काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानमा सहभागी हुन निमन्त्रणा दिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राष्ट्रपति पौडेललाई निमन्त्रणापत्र प्रदान गरेकी हुन् ।
कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।




















