुन्छ ।

Previous Post

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

Next Post

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

metakhabar

metakhabar

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
नारायणीको जलसतह हालसम्मकै उच्च
आर्थिक

बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

१२ अशोज २०८३,
Load More
Next Post
विश्वमा अझै घातक बनिरहेको छ रेबिज

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In