• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

    कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

    कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

    मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

    ‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

    ‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    यस्तो छ आजको मौसम पूर्वानुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

metakhabar by metakhabar
९ साउन २०८२,
0
वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर, ९ साउनः दक्षिण एसियामा छोटो अवधिका जलवायु प्रदूषक (एसएलसिपी) सम्बन्धी अन्तरराष्ट्रिय लघु सम्मेलन वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी र वैज्ञानिक अनुसन्धानलाई थप बलियो बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको छ ।

गोटेनवर्ग विश्वविद्यालय, स्वीडेनको आयोजनामा बिहीबारदेखि यहाँ सुरु भएको सम्मेलनले जलवायु परिवर्तनको मुख्य कारक मानिएको कार्बनडाइअक्साइडपछि दोस्रो मुख्य स्रोत मानिएका मानवद्वारा सिर्जित प्रदूषक नियन्त्रणमा क्षेत्रीय सहयोगलाई संस्थागत रूप दिनुपर्नेमा जोड दिएको छ ।

आयोजक गुटेनवर्ग विश्वविद्यालयका प्राध्यापक एवं परियोजना प्रमुख डा पाठकले दक्षिण एसिया बढ्दो जनघनत्व र भौगोलिक अवस्थालगायत कारणले जलवायु परिवर्तन तथा छोटो अवधिका प्रदूषक मानिएका मिथेन, ब्ल्याक कार्बन, हाइड्रोफ्लोरो कार्बनहरूका कारण जोखिममा रहेकाले यसलाई विज्ञान, सहकार्य र चेतनाको संयोजनमार्फत नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

“यो लघु सम्मेलन दक्षिण एसियाको सुरक्षित भविष्य, यहाँ विविध कारणले प्रकृति, मानवस्वाथ्य, खाद्य प्रणाली र समग्र जैविविक विधितामा परिरहेको असरबारे बृहत् छलफल गर्न सफल भएको छ । नेपाल भारतलगायत दक्षिण एसियाली अन्य देशका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, अध्येता, नीति निर्मातालगायतको सहभागितामा भएको काठमाडौँ सम्मेलनबाट प्रेरित भएर फर्किरहेका छौँ । यसले स्वच्छ हावा र जलवायु सुरक्षित भविष्यका लागि प्रतिबद्ध हुन सघाउ पुगेको छ”, उहाँले भन्नुभयो ।

सम्मेलनमा स्थानीयस्तरमा भोगिरहेका वातावरणीय चुनौती, वायु प्रदूषण र त्यसले जनस्वाथ्यमा पारेका प्रभाव, नेपाल र इण्डो–गङ्गेटिक मैदानमा एसएलसिपी न्यूनीकरणका चुनौती र अवसरहरू, यसको न्यूनीकरणका लागि सीमापार सहकार्य, औद्योगिक, नीतिगत तथा नवप्रवर्तनसम्बन्धी पहललगायत छवटा प्राविधिसत्र तथा अन्य मुख्य वक्ताहरूले विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसअवसरमा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्रका प्रमुख विनयकुमार झा, त्रिविकै डा भानु न्यौपाने र काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सका वसन्त गिरी, यस मामिलाका भारतीय विज्ञ डा ज्ञान पाण्डे, नेपालका वरिष्ठ वातावरण वैज्ञानिक भुषण तुलाधर, जनकधामका संस्थापक एवं गौआधारित प्राकृतिक जीवनबारे अभियान चलाइरहनुभएका विज्ञ कौशलेन्द्र झाले छोटो अवधिका प्रदूषक नियन्त्रणका लागि अपनाउनुपर्ने वैज्ञानिक तथा वैद्धिक उपायबारे चर्चा गर्नुभएको थियो ।

यसैगरी नेपाल खुला विश्वविद्यालयका डा यादव जोशी, त्रिभुवन विश्वविद्यालयका डा विनोद पोखरेल र साजेश कुइँकेल, आइआइटी बम्बैका प्राध्यापक हरिशचन्द्र फुलरिया, इसिमोडका पार्थ सारथी महापत्र, काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सका सपना भुजेललगायतले एसएलसिपीका विविध पक्षका साथै यसका कारक, समस्या र समाधानबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

यस्तै, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका दीपक ज्ञवाली, उद्योग र नवप्रवर्तन क्षेत्रका भारतीय विज्ञ अनिल पाण्डे, विमल कुमार, पङ्कज त्रिवेदी, योगेश सोनाभानीलगायतले सरकारी पहल, उद्योग क्षेत्रले अपनाउनुपर्ने सावधानी, वन डढेलोको असर, स्वच्छ ऊर्जाको भूमिका र जनस्वास्थ्यलगायत विषयबारे सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनका सहभागीहरूले छोटो अवधिका प्रदूषक उत्सर्जनमा हरेक नागरिकको भूमिका रहेकाले बृहत् रूपमा सचेतना अभिवृद्धि, ऊर्जाका वैकल्पिक उपाय प्रयोगमा प्रोत्साहन, बहुराष्ट्रिय सहकार्यमार्फत असर न्यूनीकरणका लागि सशक्त पैरवी गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा नेपाल, भारतलगायत दक्षिण एसियाली अन्य देशका अध्ययता, अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि, उद्योगी, नागरिक समाज र अध्यात्मिक क्षेत्रका प्रतिनिधि गरी एक सय २० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
—

Previous Post

हिउँ चितुवाको संकटसँग संघर्ष: उपल्लो मुस्ताङका पशुपालक किसानलाई राहत वितरण

Next Post

डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन

metakhabar

metakhabar

सम्बन्धित खबर

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
आर्थिक

लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

२ बैशाख २०८३,
कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै
समाचार

कांग्रेसको अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बस्दै

२ बैशाख २०८३,
मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी
समाचार

मध्यपूर्व युद्धले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने आइएमएफको चेतावनी

२ बैशाख २०८३,
स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै
फिचर-ब्यानर

स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

२ बैशाख २०८३,
‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’
फिचर-ब्यानर

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

२ बैशाख २०८३,
Load More
Next Post
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In