• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयन

metakhabar by metakhabar
१ साउन २०८२,
0
एकै महिनामा सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब सकियो, बिहीवारबाट नयाँ बजेट कार्यान्वयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारले असार महिनामा मात्रै २ खर्ब २७ अर्ब भन्दा बढी खर्च गरेको छ ।

चालु आर्थिक वर्षको शुरुवाती महिनाहरुमा बजेट खर्च गर्न चुकेको सरकारले असार महिनामा मात्रै अबौँ रकम खर्च गरेको हो ।

सरकारी खर्चको हिसावकिताब राख्ने महालेखा नियन्त्रयक कार्यालयको तथ्यांकअनुसार यही वर्षको (१ असारदेखि ३० असार) अर्थात यो तीस दिनमा सरकारले २ खर्ब २७ अर्ब बजेट खर्च गरेको हो । खासगरी असारमा गरिने खर्चमाथि विज्ञहरुले प्रश्न उठाउँदै आएका छन् ।

असारमा मात्रै सरकारले चालु शिर्षक अर्थात कर्मचारीको तलव भत्ता, गोष्ठीहरुमा १ खर्ब २५ अर्ब सकेको छ । यस्तै, विकासका नाममा पुँजीगत शीर्षकमा यो अवधीमा सरकारले ७० अर्ब ४६ करोड भन्दा बढी रकम खर्च गरिसकेको छ ।

यस्तै, सार्वजनिक ऋणको व्यभार पूरा गर्न सरकारले ३२ अर्ब भन्दा बढी असार महीनामा मात्रै खर्च गरेको छ । पछिल्लो सयम सार्वजनिक ऋण बढ्दै गएका कारण सरकारलाई दायित्व थेग्न मुस्किल पर्दै आइरहेको छ ।

असार ३० गतेसम्म सरकारको सम्रग खर्च प्रणाली हेर्ने हो भने कुल बजेटको करिव ८२ प्रतिशत बजेट खर्च भएको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको थियो । अहिलेसम्म उक्त बजेटबाट सरकारले १५ खर्ब १५ अर्ब कुल बजेट खर्च गरेको हो ।

यता, यो आर्थिक वर्षमा पनि सरकारले अघिल्लो वर्षहरुमा जस्तै ठूलो रकम प्रशासनीक कार्यहरुमा खर्च गरेको छ । चालु शिर्षकमा ११ खर्ब ४० अर्बको बजेट ल्याइएकोमा समीक्षा अवधिसम्ममा ९ खर्ब ८० अर्ब खर्च भइसकेको छ भने विकास बजेट ३ खर्ब ५२ अर्बको ल्याइएकोमा यो असारको अन्त्य लाग्दा २ खर्ब १४ अर्ब खर्च भएको देखिन्छ ।

यो बजेट तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको थियो । त्यसको कार्यान्वयनको जिम्मेवारी सत्ता समीकरणमा आएको फेरबदलका कारण केपी शर्मा ओली नेतृत्वको सरकारले पाएको थियो ।

सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ । विशेष परिस्थितिमा बाहेक अरु बेला मुलुकका पहिलो, दोस्रो पार्टी मिलेर सरकार नबनेको परिवेशमा गत असारको अन्त्यमा कांग्रेस–एमालेको सरकार बनेको थियो । सरकार बनेको वर्ष दिन पुग्दा जनताका आकांक्षहरु पुरा गर्न सकेको देखिँदैन ।

खासगरी निजी क्षेत्र उत्साहित बनेपछि यो बीचमा पूर्वाधार निर्माणले सोचेअरुप गति लिन सकेन भने सरकारी बजेट प्रणालीमा रहेका विकृति, विसंगति, अनियमितता घट्न सकेनन् ।

नयाँ बजेट कार्यान्वयनका बिहीवारबाट

चालूु आर्थिक वर्ष बुधवारबाट सकिँदैछ । बिहीवारबाट नयाँ आर्थिक वर्ष अर्थात २०८२/८३ का लागि गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याउनुभएको बजेट कार्यान्वयनमा जाँदैछ ।

अर्थ मन्त्रालयले नयाँ बर्ष कार्यान्वयनका बजेट कार्यान्वयन मार्गदशन बनाइसकेको छ । साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरुलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाँदैछ ।

अर्थमन्त्री विष्णु पौडेलले २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याउनुभएको थियो । सरकारले अगामी वषर्एमा चालु शिर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ ।

उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने सरकारी योजना छ । यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ ।

सरकारले जेठ १५ मा २०८२/८३ का लागि ल्याएको बजेटमध्ये करसम्बन्धि व्यवस्था कार्यान्वनयमा गइसकेका छन् । बजेट संघीय संसदबाट पास भइसकेकाले बिहीवारबाट कार्यान्वयनमा लैजान सरकारलाई कुनै अप्ठ्यारो छैन ।

सरकारले साउन १ गतेबाट बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुनेसहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

Previous Post

साउन १ देखि नयाँ आर्थिक वर्ष सुरु : कर, बजेट र सरकारी नियममा परिवर्तन

Next Post

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
Load More
Next Post
फेवाताल किनारमा सीमास्तम्भ राख्नेक्रम जारी

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In