• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

    वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत

    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

    अण्डाको मूल्य बढेपछि किसानलाई राहत

    उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

    घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सवारी कारबाहीबाट राजस्व संकलन

metakhabar by metakhabar
१० साउन २०८२,
0
सवारी कारबाहीबाट राजस्व संकलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट रु ४९ लाख ३१ हजार ५०० राजस्व संकलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व रकम संकलन भएको हो ।

जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, जिप तथा भ्यानलाई कारबाही गर्दा रु ३६ लाख ७७ हजार, एक हजार ३४६ वटा मोटरसाइकलबाट रु ११ लाख ५६ हजार ५००, ५७७ वटा ट्रकबाट रु पाँच लाख २० हजार, १३६ वटा बसबाट रु एक लाख २१ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पितम राईले जानकारी दिएका छन् ।

यस्तै, ९८ वटा ट्रिपरबाट रु ८६ हजार ५००, ३५७ ट्र्याक्टरबाट रु दुई लाख ८२ हजार, ११७ वटा टेम्पो कारबाहीबाट रु एक लाख पाँच हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्दा सबैभन्दा बढी गत वर्षको कात्तिक महिनामा रु सात लाख ५१ हजार ५०० राज्यकोषमा राजस्व संकलन भएको जनाइएको छ । कात्तिक महिनामा साना/ठूलागरी ८४४ वटा सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष ०८१/८२ मा सवारीसाधन दुर्घटनाबाट छ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। प्रनाउ विष्टले दिएको जानकारीअनुसार जिल्लाका विभिन्न ठाउँ तथा विभिन्न समयमा भएको १३३ वटा सवारी दुर्घटनामा १३६ जना घाइते भएका छन् ।

बिना अनुमतिपत्र सवारी चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजत पत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, मोटरसाइकल चालकले हेलमेट नलगाएको तथा नम्बर प्लेट उल्लेख नभएको सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालक, सहचालक र सवारीधनीलाई कारबाहीसँगै दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक नियम पालनासम्बन्धी जानकारी दिन विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने गरिएको जनाइएको छ ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारीसाधन बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ । यात्रुवाहक साना/ठूला जुनसुकै सवारीसाधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडकका लागि सवारी अनुमतिपत्र) लिनुपर्ने कानूनी प्रावधान रहेको छ ।

रुट पर्मिट नभएका सवारीसाधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएको खण्डमा ती यात्रुले क्षतिपूर्ति पाउँदैनन् । बिना रुट पर्मिट सञ्चालित यातायातमा सवार व्यक्ति दुर्घटना भएर घाइते भएको खण्डमा उपचार खर्च स्वयं व्यक्ति तथा परिवारले व्यहोर्नुपर्ने सवारी नियममा उल्लेख रहेको जनाइएको छ ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमा बोकेर ल्याइएको सवारीसाधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा सानारठूलागरी करिब तीन हजारको हाराहारीमा यातायातका सवारीसाधन सञ्चालनमा रहेका छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गले छोएको यो जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै जिल्लामा यातायातका सवारीसाधन प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।

Previous Post

पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

Next Post

थाइल्याण्ड-कम्बोडिया: गोलीवारी जारी, राष्ट्रसंघको गुहार

metakhabar

metakhabar

सम्बन्धित खबर

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
आर्थिक

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

१ बैशाख २०८३,
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
आवाज

ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै

१ बैशाख २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

१ बैशाख २०८३,
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
आर्थिक

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

१ बैशाख २०८३,
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
आर्थिक

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित

१ बैशाख २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

१ बैशाख २०८३,
Load More
Next Post
थाइल्याण्ड-कम्बोडिया: गोलीवारी जारी, राष्ट्रसंघको गुहार

थाइल्याण्ड-कम्बोडिया: गोलीवारी जारी, राष्ट्रसंघको गुहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In