• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
६ कात्तिक २०८३,
0
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी, ६ कात्तिक : म्याग्दीका पर्यटकीय स्थलहरुमा दसँै लगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ ।

अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउनका लागि आएका पर्यटकहरुको चहलपहल बढेको हो । घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहिबारदेखि पर्यटकको आगमन शुरु भएको स्थानीय ब्यवसायीहरुले बताएका छन् ।

बेनी नगरपालिका–९ गलेश्वरका होटल ब्यवसायी बाबुराम आचार्यले वडादसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताउनुभयो । “असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शुन्य जस्तै भएको पर्यटक आगमन बिहिबारदेखि बढ्न थालेको छ,” उहाँले भन्नुभयो “मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँ–तिहारको बिचमा पर्यटक आगमन बढेर थलिएको ब्यापार ब्यवसाय चलायमान हुने अपेक्षा गरेका छौ ।”

असोजको ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ । विगतका तथ्याङ्क अनुसार शरदयामको असोज–कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल ब्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पुर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढीले विगतका वर्षको संख्यामा विदेशी पर्यटक आउन नसकेपनि दसै–तिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकहरुको प्रतिक्षामा रहेको बताउनुभयो ।

“घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ,” उहाँले भन्नुभयो “बाढी पहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौ ।” घोडेपानी देखि ४५ मिनेट उकालो हिडेपछि पुगिने समुन्द्रि सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल सुर्योदय र हिमशृङखला तथा पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य मानिन्छ ।

पदयात्राका साथै बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छ । म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम हप्तापछि सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जाने–आउने पर्यटकहरुको थकान मेटाउने थलोका रुपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित रहेका छन् । भुरुङ्ग–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताउनुभयो ।

भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो । म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको यो पदमार्ग पनि विपद्बाट बचेको छ । भुरुङ्ग–तातोपानीको होटल ब्यवसायी काजी थापाले बिहिबार करिब एक सय ५० जना आन्तरिक पर्यटकहरु अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका बताउनुभयो ।

रुप्से झरना परिसरमा चियापसल सञ्चालन गरेकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल हुन थालेको बताउनुभयो । चितवनका रमेश पाण्डेले दसै बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका आएको बताउनुभयो । बस, जिप, मोटरसाइकल लगायत सवारी साधनमा सहज रुपमा म्याग्दी हुदै मुस्ताङ भ्रमणमा जान सकिने उहाँले बताउनुभयो ।

मर्मतमा जस्तै क्षतिग्रस्त सडक र पदमार्गहरुको पुनःनिर्माणलाई पनि तिब्रता दिन सकेमा म्याग्दी र मुस्ताङको पर्यटन ब्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम भएकाले सडक मर्मत गरि सहज रुपमा यातायातको साधन सञ्चालनको वातावरण बनाउन काम भैरहेको बताउनुभयो ।

अघिल्लो समाचार

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

अर्को समाचार

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
कृषि

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन