• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

metakhabar by metakhabar
१० साउन २०८२,
0
लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिरहा ः यहाँको लहान नगर हुँदै बग्ने खुटी खोलाबाट सिँचाइका लागि निर्माण गरिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । वर्षौंदेखि सिँचाइ सुविधाका पर्खाइमा रहेका लहान नगर र वरपरका किसानहरूले खुटी नहरको तत्काल सञ्चालनको माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।

पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा प्रदेश सिँचाइ कार्यालयको सहयोगमा करिब रु आठ करोड ७२ लाखको लागतमा ‘हेडवक्र्स’ निर्माण गरिएको थियो । यसबाट लहानको दक्षिणी क्षेत्र हुँदै ९३५ बिघा खेत सिँचाइ गर्ने लक्ष्य राखिएको थियो ।

‘हेडवक्र्स’ निर्माणपछि खुट्टी खोलाको पानी अब सिधा खेतसम्म पुग्छ भनी कसानमा आशा पलाएको थियो । तर, लहान नगरपालिकाले उक्त नहरलाई ‘ह्युमपाइप’ राखेर सहरी फोहोर निकासको ड्रेनमा रुपान्तरण गर्न रु आठ करोडको ‘टेन्डर’मार्फत काम सुरु गरेपछि किसान आक्रोशित बने । विरोधपछि किसानहरूले सङ्घर्ष समिति गठन गरी दबाब सिर्जना गरेपछि उक्त योजना स्थगित गरिएको किसान सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष वर्षा अभावका कारण खानेपानीका हातेपम्पहरूसमेत सुक्न थालेका छन् । यस्तो अवस्थामा नहरबाट सिँचाइ सम्भव होला भनेर स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, प्रदेशसभा सदस्यसहित नागरिक अगुवाहरू सक्रिय भएका छन् । उनीहरूले लहान–१० मा रहेको हेडवक्र्स क्षेत्रबाट जेसिबी प्रयोग गरी नहर सफाइको प्रयास गरे पनि नगरपालिकाले सहयोग नगरेको जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन् । मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “हामीले हेडवक्र्सबाट नहरको सरसफाइ गर्न जेसिबी माग गरेका थियौँ । तर, नगरपालिकाले सहयोग गर्न नमानेपछि किसानको मेहनत, प्यास र आशामा अवरोध पुगिरहेको छ । यो दुःखद पक्ष हो कि जनताका आवश्यकताप्रति स्थानीय सरकार बेवास्ता गरिरहेको छ ।”

उहाँले भन्नुभयो, “बर्सेनि पानीको अभावमा धान रोप्न सकिँदैन, बाली सुक्छ, तर यस्तो महत्वपूर्ण पूर्वाधार अलपत्र पारिएको छ । नहर सञ्चालन गरिनु भनेको सिँचाइ सुविधा मात्र होइन, किसानको जीवनरक्षा गर्नु हो ।” यस क्रममा नगर उपप्रमुख रामचलितर महतो भने आफैँ जेसिबी लिएर नहरसम्म पुगेर सक्रियताका साथ नहर सञ्चालनका लागि प्रयासरत रहनुभएको छ । उहाँले भन्नुभयो, “खुटी नहर लहानको सिँचाइका लागि जीवनरेखा हो । नगरपालिकाको तहबाट जुनसुकै सहयोग आवश्यक पर्छ, म आफैँ अगाडि छु । जेसिबी लिएर पुग्नुका कारण यही हो । किसानका खेत सिञ्चित बनून्, हाम्रो उत्पादन बढोस् ।” उहाँले नहर राजनीतिक विषय नभएर सर्वसाधारणको जीवनसँग जोडिएको सवाल भएको बताउनुभयो ।

नगरप्रमुख महेशप्रसाद चौधरी भने नहरलाई ह्युमपाइपमार्फत व्यवस्थित गर्दै सिँचाइ पनि पु¥याउने योजना रहेको जानकारी दिनुभयो । तर, उहाँले सङ्घर्ष समिति गठन गरेर समस्या राजनीतिक प्रतिशोधका कारण उत्पन्न गरिएको आरोप लगाउनुभयो । यदि नहर सञ्चालनमा ल्याइयो भने लहान –१, २, ३, १९, २०, २१, २२, २३ साथै सखुवानानकरपट्टी र भगवानपुर गाउँपालिकाका ९३५ बिघा खेतमा सिँचाइ सम्भव हुने बताइएको छ ।

Previous Post

कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

Next Post

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

metakhabar

metakhabar

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In