• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा

by
२२ साउन २०८०,
0
म्याग्दीको कोप्रे झरना आन्तरिक पर्यटकको रोजाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । पुछारमा कलकल बगेको म्याग्दी नदी । नदीको तट (किनार) मा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा घना जङ्गल ।

जङ्गलको माथिपट्टि विशाल भिर । त्यही भिरको मुख्य पहाडनै काटिएर अङ्ग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको पानी उड्ने कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र विन्दु बन्दै गइरहेको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोलास्थित सो झरना अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरङ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि यो झरनामा पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरना हेर्दै करिब दुई किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे झरनामा । करिब दुई सय मिटर उचाइ रहेको कोप्रे छहरा र पाँच सय मिटर उचाइ रहेको यो झरना मुख्य सडकको एक सय मिटर दक्षिणी भागमा अवस्थित छ ।

यहाँ दैनिक ५० देखि दुई सय युवायुवती रमाउन आउने गर्दछन् । यहाँ दुई कोप्रे र उडाइनो झरना छन् । बेनी –२ का कमल जिसीले कोप्रे झरना हिजोआज धेरैको आकर्षणको केन्द्र बन्दै गइरहेका बताए । बेनी –२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी –३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रे झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनी –३ भकिम्लीको तोराखेतबाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब दुई सय ५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनी बजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ । बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बनाउन प्रयास गरिने बेनी –३ का वडाध्यक्ष पदमबहादुर पुनले बताए ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउछन् । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् ।

अन्य दिनभन्दा छुट्टीको दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ । यी दुई झरना पर्यटकीयस्थल लभ्लीहिल पछिको दोस्रो बढी तस्बिर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आउनुभएका कृष्ण श्रेष्ठले बताए।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाले बताएका छन् ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपन्छीको वासस्थानसमेत छ । प्राकृतिकस्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाउनुपर्ने स्थानीयको माग रहेको छ ।

Previous Post

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

Next Post

सालको पातले धानेको जीवन

सम्बन्धित खबर

कोशी ब्यारेजको ३१ ढोका खोलियो
Uncategorized

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

३ साउन २०८३,
चार लेनको मादी पुल अन्तिम चरणमा
Uncategorized

तनहुँको मादी पुलको काम धमाधम

३२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
Uncategorized

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

२३ असार २०८३,
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
Uncategorized

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

१० असार २०८३,
Uncategorized

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

३ असार २०८३,
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
Uncategorized

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

२८ जेष्ठ २०८३,
Load More
Next Post
सालको पातले धानेको जीवन

सालको पातले धानेको जीवन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In